ट्रेंडिंग:

>> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु

‘चन्द्रौटामा कपडा बैंक’

४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), ४ फागुन । मेरुदण्डिय पक्षघात समूह नेपाल कपिलवस्तुद्वारा चन्द्रौटामा कपडा बैंक अभियानको सुरुवात गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिकामा आर्थिक अवस्था कमजोर रहेका विभिन्न किसिमका अपाङ्गता, मेरुदण्ड पक्षघात, असहाय, गरिब तथा विपन्न वर्ग भएका नागरिक (महिला, पुरुष र बालबालिका) का लागि कपडाहरू निःशुल्क वितरण गरिने समूहका अध्यक्ष खुमराज घिमिरेले जनाए ।

शिवराज नगरपालिका र कपिलवस्तु लगायत हरेका तहतप्कामा रहेका नागरिकहरूले यस अभियानलाई सफल बनाउन अध्यक्ष घिमिरेले अनुरोध गरेको बताए । विशेषगरी आर्थिक अवस्था कमजोर रहेका मेरुदण्डिय पक्षघात लगायत अन्य बिरामीलाई सहयोग गर्ने बताउँदै सबैको साथ सहयोग आवश्यक रहेको उनले जिकिर समेत गरे । “मेरुदण्डिय पक्षघातका बिरामी कपिलवस्तु लगायतको क्षेत्रमा दर्जनौँको संख्यमा रहेका छन्” ः उनले भने । “हामीले पुराना कपडा संकलन गरी आर्थिक अवस्था कमजोर रहेका, विपन्न गरीब, असहाय आम नागरिक कपडा निः शुःल्क रूपमा वितरण गर्नेछौँ, पुराना कपडालाई संकलन गरेर सफा सुग्घर बनाउने व्यवस्था मिलाएका छौँ ।”करिब ५ बर्षको लामो समयदेखि मेरुदण्डिय पक्षघातका बिरामी भएर संघर्ष गर्दै आएको दावी गरेको उनले जनाए ।

घिमिरे यतिबेला उमेरले ६४ बर्षका भएका छन् । उनी मेरुदण्डिय पक्षघात भएका एक बिरामी पनि हुन् । जिल्लाको शिवराज नगरपालिका–५, चन्दौटा घर भएको उनको २०१६ कार्तिक १० गते अर्घखाँचीमा जन्म भएको हो । अहिले खुमराज तराई झरेर करिब चार दशक बिताइसकेका छन् । २०३७ सालमा केहि बर्ष उनले भारतीय आर्मीमा जागिरको अनुभवसमेत लिए । सानै उमेरदेखि उनी आफूलाई कहीँकतै बेस्त राख्न रुचाउथेँ । उनको बाल्यकालदेखि करिब ६ दशक राम्रै बित्दै थियो ।

२०७६ असोज २१ गते उनी सहित घरका ५ जना परिवार यात्राका क्रममा थिए । यात्राकै क्रममा पाल्पामा अचानक सवारी दुर्घटना भयो । दुर्घटनामा खुमराज र उनकी श्रीमतिलाई गम्भिर चोट लागेको थियो भने छोरा, छोरी र ज्वाईलाई भने केहि मात्रमा चोटफटक लागेको थियो । कारमा सवार रहेका परिवार मध्ये कसैलाई होस ह्वास भने थिएन । दुर्घटनापछि उनीहरूलाई स्थानिय नागरिकसहित प्रहरीको सहायतामा पाल्पाको स्थानिय अस्पतालमा भर्न गरिएको थिए । उपचारको क्रममा त्यहाँबाट बुटवल रिफर गरिएका थियो । बुटवलमा उपचार पश्चात् खुमराजकी छोरीलाई कुराकानी गर्ने सहज भयो ।

उनले घरमा दाजुभाई लाई फोन सम्पर्क गरेर घटनाबारे जानकारी गराएकी थिइन् । त्यतिबेला सम्म खुमराज र उनकी श्रीमतिलाई काठमाण्डौँका लागि रिफर गरिएको थियो । काठमाण्डौँको नर्वे अस्पतालमा उनीसहित श्रीमति र छोराको अपरेशन सपmल भयो । शहरका नर्वे, साँगा लगायतको अस्पतालमा लगभग २ महिनाको औषधी उपचारको क्रममा करिब ८० लाख रूपैया खर्च भएको थियो । अलि सञ्चो भएपछि अस्पतालबाट उनीहरू घर फर्किए । घरमा बस्दा समेत उनलाई छटपटि हुन्थ्यो । खुमराज समाजसँग नजिक भएर काम गर्दै आएका छन् । उनले समाजमा गरेका योगदान अतुलनीय रहेका छ । उनी विना कसैको सहारा हिँड डुल गर्न सक्ने अवस्था छैन् । हिँड डुल मात्र होइन शौच गर्न समेत अरूको सहारा लिनुपर्ने बाध्यता छ । खुमराज उनी मात्रै नभएर उनकी श्रीमति समेत मेरुदण्डिय पक्षघात ग्रसित रहेकी छन् । घरमा २÷२ बिरामी रहिँ रहँदा कसको मन खुसी होला र ? आफू कहिल्यै सन्चो नहुने भएपछि कसलाई पो बाँच्ने आश लाग्छ ? घरमा बस्दै गर्दा यस्तै यस्तै अनेक प्रश्नहरू उनको मनमा खेलिरहेको हुन्थ्यो । २०७८ सालमा उनलाई काठमाण्डौको एक मेरुदण्डीय पक्षघात जस्ता घाटक बिरामीहरूलाई क्षमता अभिवृद्घि तालिममा सहभागी हुने अवसर मिल्यो । र त अहिले आफूले लिएका अनुभव सयौँमाझ शेयर गर्दै सचेतना जनाएर संगठन विस्तार गर्दै आएका छन् । खुमराजका जीवन कथाले अरूले समेत पाठ सिक्न जरुरी रहेको देखिन्छ । मेरुदण्डीय पक्षघात समूह नेपाल, कपिलवस्तका अनुसार कपिलवस्तुमा मेरुदण्डिय पक्षघात पहिचान भएका मात्रै ७३ जना बिरामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np