ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

नोट फलाउन टिमुरको बोट

१० भाद्र २०७८, बिहीबार
१० भाद्र २०७८, बिहीबार

व्यावसायिक टिमुरको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि दाङको पहाडी भेगमा टिमुरको खेती विस्तार गरिएको छ । टिमुरबाट बर्षेनी उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङको भनाई छ । जंगली जनावरका कारण मकै लगायतका खेती गर्न नसकेका यहाँका किसानहरूले टिमुरको व्यावसायिक खेती गर्न लागेका हुन् ।

टिमुर खेतीसँगै उत्पादन समेत बढ्दै गएको छ । डिभिजन वन कार्यालय दाङकाअनुसार गतवर्ष जिल्लाबाट एक लाख ७७ हजार पाँच सय किलो टिमुर निर्यात भएको छ । सो मध्ये एक लाख ३७ हजार किलो निजीवन र राष्ट्रिय वनबाट ४० हजार पाँच सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् । उनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा टिमुर ९६ हजार सात सय ४५ केजी निर्यात भएको थियो । उक्त तुलनामा गतवर्ष जिल्लामा करिब–करिब दोब्बर ८० हजार केजी टिमुर वृद्धि भएको कार्यालयले जनाएको छ । विगतको तुलनामा जिल्लामा टिमुरको उत्पादन बढेसँगै निर्यात समेत बढ्दै गएको कार्यालयले जनाएको छ । टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको भन्दै डिभिजन वन कार्यालय दाङले बंगलाचुली गाउँ पालिकासँगै घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडालाई गतवर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ ।

पकेट क्षेत्रमा टिमुरसँगै माला गेडी र दालचिनीका एक लाख ८४ हजार विरूवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी विरूवा टिमुरका मात्रै रहेका छन् । “पहाडी क्षेत्रमा थोरै–थोरै बोट प्रायः सवै किसानका घरहरूमा छन्, त्यसले मात्र किसानको जीवन स्तरमा परिवर्तन हुन सक्दैन, जडिबुटीका माध्यमबाट किसानको जीवनस्तरमा परिवर्तन ल्याउनकालागि ठूलो स्केलमा जुडिबुटी खेती गर्नु पर्छ भनेर अहिले बढाउँदै लगेका छौँ, जसले गर्दा अहिले धेरै किसानहरूले विरूवा रोप्न थाल्नुभएको छ” सहायक वन अधिकृत चौधरीले भने ।

कार्यालयकाअनुसार टिमुरसँगै अन्य जडि बुटीहरूको समेत जिल्लाबाट निर्यात बढेको छ । जसअनुसार मालगेडी ६० हजार केजी, रिठा ३५ हजार पाँच सय ८० केजी, अमला ११ हजार दुई सय केजी, काउलोको बोक्रा ५२ हजार एक सय ५० केजी, तेजपात ६७ हजार तीन सय केजी, लहरे गुर्जाे एक हजार तीन सय केजी, टिगडी ५ हजार चार सय ५० केजी जिल्ला बाहिर निर्यात भएको सहायक वन अधिकृत चौधरीले बताए । उनका अनुसार अन्य अल्लोको बोक्रा दुई सय केजी, पाखनवेद ९ हजार केजी, सुगन्धवा पाँच सय केजी, गत्रो सात हजार १५ केजी, बर्रो ५ हजार केजी, हर्राे ४ हजार केजी, धाइराको पूmल एक हजार पाँच सय केजी, भृगराज एक हजार पाँच सय, दूधे लहरो एक हजार पाँच सय, ब्राह्मी एक हजार पाँच सय, बेलचना तीन हजार केजी र चत्रोको बोक्रा पाँचहजार केजी निर्यात हुँदा सातलाख १७ हजार दुई सय ५० रूपैयाँ राजश्व संकलन भएको बताए ।

वन कार्यालयले राष्ट्रिय वनबाट संकलित जडि बुटीहरूको निर्यातमा राजश्व लिने गरेको छ भने निजी वनबाट संकलित जडिबुटीमा राजश्वनलिने गरेको सहायक वन अधिकृत चौधरीले बताए । जिल्लामा ८९ हजार चार सय १७ हेक्टर वनमध्ये एक सय ६० हेक्टर वन क्षेत्रमा जडिबुटी खेतीहुने गरेको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा७१ हजार बढी जडिबुटीका विरूवा रोपिएको छ । जिल्लाको बंगलाचुली गाउँ पालिकाको ५ वटा वडा तथा घोराही उपमहानगरपालिका २ वटा वडामा गरेर ७१ हजार ३० वटा जडिबुटीका विरूवा रोपिएको हो । सहकारीमार्फत पकेट क्षेत्रमा जडिबुटी क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा डिभिजन वन कार्यालय दाङ घोराहीको समन्यमा जडिवुटीका विरूवा रोपिएको हो ।

डिभिजन कार्यालय दाङको वार्षिक कार्यक्रम अन्तर्गत पहाडी क्षेत्रमा टिमुर, दाल चिनी र माला गिरीका विरूवा रोपिएको सहकारीले जनाएको छ । सहकारीले विरूवा रोप्ने कृषकको तथ्यांक संकलन गरेर कृषकहरूको घरसम्म विरूवा पु¥याइदिएको उनले बताए । कृषकको माग ८९ हजार ८ सय ९० भएपनि ७१ हजार ३० वटा विरूवा मात्र वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?