ट्रेंडिंग:

>> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं

बेत उद्योगमा ‘भविष्य खोज्दै’

सजावट सामानसंगै प्रविधि भित्राएर चोया उत्पादनमा जोड
१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

बुटवल, १ भदौ । पूर्वी नेपालमा बेतबासको फर्निचर सामग्रीहरू धेरै चलनचल्तीमा छ । यहाका घरहरूमा बेतबाट बनेका मुढा, कुर्चि र सजावटका सामानहरू बढीजसो प्रयोग गरिन्छ । हेर्दा निक्कै आर्कषक, हलुका यस्तो फर्निचर धेरैको रोजाईमा पर्छ । बुटवलका दुई युवाहरूले यही उद्योगलाई बुटवलमा भित्राए । सामाजिक क्षेत्रमा अग्रसर भुपेन्द्र बहादुर क्षेत्री (हरि) र नारायण वलीले सातवर्षअघि कालिकानगरमा बेतबास उद्योग खोल्ने संकल्प गरे । बिस २०७३ चैतमा नाम जुराए, अम्बिकेश्वरी बेतबास फर्निचर उद्योग । शुरुवातमा ६ लाख रूपैया उद्योगमा लगाए । बेतबास उद्योगलाई चाहिने कच्चा पदार्थ, जनशक्ति, उत्पादनको बजार बारेमा धेरै ज्ञान बिना नै हात हाले । केही समयपछि ब्यवहारमा ढलेपछि भने उनिहरूले यसको बारेमा बुझे । नेपालका पुर्वपश्चिम सबै ठाउमा पुगे ।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न लक्ष्यसहित सात वर्षअघि शुरु भएको दुई युवाहरूको उद्योग बिस्तारै हस्तकलाबाट सेमी अटोमेसिनसम्मको यात्रामा अघि बढेको छ । उद्योगले गति लिएको संचालक नारायण वली बताउछन । ‘बजारमा चुरि स्ट्याण्ड, बस्ने मुढा, कुर्सी, गमला स्ट्यान्ड, सोफासेट र सजावटका सामानहरू उत्पादन गरेका छौ ।’— उनले भने । कच्चा पदार्थका रूपमा उद्योगमा मुख्य दुई प्रकारका बेतहरू प्रयोग हुन्छ । भारतबाट ल्याउने मोटो (फेयगरा) बेत र नेपालकै जंगलमा पाईने पातलो बेत (पानी बेत) मुख्य हुन ।

माटो बेतलाई तताएर विभिन्न प्रकारका डिजाईन तयार गर्ने काम हुन्छ । बेतलाई तताएर पानीमा भिजाएर बङ्याउने र विभिन्न आकारमा दिईन्छ । तयार भएका समानहरूमा घाममा सुकाउने र क्लियर बारनेस लगाईन्छ । बेतमा आवश्यक पर्ने मुख्य सीप हो । अहिलेसम्म भारतीय कामदारमा भर पर्नुपरेको उनले बताए । मासिक ८० हजारदेखी एक लाखसम्म उनीहरू पारिश्रमिक लिन्छन । फर्निचरका नयाँ नयाँ डिजाईन बनाउन उनिहरू माहिर छन । नेपालमा हाल काठमाडौमा ३५, नारायणगढ २, पोखरामा २, लाहान १, बिराटनगरमा १, काँकडभिट्टा ४, बिर्तामोडमा १, बर्दियामा ५, कैलाली ३ गरि थप ५४ वटा उद्योग छन। जनशक्ति अभाव र कच्चा पदार्थको अभावकै कारण धेरै उद्योग बन्द भएका छन ।

बेतका प्रकार
उद्योगमा मुख्य दुई प्रकारका बेतहरू प्रयोग हुन्छ । भारतबाट ल्याउने मोटो (फेयगरा) बेत र नेपालकै जंगलमा पाईने पातलो बेत (पानी बेत) । पातलो बेतलाई दुई प्रकारबाट उपयोग गरिन्छ । तैयारी बस्तुमा डिजाईन निकाल्ने र कच्चा पदार्थकै रूपमा चोया उत्पादन गर्न । मोटो बेत ३ देखि ५ ईन्च मोटाईका बेतबास भारतमा निर्भर छ । भने साना बेतहरू भने नेपालकै सामुदायिक वनका अधिकास क्षेत्रमा छन । लुम्बिनी प्रदेश बाँके, बर्दिया, रूपन्देही, नवलपरासीका अधिकास जंगलमा यो उपयोग बिहिन भएका छन । केही जिल्लाहरूमा भने मिलोमतोमा भारत निर्यात भएका छन । आधा कच्चापदार्थ भारतबाट ल्याउने र आधा कच्चापदार्थ भने भारत जान्छ । अर्कोतर्फ बेतकै सबैभन्दा महँगो गौरी बेत हो । यसबाट बस्तुहरू तयार गर्दा फिनिसिङ निस्कन्छ । गौरी बेत भारतमा उत्पादन हुन्छ । नेपालमा फेयगरा बेतबाट धेरै सामानहरू तयार गरिन्छ ।

