ट्रेंडिंग:

>> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु

संघीय निजामती सेवा ऐन छिटो पारित गर्न माग

९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

बुटवल, ९ वेशाख ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती सेवा ऐन कर्मचारीको मनोवल उच्च पार्ने गरी छिटो छिटो भन्दा संसदबाट पारित गरी लागु गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीले ३४ औं स्थापना दिवस (बैशाख ७) को अवसरमा बुटवलमा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले संसदमा दर्ता भएको ऐनमा थुप्रै सकरात्मक विषयहरु हुँदाहुँदै पनि केही गलत प्रावधान राखी ल्याउन खोजिएकोले ती प्रावधानहरु संशोधन गरी पारित गराउन नेपाल निजामती कर्मचारी संगठन निरन्तर लागि रहेको बताए । उनले नेपालको निजामती सेवामा ट्रेड युनियन अधिकारका विषयमा अन्तक्र्रियात्मक विधिबाट प्रशिक्षण दिए ।

उनले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई सर्वस्वीकार्य हुने गरी उक्त ऐन संसदबाट पारित गरिनु पर्नेमा कुरामा जोड दिदै तहमा कार्यरत निजामती सेवा, स्वास्थ्य सेवा, संसद सेवा र साविकका स्थानीय सेवाका कर्मचारीहरुलाई संघीय निजामती सेवाको परिभाषा भित्र समेटी एकीकृत संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने धारणा राखे । कर्मचारीको सरुवा, पारदर्शी र रोजेको स्थानमा जान पाउने गरी हुनुपर्ने कोइरालाको भनाई छ । कर्मचारीको सेवा सुविधामा कटौती हुनै नसक्ने भन्दै उनले छलफल र सुझाव ग्रहण गरेर ऐन ल्याउन सरकार र संसदको राज्य व्यवस्था समितिलाई अनुरोध गरे ।

कार्यक्रममा संगठनकी उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख भवानी दाहालले नेतृत्व शैली र क्षमता विकास विषयमा प्रशिक्षण दिंदै संसदमा दर्ता भएको संघीय निजामती विधेयकमा रहेका ११ वटा सेवा समूहमा संसद सेवा र स्वास्थ्य सेवा थप गरी १३ सेवा समूह कायम गरेर छिटो छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्नु पर्नेमा जोड दिए । उनले रुपन्देही जिल्ला कार्यसमितिले उत्कृष्ट प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा रुपन्देही संगठनलाई धन्यवाद समेत दिएकी थिईन् ।

माक्सवादी दर्शन र नेपालको प्रशासन विषयमा प्रशिक्षण दिंदै नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका स्कुल विभाग उप प्रमुख दल बहादुर गुरुङ्गले माक्र्सवादी दर्शनले नेपालको प्रशासनमा सकरात्मक सन्देश प्रवाह गरेको कुरामा जोड दिएका थिए भने अर्का प्रशिक्षक राम बहादुर रावतले सकरात्मक सोंच शीर्षकमा प्रशिक्षण दिदै राज्य संचालन संयन्त्रको मुटुको रुपमा रहेको निजामती प्रशासनले सकरात्मक सोच राखी सेवा प्रवाह गर्ने हो देश विकास र मुस्कान सहितको सेवा प्रवाहमा उल्लेख्य योगदान पुग्ने उल्लेख गर्दै हाल निजामती सेवामा देखिएको खस्किदो कार्य क्षमतामा उत्कृष्णता सहितको पुनरागमन हुने बताएका थिए ।

संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले तालिम कार्यक्रममा रुपन्देहीमा कार्यरत संगठनका १५० जना सदस्यले प्रशिक्षण लिएको बताउँदै रुपन्देही संगठनको प्रशिक्षण सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रशिक्षक संगठन र पेशागत महासंघ नेपालका साथै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्र प्रदेश र जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुप्रति आभार व्यक्त गरे । तालिममा सहभागीहरुलाई आफुले सिकेको कुरा व्यवहारमा उत्तारी प्रशिक्षण उपलब्धि मुलक भएको आभाष दिलाउने गरी सेवा प्रवाहमा जुट्न उनले आग्रह गरेका थिए ।

कार्यक्रममा संगठनका लुम्विनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी, केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष ठानेश्वर बस्याल, सचिव जिवन पौडेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सरुवा भई अध्यागमन विभागमा जान लाग्नुभएका संगठनका केन्द्रीय सचिवालय सदस्य दीपक शर्मा पौडेललाई फेरी भेटौला कार्यक्रम गरी विदाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np