ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

दशैं नजिक आउँदा कालिज पालक किसान उत्साहित

१७ आश्विन २०७८, आईतवार
१७ आश्विन २०७८, आईतवार

दशै नजिकिदै गर्दा कालिज पालक किसान उत्साहित भएका छन् । चाडपर्व र जाडो महिनामा कालिजको मासु बढी बिक्री हुने हुँदा पनि उनिहरु उत्साहित भएका हुन् । जाडो मौसममा मासु तथा सुपको रुपमा प्रयोग गर्न सकिने कालिज स्वाथ्यको लागि समेत उत्तम मानिन्छ ।

00000

दशैं नजिकिदै गर्दा कालिज पालक किसान उत्साहित भएका छन् । ठाउँ ठाउँमा पालिएको कालिज जाडो मौसम तथा दशैं तिहारका लागि कोसेलीको रुपमा प्रयोग गर्ने चलन शुरु भएको छ । रुपन्देही लगायत देशका विभिन्न स्थानमा कालिज पालन छ । दशैं पछिको मौसमलाई चिसो मौसमको समेत लिने गरिन्छ । जाडो मौसममा मासु तथा सुपको रुपमा प्रयोग गर्न सकिने कालिज स्वाथ्यको लागि समेत उत्तम मानिन्छ ।

जाडो मौसममा मासु तथा सुपको रुपमा प्रयोग गर्न सकिने कालिज स्वाथ्यको लागि समेत उत्तम मानिन्छ । दशैं पछिको मौसमको लागि पनि व्यवसायीहरुले कालिज अहिले हुकाईरहेका छन् ।

रुपन्देहीका बाबुराम श्रेष्ठले १८ बर्ष समय सम्पन्नशाली देश ईटलीमा विताए । सम्पन्नशाली जिवन, श्रीमती, छोरा सहित बस्दै आएका उनको मन अहिले फेरिएको छ । बुटवलका स्थायीबासिन्दा उनी अहिले बुटवलको कोलाहल पनि बढि लाग्न थालेको छ । बुटवल कोलाहलदेखि केही किलोमिटर टाढा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ हरिहरपुरमा बस्न थालेका छन् । उनका साथी हुन ४ हजार ५ सय कालिज ।

दशैं तथा जाडो मौसम लक्षित उनको फार्मममा अहिले ४ हजार ६ सय भन्दा बढि कालिज हुर्कीरहेका छन् । विक्रिका लागि रातो सिर भएका भाले कालिज पनि तयार छ । जाडो मौसममा पालिदै आएका कालिज विस्तारै तराईमा झरेका छन् । उनी पनि त्यहि तराईमा कालिजको व्यवसायीक भविश्यक खोज्दै लागिपरेका छन् ।

ईटलीबाट ४ बर्ष पहिलो फर्कीपछि उनले नेपालमै पहिलो पटक काठमाण्डौमा व्यवसायीक रुपमा कालिज पालन गरे । फ्रान्समा ९ महिना कालिज सम्बन्धी तालिम लिएर आएका उनले काठमाण्डौमा वाईल्डलाईफ एग्रो प्रालि स्थापना गरेर व्यवसायीक कालिज पालन गरेका थिए ।

काठमाण्डौको बसाईं पछि उनले अहिले आफ्नै गृहनगरमा व्यवसायीक कालिज पालन सुरु गरेका छन् । केही महिना यता उनी निरन्तर कालिज संगै छ । अहिले बुटवलको हरिहरपुरमा उनले श्रीमती कविता श्रेष्ठको नाममा बाक्स वाईल्ड पार्क प्रालि, लुम्बिनी एबीआई क्लोनी एण्ड रिसर्च सेन्टर प्रालि नाम स्थापना गरी व्यवसायीक कालिज पालन सुरुवात गरेका हुन ।

अहिले उनको फार्ममा भाले पोथी गरी ४६ सय बढि कालिज छन् । अहिले धेरैजसो त्यहि फार्ममा नै विताउने गरेका बाबुराम श्रेष्ठ भन्छन–‘काजिहरु संगै बस्ने र रमाउँदा साह्रै आनन्द लाग्छ ।’

५१ बर्षिय श्रेष्ठले निकट भविश्यमा फर्मलाई अझ विस्तार गर्ने, आधुनिक प्रकृतिको रिसर्च सेन्टर समेत सञ्चालन गर्नेै योजना बनाएका छन् । २०७८ साल बैशाख महिनामा सुरुवात भएको उनको फर्ममा अहिले रिङनेट जातका मंगोलियन क्रस, अमेरिकन क्रस,ब्लाएकमेन, ब्यूमेन नामका कालिज पाल्दै आएका छन् ।

१ विघा ५ कठ्ठा क्षेत्रफल रहेको उनको फर्ममा सबै संरचना आधुनिक किसीमले निर्माण गरिएको छ । नेट भित्र कालिज पाल्दै आएका उनले जग्गा बाहेक चल्ला र संरचनामा करिव डेढ करोड बढि लगानी गरेका छन् ।

श्रेष्ठले कालिजलाई चाहिने दाना आफ्नै सुत्र अनुसार लुम्बिनी दाना उद्योग प्रालिबाट उत्पादन गर्दै आएका छन् । कालिजको दाना उत्पादन गर्ने देशकै पहिलो दाना उद्योग उक्त उद्योग रहेको उनको दावि छ ।

चल्ला हालेपछि ५ महिनामा विक्रि गर्न सकिन्छ । एउटा भाले ५ महिनामा डेढ किलो सम्म हुने र यसलाई प्रति भाले ३ हजार ५ सय रुपैयाँमाविक्रि गरिदै आएको सञ्चालक श्रेष्ठको भनाई रहेको छ । बुटवलको अलवा अहिले सबैभन्दा बढि कालिजको माग काठमाण्डौमा रहेको छ । फर्ममा ४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा करिव ५० भन्दा बढिले रोजगारी प्राप्त गरेका छन् ।

चल्ला उत्पादनको लागि हाल विभिन्न ह्याचरिङ्ग उद्योगमा गरिदै आएकोमा सञ्चालक श्रेष्ठले आफ्नै ह्याचिङ्ग ब्रुडर स्थापना गर्ने योजना समेत बनाएका छन् ।

इटली बसेपछि बुटवलको मिलनचोकमा ओको फर्निचर उद्योग स्थापना गरेका उनले फर्निचर व्यवसायको सट्टा कालिजलाई उनले मुख्य प्राथमिकताको राख्दै व्यवसायीक काम अगाडी बढाएका हुन । काठमाण्डौमा कालिज फार्म चलाएकाउनले त्यसपछि बुटवलमा सुरुवात गरेका हुन ।

नेपालका जंगलहरुमा पाईने कालिजको व्यवसायीक पालनको लागि सरकारकारले हालसम्म स्वीकृत दिएको छैन । तर स्वीकृत दिने अन्तीम चरणमा रहेका छ । तर विदेशबाट आयात गरिएका अन्य प्रजातिका कालिजको व्यवसायीक पालन भने अहिले पछिल्लो समयमा फष्टाएको छ ।

एउटा पोथी कालिजले एक सिजनमा ४० देखि ६० वटा अण्डा पार्दछ । भने अण्डा ह्याचरिङ्गको लागि राखेको २६ देखि २७ दिनमा अण्डाबाट चल्ला निस्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?