ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
साझा डबली

माया

२३ भाद्र २०८०, शनिबार १०:४३
२३ भाद्र २०८०, शनिबार १०:४३

फूल सुगन्धित हुन्छ भन्ने धारणा एक स्थूल बोध हो । विशिष्टतामा हेर्ने हो भने त्यो सुगन्धको मूल फूल होइन, पराग हो । फूलका थुँगा थुँगाबाट निस्किने सुगन्ध त्यही सुक्ष्म परागको सुगन्ध हो । सेंचन प्रक्रिया पूरा भएपछि त्यही फूलमा फल लाग्दछ । पहेलपुर हुन्छ । पाक्दछ । कालान्तरमा भुइँमा झर्दछ ।

फल त्यसै भुईमा झरेको होइन, भौतिक विज्ञानका अनुसार पृथ्वीले आफू वरिपरिका वस्तुहरूलाई आफ्नो केन्द्रमा तान्ने गर्दछ । त्यसैलाई गुरुत्वाकर्षण बल भन्दछन् । पृथ्वीसँग त्यो बल हुँदैनथ्यो भने कहाँ खस्थ्यो र फल भुँइमा ? हाँगा हाँगाबाट कहाँ झथ्र्यो र स्याउ धर्तीमा ?
खासमा मान्छे पनि एउटा पिण्ड हो । भौतिक रूपमा मांसपिण्ड । भावनात्मक रूपमा संवेदनाको पिण्ड । त्यसैले मान्छे आफै पृथ्वीको एउटा सानो र छुट्टै पृथ्वी हो । यसले पनि अर्को कुनै पिण्डलाई आफूतिर तान्छ वा तानिन्छ ।
दैहिक रूपमा ।
भावनात्मक रूपमा ।

फूलमा पराग भएजस्तै मान्छेभित्र पनि पराग छ । मान्छेको शरीरबाट निस्किरहेको सुवास त्यही परागको हो । एउटा प्यारो मान्छेको शरीरबाट निस्किरहेको त्यो बास्नाले किन बनाउँछ मलाई वासनारत ? किन बनाउँछ वशीभूत ? किनभने त्यो मान्छेको गुरुत्वाकर्षणको बल हो । किनभने हरेक मान्छे एउटा शक्तिशाली पिण्ड हो ।
मलाई कसैको दैहिक बास्नाले लट्ठ्याउँछ । कसैको अनुहार मेरो आँखामा बस्न आइपुग्छ । कसैको मुस्कानले मलाई घाइते बनाउँछ । कसैको उदास अनुहारले मलाई संवेदनशील बनाउँछ । बोटको फल पृथ्वीमा खसेजस्तै कसैको मुस्कान कहीं कतै नखसेर किन सिधै मेरो आँखामा आई थपक्क बस्छ ?

यो सब कसैको बास्ना र मेरो वासनाको कारणले भएको हो ।
खासमा जीवन भनेको बास्ना र वासनाको परिवृत्तमा घुमिरहने पिण्डको नाम रहेछ ।
हरेक मान्छे पृथ्वीको एक अद्वितीय अस्तित्व हो । अतः म पनि हुँ । म एक पिण्ड ! त्यसैले यो पृथ्वीमा मलाई तानिरहने एउटा न एउटा पिण्ड यहाँ छ । एउटा प्यारो मान्छे ! मलाई तान्ने त्यो पिण्ड प्रकृतिको घुम्टो ओढेकी हरियो पहाडजस्तै सुन्दरी भएर मेरो जीवनमा आउँछ । मलाई त्यो विराट पहाडले तान्छे आफूतिर । म तानिन्छु त्यसको गुरुत्वले । त्यसैको अंगालोमा हराइजाउँ जस्तो लाग्छ मलाई ।
तर के हुन्छ ? पहाडमा हलचल हुन्छ । र, मायाको पहिरो झर्छ । त्यसले मलाई प्रशस्त घाउ चोट दिन्छ । त्यसले मेरो अस्तित्वलाई पुरिदिन्छ ।
रातको नीरव चकमन्नतामा घरको छतमा उक्लेर जून हेर्छु । पूर्णचन्द्रको जून सकारण असाध्यै मन पर्छ मलाई । किनभने म त्यो जूनमा आफ्नो गुरुवात्वकर्षणले मलाई तानिरहने प्यारो मान्छेको अनुहार देख्छु । जतिखेर म आफूलाई तान्ने मान्छेलाई जूनमा हेरिरहेको हुन्छु, ठीक त्यति नै खेर जूनले आफ्ना किरण मार्फत समुन्द्रलाई आफूतिर तानिरहेको हुन्छ । उता जूनको आकर्षणले सागरको विशाल सतहमा ज्वारभाटाको लहर उठिरहेको हुन्छ, यता जूनको उज्यालोमा देखिएर मलाई तान्ने प्यारो मान्छेको अनुरागले मेरो छातीमा पनि ज्वारभाटा उठिरहेको हुन्छ ।
पृथ्वीले सूर्यलाई घुम्नु भनेको पृथ्वीलाई सूर्यले आकर्षित गर्नु हो । चन्द्रमाले पृथ्वीलाई घुम्नु भनेको चन्द्रमालाई पृथ्वीले आकर्षित गर्नु हो । सारा ब्रम्हाण्ड आखिर आकर्षण कै खेल त रहेछ आखिर ।

