ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

मृत्यु आयोजनको विपक्षमा

१८ कार्तिक २०८०, शनिबार
१८ कार्तिक २०८०, शनिबार

मृत्युको भव्य तयारी पछि अनन्त उदासी र हतासाका साथ उभिएको छ पृथ्वीको सबैभन्दा बुद्धिमान मानिने प्राणी मानिस । उभिएको छ, आफ्नै संभावित चिहानमाथि । मृत्युको यो तयारी उसले आजबाट गरेको होइन । मृत्युको यो तयारी उसको आफ्नै शासकीय इतिहास जत्तिकै पुरानो छ ।
पाँच हजार वर्षको इतिहासमा मानिसले गरेको सतत् संघर्ष र युद्धले उसलाई यहाँ ल्याइ पु¥याएको हो । सबैभन्दा पहिले ढुंगाको हतियार चलाएर आत्मरक्षा र शिकार गर्न सिकेको मान्छेसँग आज असंख्य अस्त्रशस्त्र छ । स्वचालित मेशीनगन, मिसाइल र क्षेप्यास्त्र छ । बारुद र बमको अथाह भण्डार छ । आज ऊसँग सिंगो पृथ्वीलाई हजारौं चोटि नष्ट गर्न सक्ने अणु बम छ ।
के छैन मानिससँग ? मृत्यु आयोजनाका निम्ति अनेकौं हतियारहरू छन् । अनेकन मृत्यु आयोजनहरू छन् । केही छैन त मानिसको जस्तो जीवन छैन । मानिस भएर जन्मिए पनि जिवन जिउने कला छैन । जुग जुगदेखि उसले खोज्दै आएको शान्ति छैन । समृद्धि र सभ्यता छैन । मानिससँग हुनु पर्ने मानवता छैन ।
मानिसका बीचमा शासकहरू जन्मिएपछि र मानिस शासित हुन थालेपछि मृत्युको आयोजना जोडतोडले चल्न थालेको हो ।
शासकहरू कति युद्धभोगी छ भन्ने कुराको अनुमान गर्न विगत ३ हजार वर्षको इतिहास हेरे थाहा हुन्छ । ३ हजार वर्षको अवधिमा झण्डै १५ हजार युद्धहरू भएका छन् । शासकहरूको युद्धप्रियताका कारण प्रति वर्ष ५ वटा युद्ध मानव समूदायले भोग्दै आएको छ । पृथ्वीको कुनै न कुनै कुनामा हर समय युद्ध भइ आएका छन् । लाखौं करोडौं मानिसहरूको हत्या भएको छ ।
पहिलो विश्वयुद्धमा झण्डै एक करोड मानिसहरूको हत्या भयो । दोस्रो विश्व युद्धमा झण्डै दस करोड मानिसहरूको हत्या भयो ।
दोस्रो विश्व युद्धमा रोबर्ट ओपनहाइमरले म्यानह्याटन प्रोजेक्टमा रहेर अनुसान्धान गरेको आणविक बमको विध्वंश कल्पनातीत थियो । त्यसका दुष्परिणामले आजसम्मपनि पृथ्वीलाई असर गरिरहेको छ । दोस्रो विश्वयुद्ध वास्तवमै भयावह थियो र त्यसको अन्त्य थियो त्रासदीपूर्ण । मानव इतिहासमा त्यो त्रासदी एउटा भीमकाय त्रासदी थियो ।
दोस्रो विश्वयुद्धपछि सारा संसार युद्धको विरुद्धमा देखिएको थियो । सारा संसार शान्तिको खोजीमा एकताबद्ध भएको जस्तो महशुस हुन्थ्यो । मानिसले फेरि कहिल्यै युद्धको त्रासदी भोग्न नपरोस् भनी प्राथना गरिरहेका हुन्थे ।
फेरि पनि शासकहरूको मति बिग्रियो र युद्ध भयो भने के होला भनी सारा मानिस चिन्तित थिए ।
त्यस्तै चिन्तित एक मनुवाले बीसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई सोधेछन्–“महाशय, मानव जातिले तेस्रो युद्ध भोग्नु पर्ला कि नपर्ला ? अर्थात् के तेस्रो विश्वयुद्ध सम्भव छ ?”

