ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

८० प्रतिशत अनुदानमा तिनाउका किसानलाई पाडापाडी

२८ जेष्ठ २०७८, शुक्रबार
२८ जेष्ठ २०७८, शुक्रबार

तिनाउ गाउँपालिकाका किसानलाई अनुदानमा भैँसीको पाडापाडी वितरण गरिएको छ ।

विपन्न किसानलाई आयआर्जनमा टेवा पुगोस् भनेर पशुपालनमा सहयोग गरिएको हो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत उनीहरूलाई पाडापाडी वितरण गरिएको हो ।

२ नम्बर वडाको मिलिजुली टोलविकास संस्थाका २० जना किसानलाई पाडा वितरण गरिएको छ । झ्याङ्ला र बगाहाका ३२ जना किसानलाई पाडी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । उनका अनुसार वडा नम्बर ५ का किसानलाई पनि पाडापाडी वितरण गर्ने तयारीे छ ।

८० प्रतिशत अनुदानमा पाडा र पाडी वितरण गरिएको उनले बताए। पाडा र पाडीलाई सरदर १६ हजार रुपैयाँमा खरिद गरिएको छ। उनका अनुसार बोलपत्र आह्वान गरेर नवलपरासीबाट खरिद गरेर गाउँपालिकाले पाडापाडी ल्याएको हो।

गाउँपालिकाको हरियाली गाउँ, सुकेतालका किसानलाई बाख्रा वितरण गरिएको छ । खुर्साने, बडहरे, माराबासमा बंगुर वितरण गरिएको वडा नम्बर २ का वडाध्यक्ष श्रेष्ठले बताए । वडा नम्बर ५ को मरामकोट पाताल, बिस्कुनडाँडा, भोक्तेछाप र कोलडाँडाका किसानलाई पनि पाडापाडी, बाख्रा र बंगुर वितरण गर्ने कार्यक्रम रहेको छ ।

यहाँका किसानले राँगा पालेर मनग्य आम्दानी गरेका छन् । उन्नत जातको बाल राँगाबाट सिजनअनुसार दैनिक २ हजार कमाउँदै आएका छन् । मासुका लागि राँगा बिक्री गर्दै आएका किसानले पनि राम्रो आम्दानी गरेको श्रेष्ठले बताए।

यहाँका अधिकांश नागरिक पशुपालन गर्दै आएका छन्। परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले बताए ।
उक्त गाउँपालिका वन जंगल क्षेत्र धेरै छ । पशुपालनको लागि यहाँ प्रशस्त घाँस र चरिचरण गर्ने ठाउँ रहेका उनले बताए । गाउँपालिकालाई मासु, दूध र तरकारीमा आत्मनिर्भर बनाउने गरी गाउँपालिकाले कार्यक्रम संचालन गरिरहेको घर्तीमगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?