ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत नलिने, राजीनामा दिने

२१ चैत्र २०८०, बुधबार
२१ चैत्र २०८०, बुधबार

सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन्। केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन्।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको बताए। अहिले दिउँसो ३ बजे कर्णाली प्रदेश सभाको बैठक बस्दैछ।

‘प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राजीनामा घोषणा गर्ने कि पहिले राजीनामा दिएर सम्बोधन गर्ने, उहाँलाई विकल्प दिएका छौँ’, मल्लले भने, ‘केन्द्रमा जुटेको सहमतिअनुसार अब पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व लिनेछ। त्यसपछिको बाँकी समय माओवादीले नेतृत्व गर्ने छ।’

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडान लिँदा मंगलबार दिनभर सहमति जुटेको थिएन। जसकारण उनले विश्वासको मत लिन भनेर डाकिएको प्रदेश सभा बैठक पनि बस्दै नबसी स्थगित गरेर बुधबार दिउँसोलाई तोकिएको थियो।

यसअघि सोमबार प्रचण्डले कर्णालीको मुख्यमन्त्री पद छाड्न पार्टीको प्रदेश कमिटीलाई निर्देशन दिएका थिए।

अध्यक्ष प्रचण्डले  सोमबार दिउँसो पार्टीका कर्णाली प्रदेश इन्चार्ज मल्ललाई टेलिफोन गरेर मुख्यमन्त्री पद एमालेलाई दिन भनेका थिए।

तर, त्यसअघि नै आइतबार मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने गरी प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?