ट्रेंडिंग:

>> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु

कृषि फार्ममै ‘प्रेम रेष्टुरेन्ट’

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

बुटवल, १० माघ । रूपन्देही जिल्लाको शान्ति समितिमा १२ बर्ष भन्दा बढि जिल्ला सचिवको रूपमा काम गरे । त्यो संगै उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लाको महराजगञ्ज गाउँपालिकामा ढाई बर्ष सरकारी जागिरेका रूपमा काम गरे । यसरी सरकारी जागिरेको रूपमा करारमा काम गरेका उनले ती सबै काम चटक्कै छाडेर अहिले कृषि फार्ममा लागेका छन् ।

सैनामैना नगरपालिका वडा नम्बर ११ तालि (सालझण्डी) मा प्रेम ज्ञवाली ‘कृतिका कृषि केन्द्र’ नामको फार्म चलाइरहेका छन् । फार्ममा उनले माछा पोखरी, फलफूल खेती गरेका छन् । २०७६ सालबाट उनले २१ कठ्ठा आफ्नै जग्गामा माछा पोखरी निर्माण गरेका हुन् । कुल क्षेत्रफल ३० कठ्ठा रहेको छ । अन्यमा उनले फलफूल खेती गरेका छन् । अम्बा, कागती, केरा, कुरिलो, लगायत केही नमुनाको रूपमा उनले स्याउका विरुवा समेत रोपेका छन् ।

उनी व्यवसायीमा अहिले पूर्णकालिन कृषकको रूपमा रहेका छन् । कृषि फार्म चलाईरहँदा उनले जिउदो माछा लाई विचौलीया व्यापारी मार्फत बिक्री गर्दा किलोमा नै १२० रूपैयाँ देखि २ सय ४० रूपैयाँ सम्ममा बजार मूल्य भन्दा कममा माछा बिक्री गर्न बाध्य थिए । यसरी केरा खेती गरेका उनलाई विचौलीया व्यवसायीले पनि यसरी नै डुबाए । उनी स्मरण गर्छन–‘दशैको बेला पहिला सम्झौता गरेको भन्दा ५० रूपैयाँ कममा केरा मागे, पछि अब हुँदैन, आफै बजारीकरण गर्न पर्छ भनेर लागेको छु । ’

यसरी बिचौलीयाबाट बिच्कीएका किसान ज्ञवालीले अहिले फार्मलाई नै जिउँदो माछा बिक्री स्थलको रूपमा विकास गरेका छन् । सोही स्थानमा उनले एग्रो रेष्टुरेन्ट समेत स्थापना गरेका हुन । अहिले माछा फार्मममा आउने जो कोही ग्राहकले जिउदो माछा आँखै अगाडि जाल हानेर निकालेर जोखेर लैजान पाउछन् । ताजा माछा उनले बिक्री गर्दै आएका हुन । माछाका परिकारमा माछाको मःम, सेकुवा, सुकुटी लगायतका माछाका अन्य परिकारहरू पाइन्छ । खासगरी माछाका पारिखीहरूको साथै फार्ममा नै उत्पादन भएको केराको परिकारलाई समेत उनले निर्माण गरेर बिक्री गर्ने योजना समेत बनाएका छन् । केराको मःम, केराको पकैडा, चिप्स लगायतका परिकार बनाउनको लागि २ जनालाई रोजगारी समेत दिएको उनको भनाइ रहेको छ ।

हालसम्म कुल ८७ लाख भन्दा बढि लगानी गरिएको बताउने ज्ञवालीले गत बर्ष माछा मात्रै करिव ढाई लाखको विक्रि गरेका थिए । व्यवसायी मार्फत विक्री गर्न भन्दा आफै विक्रि गर्दा राम्रो मुल्य पाएको अनुभव समेत उनको रहेको छ । बाहिर पनि विक्री गर्ने आफै पनि विक्री गर्ने गरी प्रारम्भीक चरणमा उनले फार्मको योजना बनाएका छन् ।

माछा फार्मसंगै उनले निर्माण गरेको जिउँदो माछा बिक्री स्टलको लागि जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान समेत दिएको छ । जिउँदो माछा बिक्री स्टल निर्माण शिर्षकमा उनलाई ४ लाख कार्यक्रममा २ लाख बजेट अनुदानको रूपमा भेटेरिनरी अस्पतालले प्रदान गरेको हो । जसमा उनले माछाकै आकृतिको जिउँदो माछा बिक्री गर्ने स्टल निर्माण गरेका छन् ।

भेटेरिनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देहीका प्रमुख दिपक भुषालले किसानले गर्दै आएको मेहिनेत जिउँदो माछाको विक्र सहजताको लागि आफूहरूले अनुदान सहयोग गरिएको जानकारी दिए । जसबाट किसानले सिधै व्यवसायीलाई बिक्री गर्नु भन्दा फार्मबाट प्रत्यक्ष उपभोक्तालाई बिक्री गर्दा किसानलाई बढि नाफा हुने अपेक्षा समेत गरिएको प्रमुख भुषालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np