ट्रेंडिंग:

>> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल

एमाले पार्टीभित्र देखिए १३ वटा समस्या

९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

बुटवल,९ बैसाख । नेकपा एमालेले पार्टी निर्माणमा १३ वटा समस्या देखिएको स्वीकार गरेको छ । ललितपुरको गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको सांगठानिक प्रतिवेदनमा १३ समस्या रहेका उल्लेख गरेका थिए । ती समस्या समाधान गर्न पार्टीले २० बुँदे कार्ययोजना अघि सारेको छ ।

गत २०७८ सालमा सम्पन्न विधान महाधिवेशनबाट पारित सङ्गठनात्मक प्रस्तावले पार्टी निर्माणमा देखिएका समस्याहरूलाई सूत्रबद्ध गर्दै त्यसको समाधान गर्न निर्देशन दिएको थियो । तिनै समस्या समाधानका लागि एमालेले २० बुँदे कार्ययोजना अघि सारेको हो ।

एमालेले देखेका समस्यामा पार्टी नेता कार्यकर्ताहरूमा अध्ययन र प्रशिक्षणको कमी, पार्टी सदस्यताको मापदण्ड पालनमा समस्या, ठुला आकारका कमिटी सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन आयोजना र व्यवस्थापन, दक्षिणपन्थी अवसरवाद, सङ्गठनात्मक अराजकता र गुटबन्दीको अवस्था, गैर–भौगोलिक क्षेत्रका कामको संयोजनमा समस्या, पार्टी कार्यकर्ताको मूल्याङ्कन समस्या,पहिचानको मुद्दामा केन्द्रित हुने समस्या, दोहोरोपनाको समस्या, काठमाडौँ उपत्यकाको हकमा पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसंगठनको प्रभावकारी कार्यविभाजन अभाव र आदर्श र व्यवहारबिच भिन्नता रहेका छन् ।

यी समस्याबाट गुज्रिरहेको पार्टी संगठनात्मक कामलाई व्यवस्थित गर्न राष्ट्रिय महाधिवेशनले २० बुँदे कार्ययोजना अघि सारेको थियो । ती कार्ययोजनाअनुसार वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपता, राज्य संरचना सापेक्ष पार्टी संगठनको निर्माण, नीति र विधि निर्माणमा केन्द्रित महाधिवेशनको आयोजना, सकारात्मक सोच र व्यवहारको विकास रहेका छन् ।

त्यसैगरी विधिसम्मत पार्टी सञ्चालन, पार्टी सदस्यता विस्तार र गुणस्तरमा वृद्धि, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध वैचारिक सङ्घर्ष, आर्थिक सामाजिक विकासमा अगुवाइ गर्ने पार्टी निर्माण, जनसंगठनहरूबिच घनिष्ठ सम्बन्ध, पार्टी जिवनको सिर्जनात्मक प्रयोग, असल आचरण र जीवनशैलीको विकास, जनसम्बन्ध विस्तार र विकास, सामाजिक र सामुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित, समग्र प्रवासको काम व्यवस्थापन, संसदीय क्षेत्र,सरकार र पार्टी कामको संयोजन एमालेको कार्ययोजनामा समेटिएका छन् । यी कामहरू गरिरहेको दाबी गरेको एमालेले अनुशासन आयोगको रिपोर्टमा भने यस विपरीतका गतिविधि मौलाएको उल्लेख छ ।

केन्द्रीय अनुशासन आयोगको रिपोर्टमा केन्द्रीय नेताहरुकै कारणले पार्टीभित्र गुटगत गतिविधि बढेको र गुटको श्रोत नै केन्द्रीय नेता रहेको उल्लेख छ । प्रतिनिधि परिषद् बैठकमा आयोगका अध्यक्ष केशवप्रसाद बडालले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रीय नेताबाहेक प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेर गुटबन्दीलाई प्रश्रय दिएको उल्लेख छ ।
प्रदेश अधिवेशनमा नेताहरूले विचार प्रस्तुत गर्दा पार्टीको संस्थागत भावनाअनुरूप नै गरेको
तर, अधिवेशनका क्रममा प्रतिवेदनहरूमा साझा दृष्टिकोण हुँदाहुँदै पनि खासगरी नेतृत्व चयन गर्ने सवालमा अधिकांश प्रदेशहरूमा कतिपय केन्द्रीय नेताहरू समूहगत रूपमा विभाजित भएको देखिएको उल्लेख छ ।

पार्टी संगठनात्मक कामलाई व्यवस्थित पार्न महासचिव पोखरेलको प्रतिवेदनमा २० वटा कार्ययोजना अघि सारिए पनि जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जनआधारित कार्यकर्ता पार्टी निर्माणका ६ वटा समस्या पहिचान गरेका छन् । अध्यक्ष ओलीले पहिचान गरेका यी ६ वटा समस्याको समाधान गर्न प्रतिनिधि परिषद् बैठकमा सहभागीहरूको जवाफ मागिएको छ ।

जसमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन,चेन अफ कमाण्ड र कार्यकर्ताको मूल्याङ्कन,कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण,आर्थिक सामाजिक रूपान्तरण र जनचासो सम्बोधनको सवाल,निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण रहेका छन् । यिनै ६ वटा प्रश्नको प्रतिनिधिहरूले जवाफ दिएपछि बैठक आज आइतबार नै समापन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np