ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

धान उत्पादन र उपयोगमा देखिएका समस्याहरु

१५ असार २०७८, मंगलवार
१५ असार २०७८, मंगलवार

किसानको लागी धान खाद्यान्न मात्र नभएर प्रतिष्ठा पनि हो । संसारमा साढे तीन अर्बभन्दा बढी मानिसहरूको खाना चामल हो । विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । खाद्यबालीको रुपमा धान नेपालमा लोकप्रिय छ । हिमालदेखि तराई मैदानसम्म धानको खेति हुन्छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान बाली लगाइन्छ । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करीब २६ प्रतिशत रहेको छ । यसमध्ये खाद्यान्न तथा अन्य बालीको हिस्सा करिब ४५ प्रतिशत छ र कुल खाद्यान्न उत्पादनको ५१.५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । जीविकोपार्जनको दृष्टिले सबैभन्दा धेरै नेपालीहरु खाद्यान्न बाली उत्पादनमा केन्द्रित छन् र यी बालीहरु मध्ये धानले नेपालमा मुख्य प्राथमिकता पाउने गरेको छ ।

नेपालीको लागि चामल खाद्यान्न मात्र नभएर सामाजिक सम्पन्नताको प्रतिक पनि बनेको छ । अरु अन्न खानेहरु भन्दा चामलको भात खान पाउनेहरु सम्पन्न मान्छे हुन् भन्ने पुरानो भ्रमले गर्दा जताततै चामलको माग हुने गरेको छ । हिजोका दिनहरूमा जस्तै भात खानकै लागि पहाडदेखी तराई बसाइ सर्ने क्रम अहिले कम भएपनि खाना खानु भनेको भात खानु हो भन्ने मानसिकता तराईदेखि हिमालसम्म बढ्दो छ । जनसंख्याको ठूलो हिस्सा खेतिपातीबाट पलायन र जनसंख्या वृद्धिको नेपालमा चामलको माग निरन्तर बढिरहदा धान उत्पादनमा भने वृद्धि हुन सकेको छैन । पांच दशक अघिसम्म नेपालबाट चामल निर्यात हुने गरेकोमा पछिल्ला ४ वर्षमा वार्षिक औषत ३० अर्ब बढीको चामल विदेशबाट आएको थियो । चालु आर्थिक वर्षको १० महिनामा मात्र ४४ अर्ब ४६ करोड रुपैयाको चामल आयात भएको राष्ट्रबैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७६/७७ मा करिब ५६ लाख २१ हजार मेट्रिक टन मात्र धान उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ (आर्थिक सर्वेक्षण २०७७/७८) । थोरै खेतीयोग्य जमिन भएको नेपालजस्तो देशकोलागी धान उत्पादनको यो परिमाण कम भने हैन ।

नेपालमा धान उत्पादनमा अनियमितता आउनुमा प्राकृतिक र मानवीय दुवै कारणहरु जिम्मेवार देखिन्छन । प्राकृतिक प्रकोप, सिंचाइको अपर्याप्तता, मलखादको कमि र धान खेति गरिने जग्गाको क्षेत्रफलमा कमि जस्ता कारणले धान उत्पादन घटाउन भूमिका खेलिरहेका छन् । नेपालमा धानको कुल उत्पादन र उत्पादकत्व वर्षामा निर्भर रहिआएको छ । विगत केही वर्षको तथ्यांकलाई केलाएर हेर्दा मौसम अनुकूल भएका वर्ष धान चारदेखि पाँच लाख मेट्रिक टन बढी फलेको र मौसम प्रतिकूल भएका वर्ष यति नै मात्रामा घटेको देखिन्छ । अहिले पनि धेरै धानखेतहरुमा सिंचाइको व्यवस्था हुन सकेको छैन । नेपालको कूल खेतीयोग्य जमिन २६ लाख ६१ हजार हेक्टर मध्ये २०७७ फाल्गुन मसान्त सम्म जम्मा १५ लाख ३ हजार ३६७ हेक्टरमा मात्र सिंचाई सुबिधा उपलब्ध छ ( आर्थिक सर्वेक्षण २०७७/७८)। यो सुबिधा मध्ये अधिकांश खोला नदि जस्ता सतही श्रोतमा आधारित छ । राम्रोसंग वर्षा नभएको समयमा यी श्रोतबाट पानी उपलब्धतामा कमि आउने र खडेरीको समयमा भूमिगत पानी पनि उपलब्ध नहुने भएकोले धानबालीमा सिंचाई सुबिधा पु¥याउन समस्या परिरहेको छ ।