मलेसिया बराबरकै गुणस्तरमा बुटवलमा चोया उत्पादन
बेतका उत्पादनमा कच्चा पदार्थहरू भारतमात्र नभई मलेसियाबाट समेत निर्यात गर्ने गरिन्थ्यो । बेतको चोया सिगापुर हुँदै मलेसियाबाट ल्याउने गरिन्थ्यो । धेरै अध्ययनपछि बेतबाट चोया बनाउने मेशिन बुटवलमा भित्राएर उत्पादन शुरु भएको छ । सिगापुर पछि नेपालमा नै पहिलो मेशिन भएको वलीको दाबी गर्छन । ‘मलेसियाको गुणस्तरको चोया हामीले उत्पादन गर्छौ ।’—उनले भने । यसले लागत घटाएको उनी बताउँछन । मलेसियाबाट ल्याउला प्रतिकिलो १ हजार ७ सय रूपैया पर्ने चोया अहिले स्वदेशमा नै उत्पादन हुदा ४० प्रतिशत मुल्य घटेको उनी बताउछन । भारतमा समेत अहिले चोयाको माग भैरहेको उनले बताए । ‘अब बिक्रिको तयारीमा छौ ।’—उनले भने । मेशिनको प्रयोगबाट बेतको बाहिरी भाग र भित्री भागको फरकफरक उत्पादन गर्न सकिने हुँदा अहिले खेर गएका बेत पनि उपयोगी हुने उनी बताउछन । हातले बेतबाट चोया निकाल्दा भन्दा धेरै छिटोछरितो हुन्छ । अहिले यो मेशिनबाट एक दिनको एक क्विन्टल चोया निकाल्न सक्ने क्षमता छ । चोया तयार गर्ने करीब २५ लाख रुपैयाको मेशिनसहित हाल उद्योगमा ४० लाख रुपैया लगानी पुगेको छ ।

 

अन्य फर्निचरको मूल्यकै तर टिकाउ धेरै
बेतबासबाट निमार्ण गरिएको सजावटका सामानहरू आम जनमानसहरू महगो भनेपनि वास्तवमा यो त्यही महगो भने नभएको उनिको दाबी छ । ‘अहिले बजारमा अन्य फर्निचर तथा डाईनिङ सेटको मुल्य ३५ हजार रूपैयाँ छ भने बेतबासको पनि उहीँ नै छ ।’—उनले भने । मूल्य बराबर जसो भएपनि टिकाउ र डिजाईनका हिसाबले भने बेत धेरै फाईदाजनक भएको उनि बताउछन । एक पटक गरेको लगानीबाट नातीको पालासम्म प्रयोग भएका धेरै भेटिने उनले बताए । बेतमा किरा धुलिया लाग्दैन । हेर्दा आकर्षक हुन्छ । विदेशीहरूले धेरै रुचाएपनि विदेश बिक्री गर्ने वातावरण नभएको उनले बताए । यसैगरि यसको प्रयोगबाट मानिसहरूलाई हुने विभिन्न शारीरिक समस्यारु समेत ठिक हुने चिकित्सकहरू बताउछन । बेत बहुउपयोगी हुने हुँदा पनि यसको प्रयोग धेरै राम्रो मानिन्छ ।

सजावटका सामान उत्पादनमा जोड
पछिल्लो समय बेतका सजावटका सामानहरूमा जोड दिन थालिएको छ । घरमा आकर्षक देखिने नया नया सामानहरू निर्माण गरिँदा यसको माग पनि आईरहेको हँुदा यसमा जोड दिएको उनले बताए । विभिन्न डिजाईनका गमला÷चुरा स्ट्याण्ड, ऐना राख्ने सामानका साथै मुढा, कुर्सी र आकर्षक शोभासेटहरू समेत बनाएका छन । झुला, हेङ्गर, कपडा, जुत्ता राख्ने रयाग, बच्चा झुला, रेष्टुरेन्ट क्याफेहरूमा फर्निचरको माग छ । तालिमहरू चलाएर गिफट सामानहरू तयार गर्ने सोच बनाएको उनले बताए । बार्षिक २० लाख रूपैया बराबरको कारोबार हुन्छ । उत्पादन भएका सामानहरू बजार जान्छन ।

युवा जनशक्ति उत्पादनको लक्ष्य
स्वदेशका जंगलमा पाईने बेतबाट सजावटका सामानमात्र नभई चोया बनाउने राम्रो सम्भावना रहेको छ । युवाहरू स्वदेशमा अवसर खोज्नेभन्दा पनि विदेश मोहमा रहेको बेला यो राम्रो सम्भावना भएको उनि बताउछन । ‘हामी दक्ष जनशक्तिबाट उत्पादनमा जोड दिएका छौ ।’ —संचालक भुपेन्द्र बहादुर क्षेत्री (हरि) बताउछन । धेरै पटक निशुल्क तालिम संचालन गरेको भएपनि युवाहरूमा चासो कम देखिएको उनले दुखेसो गरे । स्थानिय सरकारसंग मिलेर दक्ष जनशक्ति उत्पादनको पहल गर्ने योजनामा रहेको उनले बताए । मेहनतसंगै राम्रो आम्दानी हुने यसको सीप सिकाउने अभियानमा आफुहरू भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?