ट्रेंडिंग:

>> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी

उद्योग व्यवसायी महासंघद्वारा विभिन्न माग राख्दै जिल्ला प्रशासन र राष्ट्रबैंकमा ज्ञापनपत्र

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

बुटवल, १२ भदौ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले उद्योगी व्यवसायीका समस्या समाधानको माग गर्दै मंगलबार संयुक्त रुपमा नेपाल राष्ट्रबैंक र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

महासंघले राज्यले रोजगारी सिर्जन ागर्ने तथा कर तिर्ने व्यवसायीहरुलाई संरक्षण गर्नुको साटो विभिन्न अभियोग लगाई धरपकड गर्ने, अनुसन्धानका नाममा हिरासतमा लिने जस्ता कार्य गरेर व्यावसायिक वातावरण खलबल्याउने काम गरेको भन्दै त्यस्तो कार्य रोकी व्यावसायिक सुरक्षाको माग गरेको छ ।

नेपाल राष्ट्रबैंकले आन्तरिक अर्थतन्त्रलाई चलायमान गराउने गरी नीतिहरु परिवर्तन गर्नुपर्नेमा सुक्ष्म तरिकाले नियन्त्रण गरी धरासायी बनाउन खोजेको भन्दै ज्ञापनपत्रमा चालुपुँजी कर्जा निर्देशकामा पुनर्विचार गर्न र बैंकको ब्याजदर घटाउन माग गरिएको छ ।

शेयर बजारमा लगाउँदै आएको १२ करोडको कर्जा सीमाको नीति खारेज र यस्तो कर्जाको जोखिम भार १०० नै कायम गरी अर्थतन्त्र चलायमान बनाउन पनि उद्योग व्यवसायी महासंघले माग गरेको छ ।

वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई उद्दार गर्न आवश्यक संरक्षणको कार्ययोजनासहित ठोस कार्य गरी अर्थतन्त्र चलायमान बनाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

वित्तीय चेतना र सेवा बिस्तारमा लघुवित्तले पुर्याएको योगदानको कदर गर्दै सरकार र राष्ट्रबैंकले लघुवित्तीय संस्थाहरुलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्न दीर्घकालीन नीति ल्याउनुपर्ने माग गरिएको छ । निर्माण व्यवसायीको मागको संबोधन गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

सम्बनिधत पक्षसँग बिना परामर्श हवाई टककटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने नीति ल्याएको भन्दै अदालतले दिएको आदेशलाई समेत मध्यनजर गर्दै नयाँ व्यवस्था गर्न महासंघले आग्रह गरेको छ ।

सोही अवसरमा बोल्दै प्रदेश कमिटी अध्यक्ष माधव नेपालले व्यवसायीका उचित माग सम्बोधन नभएको खण्डमा चरणबद्ध आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने बताए । जिल्ला कमिटी अध्यक्ष माधव रेग्मीले व्यवसायीका माग संबोधन गर्नुको विकल्प नरहेको बताए ।

ज्ञापनपत्र बुझाउन महासंघ लुमिबनी प्रदेश कमिटी उपाध्यक्ष भाष्कर काफ्ले, सचिव केशवराज पन्थी, रुपन्देही जिल्ला उपाध्यक्ष शारदा भट्टराई रेग्मी, सचिव पुरुषोत्तम अर्याल, केन्द्रीय सदस्य सागर अधिकारी, बुटवल उपमहानगर कमिटी अध्यक्ष माधव खनाल, मोहनलाल पाण्डे, इशु देवकोटा, केशव ज्ञवाली, मदनप्रसाद पौडेललगायतका व्यवसायी समेत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np