ट्रेंडिंग:

>> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु

तीर्खा मेटाउने परियोजनालाई छैन बजेट

१० भाद्र २०८०, आईतवार
१० भाद्र २०८०, आईतवार

दाङ, १० भदौ । पन्चायतकालीन बेलामा दाङको कोईलाबास बजारमा चहलपहल थियो । त्यो बेलामा साविक राप्तीसँगै छिमेकी जिल्लाहरूबाट नुनदेखि सुन किन्ने थलो यही थियो । आर्थिक क्रियाकलापको केन्द्र बनेको यो ठाउँमा मानिसको बढ्दो उपस्थिति हुँदै जाँदा खानेपानीको व्यवस्था हुनुपर्छ भनेर प्रयासको थालनी भयो । गढवा गाउँपालिका वडा नम्बर ८ कोईलाबासलाई करिब ३० को दशकबाट स्थानीयलाई पानी खुवाउने प्रयास गर्दागर्दै ८० को दशकमा आईपुग्दा पनि सफल हुन सकेको छैन । ५० वर्षसम्ममा खानेपानी आयोजनाका नाममा यहाँ थुप्रै पैसा लगानी भईसक्यो । काम भने हुन सकेको छैन ।

डिप बोरिङ खन्नेदेखि थुप्रै प्रयास नभएका होईनन् तर यसले पूर्णता पाउन सकेको छैन । जसका कारण कोईलाबास काकाकुल छ । यो पटक त खडेरीमा खानेपानी नभएपछि दमकलबाट पु¥याउने काम पनि गरियो । घोराही १० को अर्घु–लम्डरुवा–ठाँटीगाउँ खानेपानी आयोजनाको अवस्था पनि उस्तै छ । करिब ४ करोड बढीको आयोजना २०७६÷०७७ बाट शुरु भयो । अहिलेसम्म यो आयोजनाको ओभर हेड टंकीको छाना हालियो अरू सबै काम बाँकी छ । बजेट अभावमा आयोजनाको काम अस्तव्यस्त बनेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार, बंगलाचुली गाउँपालिका वडा नम्बर ६ गन्दले घेने खानेपानी ३ करोड बढीको ४ वटा लिफ्टमा पानी पु¥याउने गरी २०७५ सालबाट काम थालनी भयो ।

यसको लगानी जुन रूपमा गरिएको छ । त्यो अनुसार काम हुन सकेको छैन । आयोजना करोडको छ तर बजेट लाखमा आउने काम हुँदा पाँच वर्षसम्म पनि काम अघि बढ्न सकेको छैन । मुर्कुटीमा पनि बंगलाचुली खानेपानी आयोजनाका लागि लामो समयदेखि प्रयास भएपनि यसले पूर्णता पाउन सकेको छैन । बंगलाचुली ५ कै झाँक्री रहदेखि जहरे–जुँगेपानीदेखि भाँडा खानेपानी आयोजनाको हालत पनि उस्तै छ ।
सयौँ जनतालाई पानी खुवाउने गरी ल्याईएको करीव ५ करोडको आयोजनाको काम लामो समय बितिसक्दा पनि अलपत्र अवस्थामा छ ।
पहिलो चरण अन्तरगत पहिलो टंकीको ईन्टेक बनेको छ । एक स्किमको काम अघि बढेको छ तर ३ स्किमको सबै काम बाँकी छ । खानेपानी घरमै आउने भयो भनेर हर्षित भएका यहाँका स्थानीय निराश छन् ।

नेताहरूले स्थानीय जनतासँग गरेका वाचा पूरा गर्न हचुवाका भरमा धेरै जसो टुक्रे आयोजना पार्ने तर बजेट सुनिश्चितता गर्न नसक्दा धेरै जसो आयोजना अलपत्र पर्ने गरेका छन् । विगतका आयोजनाको काम सम्पन्न नहुँदै गोजीबाट फेरी नयाँ ठाउँमा आयोजना थप्ने परिपाटीले समस्या थप्दै लगेको खानेपानी डिभिजन कार्यालयको भनाई छ । यो समस्या वर्षेनी बढ्दै गएको कार्यालयको प्रगति विवरणले पनि देखाउने गरेको छ ।
जिल्लाका बजेट अभावमा वर्षोदेखिका खानेपानी आयोजना अलपत्र अवस्थामा परेका प्रसस्त उदाहरण छन् । आर्थिक वर्ष २०७९–०८० मा जिल्लामा ३ सय २० वटा खानेपानी आयोजना कार्यान्वयनमा रहेका थिए । तर, प्रयाप्त बजेट जिल्लाका अधिकांश खानेपानी योजनाहरूको काम पूरा हुन सकेको छैन ।

