ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार

९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

सुर्खेत, ९ वैशाख ।

मुख्यमन्त्री नियुक्त भएको दुई साता हुँदा सम्म पनि कर्णालीमा मन्त्रीपरिषद् विस्तारको काम हुन सकेको छैन । गएको चैत २७ गते मुख्यमन्त्रीमा यमलाल कँडेल नियुक्त भएका हुन् । तर, हालसम्म पनि अन्य मन्त्रालयहरू भने मन्त्रीविहीन भएका छन् ।

भागवण्डा नमिलेकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सत्तारुढ दलकै नेताहरु बताउँछन् । प्रदेशस्तरमै सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री कँडेल काठमाडौँसम्म पुगेका थिए ।

कर्णाली प्रदेशमा माओवादीले ‘अर्थ, सामाजिक, उद्योग र जलस्रोत तथा ऊर्जा गरी चारवटा मन्त्रालय माग गरेको छ । सामाजिक विकास मन्त्रालयमा दुवै दलको दावी हुँदा पनि कुरा मिल्न सकेको छैन । माओवादीले पनि उक्त मन्त्रालयमा दावी गरेको छ भने मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालय आफैसँग राख्न चाहेका छन् ।

एमालेका प्रमुख सचेतक टेक पछाई मुख्यमन्त्रीलाई काम गर्न सजिलोका लागि सामाजिक विकास मन्त्रालय एमालेलाई दिन आग्रह गरेको बताए  । उनले दुवै दलबीच सहमति भएमा छिटै नै मन्त्रीपरिषद् विस्तार हुने बताए । मन्त्रालय बाँडफाडको विषयमा कुरा मिल्न बाँकी रहेको उनको भनाई थियो ।

यता माओवादीका प्रमुख सचेतक रणसिंह परियार गठबन्धनलाई सहज बनाइ अघि बढ्ने कुरामा मुख्यमन्त्री अग्रसर हुनुपर्ने बताउँछन् । कर्णालीमा ८ वटा मन्त्रालय छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?