ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

१२ करोडको आलुु विक्रि गर्ने बागचौरमा भण्डारणको समस्या

३१ आश्विन २०७८, आईतवार
३१ आश्विन २०७८, आईतवार

सल्यानको बाफु खोलाबाट १२ करोड रुपैयाँको आलु विक्रि भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ का किसानले यो वर्ष मात्रै १२ करोडको आलु उत्पादन गरेका हुन ।

यहाँको करिव दुई हजार रोपनी जमिनमा आलु खेति हुँदै आएको छ । र किसानहरुले आलु खेतीबाटै मनग्य आम्दानी गर्दै आइरहेका छन् । आलु खेति गरेररै वाफुखोलाका किसानहरुले वार्षिक करौडौं रकम भित्र्याउदै आइरहेका छन् ।

कृषि विकास कार्यालय सल्यानका अनुसार वाफुखोलामा २ हजार रोपनीमा आलु खेती हुँदै आइरहेको छ । कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले दिएको जानकारी अनुसार वाफुखोलाबाट मात्रै यस वर्ष १२ करोड रुपैयाँको आलु बाहिर गएको छ । एक घर परिवारले आलु खेति गरेर न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । यहाँको वर्षभरिको घरखर्च टार्ने खेति भनेको आलु खेती हो ।

आलु खेती गरेर नै यहाँका किसानको जीवनयापन चली रहेको किसान चित्र बहादुर ओलीले बताए । यस वर्ष ४५ क्विन्टल आलु बिक्री गरेर १ लाख ४५ हजार आम्दानी गरेको उनको भनाई छ । आलु लगाएको समयमा सुख्खा र खन्ने समयमा लगातार पानी पर्दा यो वर्ष उत्पादन भने धेरै घटेको चित्र बहादुरले बताए । गत वर्ष झन्डै तीन लाखको बिक्री गरेको भएपनि यो वर्ष आधाले घटेको उनले बताए ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँमा मजदुरीका लागी जाने किसान अहिले आलु खेतीमा रमाइरहेको अर्का किसान शेर बहादुर खत्रीले बताए । आलु खेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन आएको उनको भनाई छ । यो वर्ष आफूले ५० हजारको आलु बिक्री गरेको उनले बताए ।

आलु उत्पादनबाट गाउँमा वर्षेनी १० देखि १५ करोड भित्रिने गरे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा किसान समस्यामा पर्नेगरेका छन् । आलु खेतीलाई आम्दानीको मुख्य स्रोत बनाउँदै आएका किसानले यसवर्ष उत्पादन गरेको आलु कुहिएपछि उनीहरु समस्यामा परेका हुन् । समयमा आलु ढुवानी गरेर किसानले पठाउन नसक्दा कुहिएको हो ।निषेधाज्ञाका कारण व्यापारी किसानको आलु खरिद गर्न नआएको र आफैले बजारमा लगेर बेच्न नसक्दा आलु कुहिएको किसानहरुको भनाइ छ ।

गाउँका सबैले आलु खेती गर्ने गर्ने गरेको भए पनि भण्डारण गर्ने ठाउँ नहुँदा सिजनमा सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता र पछि अन्य ठाउँको आलु महँगोमा खानु पर्ने बाध्यता रहेको बागचौर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष दिपक वलीले बताए । ‘हाम्रो जिल्लामा एउटा मात्र कोल्ड स्टोर भइदिएको भए किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको भण्डारण गर्न निकै सहज हुने थियो,’ उनले भने । बाफुखोलाका ८० प्रतिशत किसानले आलु खेती गर्ने गरेको भएपनि आलुको अनुसन्धान केन्द्र र चिस्यान केन्द्र स्थापना नहुदाँ समस्या हुुने गरेको किसानको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?