आइन्स्टाइनले केहीबेर सोंचेर भनेछन्–“तेस्रो विश्व युद्ध होला, नहोला, भन्नु बडो गाह्रो छ । अड्कल गर्न सकिंदैन । त्यसैले म तेस्रो विश्व युद्धका बारेमा केही बताउन सक्दिन तर चौथो विश्व युद्धका बारेमा भने बताउन सक्छु ।”
प्रश्नकर्ता अक्कबक्क परे । तेस्रो विश्वयुद्धका बारे बताउन नसक्नेले चौथो विश्व युद्धका बारेमा के बताउन सक्ला ?
उनले अचम्म मान्दै फेरि सोधे–“ठीक छ, चौथो विश्व युद्धका बारेमा नै बताउनुस् न त ! त्यो युद्ध कस्तो हुनेछ ?”
आइन्स्टाइनले जवाफ दिएछन्–“चौथो विश्व युद्ध कहिल्यै हुने छैन ।”
अर्थात् तेस्रो विश्व युद्धपछि संसार रहने छैन । कम्तीमा पृथ्वीमा कुनै प्राणी, जीवजन्तु र चराचर रहने छैनन् ।
यस्तो लाग्छ–मृत्युको भव्य तयारी गरिरहेका शासकहरू आज अनेकन् युद्धहरूको अभ्यास गर्दै त्यही तेस्रो विश्व युद्धतिर लम्किइरहेको छ । त्यो विश्व युद्ध जसले पृथ्वीबाट सम्पूर्ण जीवनलाई नष्ट गर्नेछ ।
युक्रेन र रसियाको युद्ध एक हिसाबले त्यही तेस्रो विश्व युद्धको तयारीको लागि आएको हो ।
प्यालेष्टाइनमाथि थोपरिएको युद्धअपराध एक हिसाबले त्यही तेस्रो विश्व युद्धको तयारीको लागि आएको हो ।
मृत्युको यो आयोजन बहुतै भयानक छ । इजरायलले वर्षौदेखि थोपरेको युद्ध कसरी प्यालेष्टिनीको घरबार भत्काउँदै आइरहेछ । तिनको भविष्य डढाउँदै आइरहेछ । तिनका स्वजनहरू खोस्दै र नानीहरूलाई लुछ्दै आइरहेछ । तिनका बाटोमा बारुद राख्दै राख्दै आइरहेछ । तिनका माटोमा बम खसाल्दै खसाल्दै आइरहेछ ।
जो यसरी आइरहेछ, खासमा त्यो युद्ध नै होइन । युद्ध त दोहरो हुन्छ नि । यो त बिलकुलै एकोहोरो छ । दशकौंदेखि एकोहोरो छ । र अहिले पनि एकोहोरो नै छ । त्यसैले यो जो आइरहेछ, त्यो युद्ध मात्रै होइन, त्यो युद्ध अपराध हो । संसारलाई आफ्नो नियन्त्रणमा राख्न चाहने त्यो अमेरिकी शासक हो । त्यो अरूको भूमिमाथि कब्जा गर्ने इजरायली शासक हो ।
अचम्म लाग्ला तर अचम्म मान्नु पर्ने केही छैन । मानवता गाएर नथाक्ने अमेरिकी शासक खासमा दानव नै हो । दानवी अमेरिकी शासक मानवतादेखि जति दूर छ, खासमा अहङ्कारी इजरायली शासकको युद्धपिपाशा पनि त्यति नै क्रूर छ !