अचेल पशुपालनमा कमि आइरहेको छ र खेतको उर्बरशक्ति बढाउन रासायनिक मलको प्रयोग गर्ने प्रचलन बढ्दो छ । नेपालमा रासायनिक मल उत्पादन नहुने भएकोले किसानहरुले धान रोप्ने बेलामा कहिल्यै पनि पर्याप्त रासायनिक मल पाउदैनन् । तराईमा खुल्ला सिमानाको कारणले भारतबाट केहि सहज रुपमा मलखाद ल्याएर प्रयोग गर्न सकिएपनि पहाडी क्षेत्रमा सधै मलको अभाव हुने गरेको छ । कृषि अनुसन्धान परिषदले झन्डै ५ दर्जन धानका जातहरू सिफारिस गरिसकेको छ । तर किसानहरुले हावापानी र माटो सुहाउदा यस्ता उन्नत जातका धानहरु प्रयोग नगरी पुरानो र भारतबाट आयातित कमसल धानको विउ प्रयोग गरिरहेका छन् । त्यसैगरी धान खेतीमा आधुनिक प्रविधिको प्रयोग अति न्यून छ । पछिल्लो दशकमा तराई, उपत्यका र पहाडका मैदानी भूभागका धान खेतहरु मासेर प्लटिंग गर्ने कार्यले निकै तिब्रता पाएको छ । पहिले धान फल्ने तराई र उपत्यकाका खेतहरूमा अचेल कंक्रिटका जंगलहरु ठडिएका छन् । प्राकृतिक प्रकोपको चपेटामा धान खेति हुने जमिन घट्ने तथा सिमाक्षेत्रमा बनाईएका भारतिय बाँधको कारणले दक्षिणी क्षेत्रका धान खेतहरु डुवानमा पर्ने क्रम बढ्दो छ । श्रम शक्तिको कमी र सिंचाईको असुविधाले गर्दा पहाडमा धान खेती गर्न छोडिएको छ । यी सबै कारणले नेपालमा धान उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन ।
वि..सं. २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ । नेपालमा खाने मुखहरू बढिरहेको बेलामा धान उत्पादन भने पाच वर्ष पहिलेकै अवस्थामा रहेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गरेको जिवनस्तर सर्वेक्षण अनुसार एकजना नेपालीले वार्षिक १२२ केजी खान्छन । हरेक दिन दुबै छाक चामलको भात खाँदा र अन्य सास्कृतिक कार्य गर्दा एकजना मानिसलाई एक वर्षमा करिब १४५ किलो चामल भए पुग्छ । विदेशमा गएकालाई छोडेर अहिले नेपालमा २ करोड ५० लाख मानिसले दुबैछाक भात खादा पनि करिब ३६ लाख मेट्रिक टन चामलले सबै नेपालीको भाते आवस्यकता पुरा हुन्छ , यो परिमाणको चामल नेपालमा उत्पादन हुने धानबाट सजिलै प्राप्त हुन्छ । यस हिसाबले हेर्दा धान उत्पादनमा नेपाल आत्मनिर्भर छ र खानको लागी चामल आयात गर्नु पर्दैन । तर असुरक्षित खाद्य भण्डारण र किरा तथा मुसाको कारणले ठुलो मात्रामा धान नष्ट हुने , तराईबाट भारत तर्फ धान विक्री हुने र जाँड रक्सि बनाउने जस्ता काममा चामलको प्रयोग हुने भएकोले देशमा सधै चामल अभाव हुने र विदेशबाट मगाउनु समेत परिरहेको छ । कृषि प्रधान देशमा खानकै लागि यतिधेरै चामल आयात गर्नुपर्ने अवस्था वास्तवमै लाजमदो कुरा हो ।
नेपालमा चामलको माग धेरै छ र आवस्यक उत्पादनको सम्भावना पनि प्रसस्त छ । तर धान उत्पादन, भण्डारण र चामलको प्रयोगमा उचित ध्यान दिन नसक्दा नेपालमा हरेक वर्ष चामल अभाव र चामल आयात बढिरहेको छ । चामल जस्तो सर्वप्रिय खाद्यान्नको उत्पादन घट्दै जानु र आयात बढ्दै जानुलाई आर्थिक र सामाजिक दृष्टिले राम्रो भन्न सकिन्न । नेपालको हावापानी र यहाको भूबनोट धान उत्पादनको लागि उपयुक्त भएकोले धान उत्पादनमा राज्य र जनस्तरबाट विशेष पहल हुनु पर्दछ । सबै भन्दा पहिले वस्ती विस्तारको नाममा धान खेत र ति खेतमा सिंचाई गर्ने कुलो मास्ने कार्यलाई तत्कालै रोक्नु पर्दछ । कृषि अनुसन्धान परिषदले माटोको अवस्था र पानीको उपलब्धतालाई विचार गरेर विकास गरेका उन्नत जातका धान रोप्ने कार्यलाई प्रोत्साहन दिनु पर्दछ । राज्यले किसानलाई सिंचाई, मलखाद र कृषि प्रविधिको प्रयोगमा सहयोग गर्नु पर्दछ । यी कार्यहरु गर्न सकियो भने नेपालमा धान उत्पादन बढाएर धानचामलको आयात प्रतिस्थापन गर्न अवश्यपनि सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?