ट्रेंडिंग:

>> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो

९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

बुटवल, ९ वैशाख ।

हाम्रा परम्परागत मूल्य, मान्यता, नैतिकता एवम् संस्कारको जरैसम्म पुगेर शिक्षा प्रदान गर्ने संस्कृत गुरुकुलहरु यतिबेला विद्यार्थीहरुले भरिभराउ देखिन थालेका छन् । यसै सन्दर्भमा नेपालकै सर्वाधिक चर्चित र व्यवस्थित मानिएको तनहँु जिल्लास्थित पवित्रस्थल देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा कक्षा–६ मा प्रवेशका लागि लिखित परीक्षा सम्पन्न भएको छ । जसमा लगभग २५० परीक्षार्थीमध्ये ६० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने गुरुकुलका लागि ३०जनामात्र विद्यार्थी आवश्यक रहेको गुरुकुलका प्राचार्य फणिन्द्रराज पौडेलले बताए ।

कतै विद्यार्थीहरुको खडेरी त कतै विद्यार्थीहरुको थेगिनसक्नुको चाप । नैतिकता र संस्कारको अभाव महसुस सबैतिर हुँदै जाँदा पछिल्लो समय गुरुकुलीय संस्कृत शिक्षाको पुनर्जागरण जस्तै भइरहेको छ । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन भइरहेको छ । उच्च शिक्षासम्मको संस्कृत शिक्षाको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले गरेको छ ।

संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ । संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय चितवन, पोखरा, रुपन्देही, कपिलवस्तु, झापा लगायत देशका विभिन्न जिल्लाहरूमा संस्कृत गुरुकुल आश्रमहरु सन्चालित छन् ।

हाम्रो पूर्वीय सभ्यताको जननी संस्कृत भाषालाई हामीबाट विस्थापित गराउन पश्चिमाहरु र तिनीहरुका भक्तहरुले ठूलो कसरत गरे । एक हदसम्म उनीहरु सफल पनि भए । आज पू्र्खाले नासोका रुपमा दिएको त्यो भव्य संस्कृति अनि सस्कृत भाषालाई इतिहासको विषयका रुपमा सीमित गराउने प्रयासलाई विफल पार्नको लागि यस्ता गुरुकुलहरु कोशेढुङ्गा सावित हुँदै गएका छन् ।

देवघाटको महेश सन्यास आश्रम समितिले श्री महेश सन्यास संस्कृत गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०५० सालमा स्वामी रामानन्द गीरिको नेतृत्वमा महेश सन्यास आश्रमको स्थापना भएको थियो भने २०५२ सालमा महेश सस्कृत गुरुकुल सन्चालन एवं अध्ययन अध्यापन हुँदै आएको थियो । वि.सं. २०५२ सालदेखि सञ्चालनमा आएको उक्त गुरुकुलमा २२५ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयका प्राचार्य फणिन्द्र पौडेलका अनुसार गुरुकुलले कक्षा ६ मा विद्यार्थी भर्ना लिई आचार्य तहसम्म अध्यापन गराउने उद्देश्यले गुरुकुल तथा विद्यापीठ सञ्चालनमा ल्याइएको हो प्राचार्य पौडेलले बताए । हाल गुरुकुलमा कक्षा ६ देखि आचार्य कक्षासम्म अध्यापन भइरहेको छ । गतवर्ष एसइई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये शतप्रतिशत विद्यार्थीहरु उतीर्ण भएको जानकारी महेश छात्र परिषद्का सस्थापक अध्यक्ष डा. उमेशप्रसाद घिमिरेले जानकारी दिए ।

तनहुको देवघाटस्थित गुरुकुलमा आवासीयरूपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ । गुरुकुलमा परम्परागततर्फ संस्कृत व्याकरण, ज्योतिष, कर्मकाण्ड, संस्कृत भाषा, न्याय तथा वेदान्त दर्शन विषय र आधुनिकतर्फ अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषय अध्यापन गराइँदै आएको जानकारी अध्यक्ष घिमिरेले दिए ।

महेश सन्याश गुरुकूलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी उपनिषद् घिमिरेले आफ्नो सानैदेखिको रुचि संस्कृत शिक्षा भएकै कारण संस्कृत शिक्षा अध्ययन गरेको बताए । संस्कृत शिक्षाले आफूलाई सन्तुष्टि प्रदान गरेको र आफ्नो अध्ययन पनि यसैमा अघि बढाउने भनाइ उनको छ । संस्कृत शिक्षाले बोलीमा स्पष्टता, उच्चारण गर्ने शैलीको विकास, शब्द चयनमा मिठास, उदार तथा आफ्नो माटोप्रतिको भक्तिको भावना प्रदान गरेको अनुभव आफूसँग भएको विद्यार्थी घिमिरेको भनाइ छ । गुरुकुलका शिक्षक सन्तोष गीरिका अनुसार विद्यार्थीले प्रत्येक दिन साझ– बिहान मन्दिरमा आरती समेत गर्ने गरेका छन् । समयानुकूलका शैक्षिक तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न संस्कृत शिक्षा फलदायी हुने भनाइ गीरिको छ ।

उक्त गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा छ । नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता सम्पन्न राष्ट्र भएकाले विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने विश्वास गीरिको रहेको छ । विद्याश्रम सरोकारवालाबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको र आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरूको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पु¥याउनका लागि यो शिक्षा फलदायी हुने उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np