आज घाइते र क्षतविक्षत् प्यालेष्टिनी आफ्ना प्रियजनका लाशलाई अंगालो मारी डाँको छोडेर रोइरहेछ ।
सकिनसकी युद्धको खार सहिरहेछ । चिच्याइ चिच्याई सारा संसारसँग गुहार मागिरहेछ । तर अमेरिकी शासकका अघि सारा संसार नतमस्तक छ । युद्ध अपराधलाई ‘युद्ध अपराध’ भन्न डराइरहेको छ । राष्ट्रसंघका महासचिव गुटेरसले डराइ डराइकन नै सही, इजरायली युद्ध औचित्यका बारेमा राखेका कुरालाई फिर्ता लिन बाध्य भएका छन् र तनावमुक्तिको खोजीमा नेपालको हिमाली क्षेत्रतिर टहलिने बाहना खोजिरहेका छन् ।
इतिहास भन्छ–इजरायलले दैनिक जसो मिसाइल हानेर विध्वंश मच्चयाइरहेका जेरुसेलमको सेरोफेरो खासमा प्यालेष्टाइनको भूमिमा पर्दछ । त्यो भूमि इस्लाम, यहुदी र इसाईधर्मीका लागि अति महत्वपूर्ण र पवित्र स्थल मानिन्छ । के विश्वास गरिन्छ रे भने पैगम्बर मोहम्मदले त्यहीँबाट स्वर्गको यात्रा शुरु गरेका थिए । इसा मसीह त्यहीँ अवतरित भएका थिए र उनलाई त्यहीँ नै शूली चढाइएको थियो । त्यहीँबाट नै विश्वको निर्माण शुरु भएको थियो ।
आज त्यही भूमिमा अन्धताभन्दा अन्धो अमेरिकी शासकको धापमा उदण्डताभन्दा उदण्ड इजरायली शासकले युद्ध थोपरिरहेछ । विनाशक क्षेप्यास्त्रहरू विषालु गोमन साँप बनेर प्यालेष्टाइनको छातीभित्र
एँेठन पसिरहेछ । इजरायली शासक प्यालेष्टाइनको समस्त इन्द्रियहरू गलाएर उसको श्वासप्रश्वास रोक्न खोज्दैछ । बेलायती साम्राज्यले शुरु गरेको प्यालेष्टाइनको इतिहास मेट्ने काममा आज अमेरिकी शासक अन्धो भएर लागेको छ ।
चिहानजस्तै बंकरभित्र लुकेर इजरायल शासकको तर्फबाट अन्धाधुन्ध बर्सिने मिसाइलको प्रहार छल्दै प्यालेष्टाइन आज चिच्याइ चिच्याई सारा संसारसँग गुहार मागिरहेछ । तर फेरि पनि अमेरिकी शासकका अघि सारा संसार नतमस्तक छ । एकातिर सर्वशक्तिमान तानाशाहजस्तो अमेरिकी शासक छ अर्कोतिर नृशंसताको अनुहार जस्तो लाग्ने इजरायली शासक छ । यस्तो लाग्छ मानौं यी दुबै शासक विध्वंशका पुजारी हुन् जसले एकसाथ प्यालेष्टिनी सपना र माटो खोसिरहेछन् । प्यालेष्टिनी विपना र बाटो खोसिरहेछन् ।
यहुदीहरूले आफ्नो ईश्वरलाई ‘यहोवा’ भनी पुकार्दछन् । यो शब्द इसाई र यहुदीहरूको धर्मग्रन्थ बाइबलको पुरानो नियममा धेरैपटक उल्लेख भएको भनिन्छ । इजरायली शासकको अनवरत् युद्ध अपराधले गर्दा प्यालेष्टिनीसँग आज ‘यहोवा’ जस्ता आफ्ना बाबाआमाको छत्रछाया छैन । पैगम्बर इब्राहिमका नाबालक छोरा ‘इश्कहाक’ जस्तै हिजोसम्म काखमा खेलिरहेका निर्दोष नानीहरू छैनन् ।
छैनन्– हिजोसम्म ओठमा ओठ जोडेर छातीमा टाँसिइरहेका प्यालेष्टिनीका प्राण प्यारा जीवन साथीहरू छैनन् । इजरायली शासकले बलात् थोपरेको युद्धका कारण प्यालेष्टाइनको कुनै पनि क्षितिजमा कुनै इन्द्रेनी छैन । प्यालेष्टाइनको भूमण्डल र वायुमण्डल बमको धुवाले ढाकिएको छ । हजारौं मानिसहरूको कत्लेआम भएको छ । प्यालेष्टाइनको माटो रक्ताम्मे भएको छ ।
