Logo
२३ जेष्ठ २०८०, मंगलवार

बसी बियाँलो


पद्य प्रसादः
न नाक न ओँठ न देखिन्छ मुख
न जुँगा न दाडी हाय कस्तो दुःख
ढाक्दिन्छ माक्स फुली र मुन्द्री
गाला बने कि स्याउ या गुन्द्री ।।

गजल रामः
हिउँमाथि पाइला टेक्दा हिमाल डग्मगायो
कोपिलामा भमर झुल्दा फूल मग्मगायो
तिमीजस्तै म हुन्थेँ त चुम्थेँ तारा जुन
प्रकृतिले रुप दिन किन अक्मकायो ?।।

गद्य बहादुरः
करेसामा फूल फूलेर के काम भयो
जब चढ्दैन मन्दिरमा भने
तिमीसँग अर्ब भएर के भयो
जब लाखौँ मानिस भोकले मर्छन् भने ।।

सवाइ कुमारीः
सुन सुन सखी हो सबाइ कहन्छु
ओली नेपाल प्रचण्डको भित्री कुरा भन्छु
न थे यिनी पहिले जनताका पुजारी
जनतालाई पार्ने भए यिन्ले भिखारी ।।

रोइला नाथः
सयौँ सेता हात्ती पाल्दा भयो हाम्रो दुर्गति
कर्को भारी बोक्दाबोक्दै सकियो नि सम्पति
यस्तालाई खै के भन्नु गुण्डा हुन् कि लुटेरा
नेता भन्न लाजै लाग्यो भन्छु म त धुतेरा ।

दोहोरी मैयाँ र कुमार
तिमीसँग पृति गाँस्ने थियो कति रहर
धाउँदा धाउँदै जिन्दगीमा भोगेँ कहर ।
दोहोरी कुमारः
मैले पनि कहाँ हो र तिमीलाई नधाको
निधारमै लेख्या रैन्छ अभागि गधाको ।।

झ्याउरे लालः
दिन बिते रात बिते कुरेँ कति बाटोे
टेक्दा टेक्दै धसियो नि यो बाटोको माटो
नेता जस्तै भइछन् नि मायालु
हात्मा छुरी आँखैमा गाजलु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?