ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

बुटवल उपमहानगरपालिकाः बडापत्रले बढाउँदै जनताको विश्वास

२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

बुटवल, २२ चैत । सेवाग्राहीलाई प्रदान गर्ने सेवा प्रवाहमा प्रभावकारीता अभिबृद्धिसँगै र सुशासनको प्रत्याभूति दिने प्रयास गरेको बुटवल उप–महानगरपालिकाले जनाएको छ । कार्यालयले प्रदान गर्ने सेवाबाट नागरिकलाई लाभान्वित गर्नका लागि सेवामा सरलता ल्याइएको उपमहानगरको दाबी छ । त्यसका लागि कानुन निर्माण गर्ने, ती कानुनको प्रभावकारी कार्यान्वयनका लागि नीति नियम, कार्यबिधि र निर्देशिका तयार गर्ने कार्य पनि भैरहेको उपमहानगरले बताएको छ ।

बनाईएका कतिपय नीतिनियमहरू कार्यान्वयन भैरहेका छन् भने कतिपय कार्यान्वयनको चरणमा गैसकेको उपमहानगरपालिका कार्यालयले जनाएको छ । सेवा प्रवाह र सुशासनका लागि यसअघि निर्माण भैसकेका कानुन, निति नियमलाई प्रभावकारी कार्यान्वयन गर्नु गराउनु नै मुख्य उद्देश्य रहेको नगर प्रमुख खेलराज पाण्डेको भनाई छ ।संबिधानतः स्थानिय सरकारका रूपमा स्थापित उपमहानगरलाई अझ व्यवस्थित बनाउने, प्रभावकारी बनाउने, आवधिक र दीर्घकालीन योजना तय गर्ने र तिनलाई कार्यान्वयन गर्न उपयुक्त कार्यक्रम बनाएर दिगो ब्यबस्थापनसहितको विकासको खाका पस्केको दावी समेत मेयर पाण्डेको छ ।

उपमहानगरले डिजिटल नगरका रूपमा पनि विभिन्न पारदर्शी काम गर्दै आएको छ । जस्का लागि ई–हाजिरीदेखि नागरिक वडापत्र ४ भाषामा बनाएर उदाहरणिय काम समेत गरेको पाण्डेको भनाई छ । नेपाली, नेवारी, थारु र मगर समुदायको बाहुल्यता रहेको नगरबासीको जनसंख्या र बसोवासको आधारमा सेवाग्राहीलाई कुनै पनि समस्या नहोस र सेवा प्रवाह छिटोछरितो रूपमा सम्पन्न होस् भन्ने हेतुले यसको थालनी गरेको प्रमुख पाण्डेले बताए । शुसासन प्रत्याभूतिका लागि कार्यालय छिरेपछि काम नसकिदासम्म कर्मचारी तथा जनप्रतिनिधिले सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउदै प्रमुख पाण्डेले भ्रष्टाचार नियन्त्रणमा आफुहरू दत्तचित्त भएर लागेको बताए ।

उपमहानगरले सार्वजनिक सरोकारका निर्णयहरूलाई प्रबिधिमैत्री बनाउदै वेभसाइट मार्फत सार्वजनिक गर्ने काम हुँदै आएको छ । सेवाग्राहीको सहायता कक्ष स्थापना गर्नेदेखि भुक्तानीका दस्तुर आदि लागि ई–पेमन्टको व्यवस्था गरिएको छ । सूचना अधिकारी तोक्ने, गुनासो सुन्ने अधिकारीको व्यवस्था गर्नेदेखि सार्वजनिक सूचना पाटीहरूलाई अद्यावधिक गर्ने गरिएको छ । निर्माण गरिएका सबै कानुन, कार्यविधिहरू वेभसाइटमा समेत राखेर पारदर्सितालाई ध्यान दिइएको बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवि अर्यालको भनाई छ । घरनक्सालाई व्यवस्थित गरि राजश्वसंकलनमा समेत वृद्धिगर्ने काम भैरहेको छ । उपप्रमुख अर्यालका अनुसार जनताले प्राप्त गर्ने सेवालाई जनमुखी, मितब्ययी, पारदर्शी, जवाफदेही र बिधि सम्मत बनाउनु नै सुशासन हो ।