महापापी अमेरिकी शासकको काँधमा चढेर पापी इजरायली शासकले प्यालेष्टाइनलाई क्षतविक्षत् पारिरहेको छ । स्कुल र अस्पतालहरू खण्डहर बनाइएका छन् । क्षतविक्षत् प्यालेष्टाइनमा खाद्यान्न छैन । पानी छैन । औषधि छैन । यस्तो बेला धूर्तताभन्दा धूर्त अमेरिकी शासकको इशारामा राज्यहरूले प्यालेष्टाइनमा बर्बर नाकाबन्दी लगाइरहेछन् ।
तर एउटा नाटक भने चालु नै रहनेछ । प्यालेष्टाइनमा नाकाबन्दी चालु नै रहनेछ तर अड्कली अड्कली चामल भने पठाइनेछ । ड्रयाकुलाजस्तै अमेरिकी शासक निर्दोष प्यालेष्टाइनी नानीहरूको रगत पिई नै रहनेछ तर अड्कली अड्कली पाउडर दूध भने पठाइनेछ । टाउकोभित्र अमेरिकी शासकले दिएको ‘फ्याटम्यान’ र छातीभित्र पनि उसैले दिएको ‘लिटिलबोय’ टम्म कोचेर इजरायली शासक स्कूल र अस्पतालहरूमा बम हानिरहनेछ तर अड्कली अड्कली औषधि भने पठाइनेछ ।
यस्तो लज्जास्पद कुरीकुरीको प्रतीक अमेरिकी शासक दानवताको शिखर चढेर मानवता र प्रजातन्त्रको कुरा भने गरिरहनेछ ।
सप्पैलाई थाहा छ–संसार अमेरिकी शासकको मात्रै होइन । सबैको हो । सम्पूर्ण प्राणीको हो । प्यालेष्टाइनको भूमि इजरायली शासकको मात्रै पनि होइन । प्यालेष्टाइनको भूमि प्यालेष्टाइनहरूको पनि हो । हरेक न्यायप्रेमी मानिस आज सोधिरहेछ–“अभूतपूर्व ढोंगी अमेरिकी शासकको अहम् तुष्टिसिवाय के अर्थ छ यो पापयुद्घको ? दासता लाद्नु सिवाय के उद्देश्य छ यो अपराध युद्घको ?”
कतिलाई अझै याद होला, एकजना पत्रकार थिए–मुन्ताधार अल जैदी । एक इराकी पत्रकार । इराकमा सन् २००८ डिसेम्बर १४ मा आयोजित एक पत्रकार सम्मेलनमा उनले अमेरिकाका ४३ आँै राष्ट्रपति जर्ज डब्ल्यू बुशलाई आफ्ना दुबै जुत्ताले प्रहार गरेका थिए । त्यो प्रहार अमेरिकी जनताको भावनाप्रति पटक्कै थिएन । त्यो प्रहार अमेरिकाप्रति पनि थिएन ।
त्यो प्रहार अमेरिकी शासकको युद्धान्धताप्रतिको प्रहार थियो ।
त्यो अमेरिकी शासक जो आफ्ना हत्यारा हातका पञ्जा र सम्राज्यवादी खुट्टाका नङ्ग्रा निर्दोष मानिसहरूको रक्तकुण्डमा धोएर ‘रिफ्रेश’ हुन चाहन्छ । त्यो युद्घ–सरदार अमेरिकी शासक जो युद्धलाई मनोरञ्जन ठान्छ । त्यो युद्घ पिपासु अमेरिकी शासक जसको अनुहारमा रक्तपिपासु नरभक्षी देखिन्छ ।
वा देखिन्छ रेबिजग्रस्त कुत्ता ।
प्रिय पाठक ! के तपाईंलाई पर्याप्त लाग्छ पत्रकार जैदीको एक जोर जुत्ता ?
प्रेमिल एकता र बन्धुत्वको संसार निर्माणको कुरा गर्ने हो भने त राज्यहरूको बिघटन र विश्व सरकार सम्मको कुरा आउला तर मानवताको घाँटीमा झुण्डिरने तरवार हटाउने मात्र कुरा गर्ने हो भने पनि
सारा संसारले प्यालेष्टिनीको गुहार सुन्नु नै पर्दछ ।
जीवनको मूल्य खोज्ने हो भने मानिस विवेकमा चल्नै पर्दछ ।
जीवन, मृत्युको आयोजनका लागि कदापी होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?