पृथ्वीले चन्द्रमालाई मात्रै होइन, चन्द्रमाले पनि पृथ्वीलाई आकर्षित गरिरहेको हुन्छ भनी ज्वारभाटा उठाई प्रमाण दिने सागरको अस्तित्वको आधार के हो ? यस्तो वाहियात सोंच्छु कहिलेकाँही ।
अनि सागरको अस्तित्व र उफानका बारेमा सोंच्छु । त्यो सोंच्नासाथ आँखामा आउँछन् नदीहरूको गतिमान दृश्य । म त्यही नदीको लहरमा मलाई तानिरहने प्यारो मान्छेलाई देख्छु । अनि म मिल्न चाहन्छु त्यही नदीमा । मलाई तानिरहन्छ त्यै नदीले । म त्यै नदीको प्यारो प्रवाहमा बग्दै बग्दै जीवनको महासागर भेट्न चाहन्छु । त्यो नदी एउटा सघन पिण्ड बन्छ मेरा लागि र तान्छ मलाई तीब्र गुरुत्वाकर्षणले । अनि म तानिएर हठात्, त्यै नदीको किनारमा जीवनको इन्द्रेनी खोज्न पुग्दछु ।
तर के हुन्छ ? नदीमा हलचल हुन्छ । धमिलिन्छ पानी । आउँछ अचानक मायाको बाढी । बगाउँछ मलाई ।
र, फालिदिन्छ कतै एकान्त बगरमा । यसरी मेरो अस्तित्व थाहै नपाई एउटा गहन अन्धकारभित्रको संकटमा पस्दछ । तर त्यो गहन अन्धकारमा पनि मेरो आँखामा एउटा वासना कायमै रहन्छ ।
उज्यालोको वासना । उज्यालोको कामना ।
एउटा दीपकको कामना । एउटा बत्तीको कामना ।
अनि मेरो आँखामा एउटा बत्ती आउँछ । त्यो बत्तीमा बलिरहेको बाती देख्दिन म । म त्यो बत्तीमा मलाई तानिरहने प्यारो मान्छे बलिरहेको देख्छु । जसको सौन्दर्यले मोहित तुल्याउँछ मलाई । तान्छ मलाई आफूतिर । अनि म मानौं पुतली बनी झुम्मिन्छु त्यसमा । जानी जानी ।
अचानक एउटा लप्का उठ्छ । डढाउँछ मेरो आकाङ्क्षाको पखेटा । म खस्छु अनि बत्तीमुनिको अन्धकारमा । म एउटा मांस पिण्ड ! म एउटा वासनाको पिण्ड । म एउटा संवेदनाको पिण्ड । मायाको गुरुत्वाकर्षको वासनामा यसरी खसिरहन्छु एक पछि अर्को अन्धकारमा ।
यसरी वासनाको गुरुत्वाकर्षणले प्यारो मान्छेको मुस्कान मेरै आँखामा बसाई सर्छ । र, अनौठो अनौठो सोंचमा परिरहन्छु म । ‘ऐया’ नभनी मायाको पहिरोमा पुरिई जान्छु । ‘गुहार’ नभनी मायाको बाढीमा बगी जान्छु । ‘आत्थोे’ नभनी मायाको प्रज्वलित ज्वालामा डढी जान्छु ।
उसरी, कहाँ र कहिले थियो र प्राप्तिमा माया ?
कहाँ हुन्छ स्वामित्वमा माया ?
गुमनाम गुमनाम पुरिएर नामेट हुनु पो माया ! थाहै नपाई बगी जानु पो माया ! थाहा पाई पाई सकिइ जानु पो माया !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?