ट्रेंडिंग:

>> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु

बाख्रापालनमा रमाउँदै शितगंगाका किसान

११ माघ २०८०, बिहीबार
११ माघ २०८०, बिहीबार

अर्घाखाँची, ११ माघ । देशबाहिर रोजगारमा रहेका शितगंगा १३ सिमलपानीका विष्णुप्रसाद न्यौपाने भारतबाट फर्केर गाउँमा नमुना कृषि तथा पशुपंक्षीपालन फर्म सञ्चालन गरेका छन् । उनको फर्ममा करिब १५० बाख्रा छन् । वार्षिक १०/१२ लाख रूपैँयाँ आम्दानी गर्ने गरेको छु, ४ जनालाई रोजगार पनि दिएको छु, उत्पादन राम्रो छ, नगरपालिकाले पनि साथ दिएको छ, न्यौपानेले भने ।

शितगंगा नगरपालिका वडा नं. ६ जुकेनाका लक्ष्मण ओली पेशाले शिक्षकभएपनि अध्यापनसँगै व्यवसायिक कृषक बनेका छन् । बजारमा सहजै मासुको खपत हुन थालेपछि कृषकहरू उत्साहित छन् । शिक्षाशास्त्र संकायबाट स्नाकोत्तर उत्तिर्ण ओली भन्छन् ‘१२४ बाख्रापालन गरेको छु, १ वर्षमा २१ लाखको बोका, पाठी विक्री गछौँ, सम्पुर्ण खर्च कटाएर ७ लाख आम्दानी हुन्छ ।’ उनको फर्ममा ४ जना कर्मचारी पनि छन् ।

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष पनि करिब एक करोड रूपैयाँ अनुदान वितरण गर्ने भएको छ । किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द होस् भनेर अनुदान वितरण गर्न लागेको नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताउँछन् । आफूले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान पाउने भएपछि किसान खुशी भएका छन् ।

किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रूपैयाँ, मासुमा प्रतिकिलो ५० रूपैयाँ अनुदान दिने नगरपालिकाका मेयर पौडेलले बताए । यस्तै तरकारी, केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, एभोकाडो, कफी, किबी लगायतका बिरुवामा प्रतिबिरुवा एक सय रूपैयाँ अनुदान दिने गरको छ ।

उत्पादनमा आधारित अनुदानका लागि एक करोड ३० लाख रूपैयाँ बराबरको सिफारिस नगरपालिकामा आएको छ। नगरपालिकाले कृषि सहकारीको र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्ने गर्दछ । अघिल्ला वर्षहरूमा सहकारीमार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस गरेको भन्दै विरोध भएपछि अहिले नगरपालिकाले किसानको खातामा रकम जम्मा गरिदिने भएको छ ।
अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन पनि सुरु गरेको छ । अनुगमनका क्रममा सहकारीले सिफारिस गरेका किसानको उत्पादन विवरणअनुसार नभएको पाइएको अनुगमनमा सहभागी नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताए ।

जताजतै जंगलको क्षेत्रफल भएका कारण पनि शितगंगा बाख्रापालनका उपयुक्त छ । शितगंगा पशुपालनसँगै कुखुरापालन र तरकारी खेतीका लागी पनि उपयुक्त छ । भुगोलका आधारमा सबैभन्दा क्षेत्रफल रहेको शितगंगा तराईका जिल्लासँग सिमाना जोडिएका कारण पनि उत्पादन भएको सामग्री विक्री वितरण गर्नमा सहजता छ । उपयुक्त चरन क्षेत्र, बाख्रापालनका लागी उपयुक्त वातावरण र विक्रीका लागि बजारको सहजताका कारण पनि कृषकहरू बाख्रापालनमा आकर्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np