ट्रेंडिंग:

>> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

सिद्धबाबा सुरुङमार्गको काम धमाधम

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

बुटवल, २४ चैत । बुटवल–पाल्पा खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङ्ग मार्ग निर्माणले तिब्रता पाएको छ । निर्माण सुरुवाती चरणमा सुस्त गतीमा चलेको निर्माणकार्य पछिल्लो समय भने धमाधम काम भैरहेको छ । केही समय अन्योल जस्तै रहेको परियोजना पछिल्लो समय कामले केही गति लिएपछि भने परियोजना समयमा सकिने कुरामा केही आशा जगाएको हो । पाँच बर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको चाईना स्टेट कन्ट्रक्सन इन्जीनियरले कामलाई पछिल्लो समय तिब्रता दिएको स्थानीयले बताएका छन ।

२०७८ सालमा ठेक्का सम्झौता भएको भएपनि २ वर्ष निर्माण कम्पनीले खासै काम गरेको थिएन । नेपाल सरकारले निर्माण भैरहेका परियोजनाहरूमा अनुगमन तथा निरीक्षण गर्दै समयसिमाभित्र निर्माण कार्य सम्पन्न गर्न र बिभिन्न बहानामा कामलाई ढिलासुस्ती नगर्न निर्देशन समेत गर्दै आएको थियो । सरकारले समयमा निर्माण सम्पन्न गर्न सरकार सहयोगी हुने तर बिभिन्न बहानामा कामलाई ढीलासुस्ती गरे निर्माण कम्पनी तथा ठेकेदारलाई कारबाही समेत गर्ने बताएपछि सुरुङ्गमार्ग निर्माणले गती लिएको हो । बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा बारैमासे माथीबाट खस्ने पहिरो ढुंगाका कारण दुर्घटनाबाट ठूलो धनजनको क्षतिसमेत हँुदै आएको कारण सुरुङ्गमार्गको अबधारणा आएको हो । जोखीमयुक्त सडकलाई सुरक्षित बनाउन पाल्पाको सिद्धबाबा मन्दिरको कोखैबाट हेडबक्स सम्मको १ हजार १ सय २६ मिटर लामो सुरङ्ग मार्ग निर्माणको चरणमा रहेको निर्माण कम्पनीले सुरुङ्गमार्ग बाहेकको सडक कुल २ किलोमिटर ४ सय मिटर सिद्धबाबा मन्दिर देखि दक्षिण र हेडबक्सको उत्तरतर्फ बुटवल पाल्पा सडकलाई डबल लेन बनाउने माथीबाट आउने पहिरो ढुंगा रोक्न रक नेट रक सेड स्लोप पोेटेक्स लगाउने काम समेत सुरु भएको आयोजनाकी इन्जिनियर सबिता ज्ञवालीले बताईन ।

‘काम भैरहेको छ सुरुङ्गमार्गको मुख्य तर्फ ५७.४ मिटर सुरुङ्ग खनिसकेको र बाईपास १ को १५.६ मिटर बाईपास २ को ८.७ मिटर बाईपास ३ को ४.६ मिटर सुरुङ्ग खनिसकेको इन्जिनियर ज्ञवालीको भनाइ छ । ७ अर्ब ३४ करोड लगानीमा निर्माण कार्य सुरु भएको सिद्धबाबा सुरुङ्गमार्ग समयमा निर्माण पुरा भए सुरुङ्गमार्ग निमार्ण सँगैे सडक सुरक्षित हुने भारत चीन ब्यापारीक बिस्तार गर्न सहयोग पुग्ने बिश्वास गरिएको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?