ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

नेपाली माटोमा बिदेशी बिउको रजाइँ

१३ श्रावण २०७८, बुधबार
१३ श्रावण २०७८, बुधबार

रभ्भा गाउपालिका हुगीं, पाल्पाका कृषक खिमानन्द अर्यालले घरमा धानको बिउ नराखेको १० वर्ष भयो । खेतमा धानको ब्याड राख्ने समयमा उनी सदरमुकाम तानसेनका एग्रोभेटहरुमा बिकासे बिउको खोजीमा निस्कन्छन ।

तिनाउ गाउँपालिका दोभानको झ्याङ्लाका कृषक देवबहादुर घर्ती पनि घरमा धानको बिउ नराखेर बजारमा पाइने बिकासे बिउको प्रयोग गरेर खेति गरेका छन् । अर्याल र घर्ती मात्र होईन जिल्लाभित्रका अधिकाशं कृषकहरुले अर्को वर्षका लागि भनेर घरमा बिउ राख्न छाडेका छन् ।

खेतियोग्य जमिन खण्डकृत हुन लागेपछि पछिल्लो समयमा परम्परागत रुपमा प्रयोग हुदै आएको खाद्यान्न वालीको बिउलाई छाडेर कम क्षेत्रफलमा बढि उत्पादन लिन सकिने बिकासे बिउको प्रयोग बढ्न लागेपछि कृषकहरु बिउमा परनिर्भरता भएका हुन् ।

बगनासकाली गाउपालिका पोखराथोेकका कृषक हुमबहादुर कुमाल खेतमा झिनुवा धानको बिउ लगाउन खोज्दा सिगंों माडीफाटमा रैथाने झिनुवाको धानको बिउ नपाउदा एग्रोभेटको बिउमा निर्भर हुन परेको बताए । माडी फाटमा २÷३ दशक अगाडिसम्म १० भन्दा बढि प्रजातिका स्थानिय धानको बिउको प्रयोग हुन्थ्यो । सबैले घर घरमा अर्काे वर्षका लागि भनेर बिउ भण्डारण गर्ने प्रचलन थियो । आज भोलि बिउको भण्डारण गर्ने प्रचलन नै हराएको उनको अनुभव रहेको छ ।

तिनाउ गाउँपालिका लधुवाका कृषक इश्वरीप्रसाद पाण्डे पनि व्यवसायिक एवम अगुवा कृषक हुन उनले पनि आफनो खेतमा स्थानिय मनसुली धानको बिउलगाउन खोज्दा बिउ नै नपाउदा बुटबलको एग्रोभेटको बिकासे बिउमा निर्भर हुन परेको बताउछन । जहिले देखि बजारमा बिकासे बिउ आउन लाग्यो त्यसै दिन देखि बिकासे बिउ प्रयोग गरेका पाण्डेलाई भने यतिखेर स्थानिय बिउ हराएकोमा चिन्त्तित बनाएको छ ।

कम जमिनमा बढि उत्पादन लिन प्रलोभनमा फसेका कृषकहरु बिउका लागि आयतित बिउमा परनिर्भरताका कारण कृषकहरुका लागि महंगो सावित हुन पुगेको रिब्दीकोट गाउपालिका देउरालीका कृषक खिमानन्द पोखरेल अनुभव छ ।
धान मात्र होइन ? जिल्लाको प्रमुख खाद्यन्न वाली मकै , गहुँमा समेत स्थानिय बिउको बिकल्पमा बिकासे बिउको प्रयोग बढ्दा स्थानिय बिउको लोप हुदै गएको कृषकहरुको अनुभव रहेको छ । तानसेनका एग्रोभेट सञ्चालक बिष्णु भण्डारी भन्दछन कृषकहरुले स्थानिय बिउको बिकल्पमा बिकासे बिउको प्रयोगलाई बढाउदै लैजादा बिदेशमा उत्पादित धानको बिउ वार्षिक रुपमा ५० टन भन्दा बढि जिल्लामा खपत हुदै आएको छ । यही गतीमा बिदेशी बिउको प्रयोग बढदै जाने हो भने परनिर्भरता सगैं एक वर्ष बहुराष्टिय कम्पनी द्धारा उत्पादित बिउ नआए यहाका खेतियोग्य भुमी बाझो रहेने अवश्था सिर्जना हुने छ उनले भने ।

बिकासे बिउले उत्पादन बढायो भन्दै प्रयोगलाई बढाउदै लगेपछि परनिर्भरता पनि बढायो त्यसै माथि बिउ जस्तो खाद्य सुरक्षाको आधारशिलालाई बहुराष्ट्यि कम्पनीको भरमा टिकाउनु कहिल्यै पनि राष्टिय स्वार्थ अनुकुल हुदैन यसले निम्ताउने सबै भन्दा ठुलो डर परनिर्भरता हो । बिदेशी कम्पनी सग घुडा टेक्नु पर्ने दिन आउने भएका कृषि विषेशज्ञ महेन्द्र कौणालको बुझाइ रहेको छ ।

बिउ सुरक्षित नभएसम्म वाली सुरक्षीत हुदैन र खाद्य सुरक्षाको प्रत्याभुति हुदैन । विगत वर्षदेखि नै सरकारको स्पष्ट नीति नभएकाले बन्दा, गोभी टमाटरमा, भिन्डी करेल, धनिया ,सिमी बोडी जस्ता तरकारीका बिउ संगै मुख्य खाद्यन्न वालीको बिउमा समेत ८० प्रतिशत बिदेशीसंग निर्भर हुन परेको अत्यन्त दुखद पक्ष रहेको उनले बताए ।

हाम्रो हावा पानी माटोमा बिदेशी बिउको रजाई छ । यहा पछिल्लो समयमा बढि प्रयोगमा आउने स्नोक्राउन काउलीको बिउ प्रति के.जी. ५० हजार रुपैंया भन्दा बढि पर्दछ । वार्षिकरुपमा बिउको नाममा अरबौ रुपैयाँ बाहिरिन्छ । त्यतीमात्र होइन आयतित बिउमा बहुराष्ट्यि कम्पनीले आफनो नाममा पेन्टेट गराएको हुन्छ ।

नेपालले यसको प्रयोग गरे वापत वार्षिक रुपमा निश्चित रकम रोयल्टी वापत बुझाउन पर्दछ । सरकारले बिउको परनिर्भरता रोक्न सक्ने अहिले पनि संभावना छ । तर यस तर्फ ध्यान पुग्न नसकेको एक बरिष्ठ बागबानी बिकास अधिकृतले भने, बिकासे बिउको प्रयोग एक पटक मात्र हो यसको पुन प्रयोग हुदैन अर्को पटक पनि पुरानै ठाउमा निर्भर हुन पर्दछ । यसरी बिउ किनीरहँदा र रोयल्टी तिरिरहदा ठुलो धन रासी बाहिरिन्छ । बाहिरिने धनरासी यही लगानी गरे बिउमा निर्भरता बढाउने कृषि प्राधिवधिकहरुको बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?