ट्रेंडिंग:

>> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने

स्वदेशमा पौरख गर्दै, विदेशबाट फर्किएका किसान

३१ श्रावण २०७८, आईतवार
३१ श्रावण २०७८, आईतवार

गत बर्ष साउदीबाट काम विहिन भएर फर्कीएका सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीका देव प्रकास विक अहिले टनेलमा तरकारी फालाईरहेका छन् । रोजगारीका लागि विदेश गएका उनी काम विहिन भएपछि स्वदेशमा फर्किएर तरकारी खेती गर्न सुरु गरेका हुन । बेमौसमी तरकारी खेती गरेका उनी टनेल भित्र गरिएको तरकारी खेतीबाट राम्रो आम्दानी समेत गरेका छन् ।

अव स्वदेशमा नै केही गर्ने सोँच बनाएका उनी भन्छन्–‘अव विदेश जन नपरोस’ टनेलमा उनले काक्रा फलाए, टमाटर फलाए र लहरेवाली समेत फलाए । यसको अलवा उनले विभिन्न वालीका तरकारीका विरुवा उत्पादन गरेर विक्रि समेत गरे ।
करिव १३ हजार विरुवा र २ क्वीन्टल करेला, घिरालौ सोही अनुपातमा, टमामटर समेत फलाएका उनी यसलाई निरन्तता दिने सोँच बनाएका छन् । सबै खर्च कटाएर ३ महिनामा उनले घरको खर्च समेत टारेर ५० हजार आम्दानी समेत गरेका छन् ।

स्न् २०२० मा युनाईटेड अव ईमिरेष्टबाट नेपाल फर्कीका बाबुराम पन्थ पनि अहिले व्यवसायी किसानको रुपमा आफुलाई उभ्याउने प्रयासमा छन् । ६ कठ्ठा जमिनलेमा उनले तरकारी खेती गरेका छन् । ३ वटा तरकारीका लागि टनेल बनाएका उनी प्राविधिक सरसल्लाह अनुसार काम गरेका छन् । ४ महिना सम्म बेतलवी बेराजगार भएर विदेशमा बसेको तितो अनुभव उनी संग छ । उनी भन्छन्–‘अव उता जन्ना, यतै यहि काम गुर्छ ।’ १ लाख २ हजार रुपैयाँ लगानीमाउनले ३ वटा बेमौसमममा खेती गर्न सकिने गरी टनेल बनाएका छन् ।

विदेशमा होईन स्वदेशमा नै केही गर्नुपर्दछ भन्ने उद्देश्यका साथ उनले ३ वटा गड्यौला मल (भर्मी कम्पोष्ट) को सेट समेत बनाएका छन् । सैनामैना नगरपालिमा सञ्चालन भएको परियोजानबाट ३५ हजार र गड्यौला मलका लागि ६५ हजार नगरपालिकाबाट अनुदान समेत पाएका उनले यसलाई अझ विस्तार गर्ने योजनामा छन् ।

प्राङ्गारिक मल भएको कारण विक्रिका लागि कुनै समस्या नभएको कारण गडौयाला मल बनाउने योजानमा उनी छन् ।यसालई अझ विस्तार गरेर शहरी क्षेत्रका कौसी खेतीमा विस्तार गर्ने योजना उनको छ । किसान नै मालिक बन्नुपदर्छ भन्ने मान्यता राखेका उनले अघिल्लो सिजमा सबै खर्च कटाएर राम्रो आम्दानी गर्न सफल भएको बताउँछन् ।

सैनामैना नगरपालिका वडा नम्बर ७ रामनगर टोलका लक्ष्मण पौडेले पनि साउदी अरव, भारत लगायतका स्थानमा धेरै समय विताएको अनुभव छ । २०७७ साल फागुन महिनामा नेपाल आएका उनले केही साथीहरुको सहयोग लिएर नगरपालिकाले उपलब्ध गराएको ५ विगाहा नदि उकास जग्गामा खेती गरिरहेका छन् । नगरपालिकाको पुर्ण सहयोगमा बहुतह कृषि तथा वृक्षरोपण कृषिक समुह निर्माण गरेका उनी उक्त समुहका अध्यक्ष समेत हुन । बहुबर्षिय योजना अनुसार समुहले हाल विभिन्न फलफुलका जातहरु रोपण गरेको छ । तत्काल आम्दानी लिन सकिने गरी उनीहरुले काक्रा, लौका, फर्सी रोपेर राम्रो आम्दानी गरेका छन् । बहुबर्षीय फलफुलमा लिची, आँप, सुनकागती, अनार लागयतका विरुवा रोपण गरिएको छ ।

नगरपालिकलो उपलब्ध गराएको ५ विघा नदि उकास जग्गामा उनीहरुले नमुना बनाउने गरी काम गरेका छन् । फुलखेती समेत गर्दे आएको समुहल यो पटक पनि फुलको लागि विरुवा उत्पादनको काम जारी राखेको छ । तिहार, दशै लक्षित सयपत्री फुलको व्यवसायीक खेतीमा समुह लागेको हो ।

पुर्खौली पेशा आरन व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाउने योजना बनाएका दिपक रसाईली पनि मलेसिया, युएईमा ४ बर्ष समय विताएर फर्कीका हुन । सैनामैना ८ रामपुरमा घर भएकाउनले कृषि जन्य विभिन्न उपकारण बनाएर विक्रि वितरण गर्दै आएका छन् ।यसको साथै मर्मत संहारको समेत काम गर्दै आएका हुन । उनी भन्छन्–‘अव पुर्खौली पेशा लाई जोगाउनको लागि स्वदेशमा नै केही गर्ने सोँच बनाउको छु ।’

सैनामैना नगरपालिका वडा नम्बर ८ का अधिकारी एकिकृत कृषि फार्म सञ्चालन गरिरहेका गुणानीधी अधिकारी र मोतिराज अधिकारी पनि व्यवसायी किसानको रुपमा पहिचान बनाउन सफल भएका छन् । उनले फार्ममा प्रांगारिक मल उत्पादन गर्ने गड्यौला मल उत्पादन गरिरहेका छन् । फर्मममा ६ वटा बेडमा अहिले गड्यौला मल रहेका छन् । बार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका उनले यसलाई व्यवसायीक रुपमा बढाउने योजना बनाएका छन् । नगरपालिकाकै ब्राण्ड बनाउने योजना बनाईएको उनको भनाई छ । गत बर्ष नगरपालिकामा युएनडीपीका सहयोगमा कोभिड १९ उद्धार सामाजिक, आर्थिक विकास परियोजना सञ्चालन गरिएको थियो ।

सेतो गुरास बाल सेवा रुपन्देहीले सञ्चालन गरेको परियोजनाले २ करोडको कार्यक्रम सम्पन्न भएको छ । यसमा किसानले ४ सय ५५ घर धुरीमा काम गरेको परियोजनाका संयोजक दिनेश क्षेत्री बताउँछन् । दोस्रो चराणको लागि थप ४ सय ८३ घर धुरी छनौट गरी कार्यक्रम गरिने समेत परियोजनाले जनाएको छ । छनौट भएका किसानालई थप १/१ लाख रुपैयाँ सहयोग गर्ने समेत योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?