नेपालको संविधान २०७२ ले निर्धारण गरेको संघिय संरचनामा स्थानीय सरकारलाई संघीय र प्रादेशिक कानूनसँग नबाझिने गरी २२ वटा क्षेत्रमा १ सय १६ कानून बनाउन र कार्यान्वयन गर्न अधिकार दिएको छ । बुटवल उपमहानगरपालिकाले शहरका सबै घर भवनहरूलाई व्यवस्थित गर्ने उद्देश्यले यसअघि नक्सा पासगर्न छुटेका घर नक्सालाई आवश्यक प्रकृया पुराई अभिलेखिकरणको प्रक्रियामा ल्याउने भएको छ । नक्सा पास गर्न वा सम्पन्नता प्राप्त गर्न छुटेका घरधनीहरूले आवश्यक दस्तुर तिरि अभिलेखिकरणमा सहभागि हुन पाउने ब्यबस्थाका लागि सुचना प्रकासित गरिएको उपमहानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालको भनाइ छ । बेलाबेलामा सार्वजनिक सुनुवाई गरेर जनताको गुनासो सुन्ने र सेवा प्रवाहमा सुधार ल्याउने काम पनि भैरहेको खनालको दावी छ ।

विद्यमान संरचना, सिमित स्रोत र संयन्त्रका आधारमा पनि नागरिकमा आशा जगाउने कामको सुरुआत उपमहानगरले गरेको छ । स्थानीय नेतृत्वको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको कुरालाई उप–महानगरपालिकाले पूरा बताउदै बुटवल उपमहानगरपालिकाले पछिल्लो समय जनतामा उत्पन्न निराशाबीच उपमहानगरले आशाको सञ्चार गरेको छ । आफ्नो अधिकारलाई स्थापित गर्ने सवालमा चासो देखाउनुका साथै बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधी र कर्मचारीको आचारसंहितामा कडाई गरेको छ । उपमहानगरले प्रभावकारी सेवा प्रवाह गर्ने र संरचनागत सुधार गर्दै सुशासशनको प्रत्याभूति दिलाउने गरी काम गरेको दाबी समेत गरिएको छ ।

नागरिक बडापत्रमा रहेका उल्लेख भएका कुराहरू लागुगर्ने र प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नै पूर्ण रूपमा सुशासन भएको बताउदै स्थानीय सरकारका रूपमा प्रभावकारी काम गर्नुका साथै न्यायीक समिति गठन गरि त्यसको कार्यविधि बनाएर व्यवस्थित इजलाशमार्फत १ सय बढी मुद्धाहरू फस्यौट भैसकेको उपप्रमुख अर्यालको भनाई छ ।१९ वटै वडामा मेलमिलापकर्ता मार्फत न्याय सम्पादनको काम पनि भइरहेको र ९५ प्रतिशत मुद्दाहरू मेलमिलाप मार्फत टुंगो लगाइएको छ । यो पनि सुशासनको महŒवपूर्ण अंगका रूपमा लिइएको अर्यालको दावी छ । संगठन संरचनाको निर्माण तथा ८ वटा महाशाखामा २९ शाखा रहने गरी ३ सय ६३ (स्वास्थ्य बाहेक) दरबन्दी स्विकृत गरी कार्यान्वयनमा ल्याईएको छ । वडा स्तरमा समेत राजस्व, पंजिका, व्यवसाय दर्ता, योजना सम्झौता तथा मूल्याङ्कन जस्ता सेवा प्रवाहहरू विद्युतिय प्रणाली मार्फत प्रदान गर्ने काम भएको छ । वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका कार्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली जडान गरी त्यसको कार्यान्वयन भईरहेको छ ।

न्यायीक समितिका संयोजक समेत रहेकी उपप्रमुख सावित्रीदेवी अर्यालले आफूहरू स्वयं फिल्डमा खटेर धेरै मुद्दाहरू फसर्याट गरेको बताउँछिन् । हामी कहा धेरै मुद्दाहरू घरपरिवारमा जग्गा विवाद, खोला नाली मिचेर घरटहरा निर्माण गरेको, सम्पत्तिमा विवाद जस्ता मुद्दाहरू बढी आउने गरेको अर्यालको भनाई छ । डिजिटल बुटवलको अवधारणा अन्र्तगत राजस्व तथा कर शुल्क विद्युतीय भुक्तानी प्रणाली मार्फत बुझाउन सकिने प्रबन्ध मिलाईएको उपप्रमुख अर्यालको भनाई छ । राजस्व संकलन तथा व्यवसाय दर्ताका कामहरू वडा कार्यालयहरूबाट समेत हुने व्यवस्था मिलाईएको छ । बुटवल ३ का लक्ष्मी मुडवरीले सामाजिक कामले आएको र सबैले राम्रो सुझाव दिएको बताईन । त्यस्तै बुटवल १२ नयाँगाउ निवासी अनिता आर्चायले घरनक्सा पास गर्न आउँदा सरल रुप्मा सेवा पाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?