कतिपय आयोजना एक दशक अघिदेखि सुरु भएपनि योजनाहरू सम्पन्न गर्नका लागि पर्याप्त बजेट नहुँदा धेरै योजनाहरू निर्माणाधीन अवस्थामा छन् । धेरै जसो अलपत्रमा परेका छन् । जसले गर्दा कतिपय योजनाहरू भत्कने अवस्थामा समेत पुगेका छन् । जिल्लामा यो पटक करिव चार सय बढी खानेपानी आयोजनाहरू रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जनाएको छ । पुराना आयोजनाको काम नसक्दै नयाँ आयोजना थप्ने परिपाटीले अझ समस्या थप्दै लगेको छ । निर्माणाधिन अवस्थामा केही आयोजना रहेको सूचना अधिकारी तथा इन्जिनियर बसन्तकुमार दुलालले जानकारी दिए । उनका अनुसार ती आयोजनाहरू मध्ये ५३ वटाको ८० प्रतिशत, ३७ वटाको ५० देखि ८० प्रतिशत र ७६ वटा योजनाहरूको करिव ५० प्रतिशत काम भएका छन् ।
तर, धेरै आयोजनामा बजेट अभाव, योजनामा डुब्लिकेशन र कतिपय योजनाहरू पार्ने तर ठाउँ नै पत्ता नलाग्दा १ सय १९ योजनाहरूको काम नै सुरु हुन नसकेको सूचना अधिकारी दुलालले बताए । ‘आयोजना करोडका हुन्छन् तर बजेट किस्ताबन्दीमा त्यो पनि लाखमा आउँछ । बजेट अभावका कारण धेरै योजनाहरू सुरु नै हुन सकेका छैनन्, त्यसमध्ये कतिपय योजनाका लागि कागजमा आएपनि कुन ठाउँमा काम गर्ने भन्ने पत्तै लाग्दैनन्, यसले पनि समस्या थपेको छ’ उनले भने ।

आर्थिक वर्ष २०७९–०८० मा जिल्लामा संघीय सरकार अन्तरगतका १ सय ८ वटा र प्र्रदेश सरकारअन्तर्गत २ सय १२ वटा खानेपानी योजनाहरू रहेका छन् । जसमध्ये प्रदेशका १ सय १९ वटा आयोजनाको काम नै भएको छैन ।
प्रदेश अन्तर्गत सघन खानेपानी विकास कार्यक्रम अन्तर्गत २ सय ३१ वटा, खानेपानी आयोजना मर्मत सुधार तथा बिस्तार कार्यक्रम अन्तर्गत ५ वटा, सरसफाई तथा ढल व्यवस्थापन कार्यक्रम ४ वटा, खानेपानी आयोजना गुणस्तर अभिवृद्धि तथा श्रोत संरक्षण कार्यक्रममा ३ वटा, जलवायु अनुकुलित वृहत खानेपानी आयोजनामा २४ वटा, खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रम अन्तरगत १ वटा र तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तरगत ५२ वटा खानेपानी योजनाहरू रहेका छन् । जसमा १ सय ६६ वटा आयोजनाको काम प्रकृयामा रहेका छन् ।
यसैबीच, आर्थिक वर्ष २०७९–०८० मा जिल्लामा २८ वटा खानेपानी योजनाहरू सम्पन्न भएका छन् । जिल्लाका विभिन्न स्थानमा २८ वटा योजनाहरू सम्पन्न हुँदा ९० हजार जनसंख्या लाभान्वित भएका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर दुलालले जानकारी दिए । पाँच हजार रूपैयाँका ४७ वटा खानेपानी आयोजना
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङमा यो पटक करीव ४ सय आयोजना परेकोमा पाँच हजार रूपैयाँका ४७ वटा खानेपानी आयोजना रहेका छन् । जसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान–खोली गाउँ, नागेश्वर मन्दिर लगायत ६ वटा खानेपानी आयोजनाका नाम सरकारले यो पटक २५ हजार बजेट विनियोजन गरेको छ ।

घोराही १४ को गोर्खा टोल, नापी डाँडा, दिपज्योति, काभ्रेखोला लगायत पाँच वटा आयोजनाका लागि पनि २५ हजार बजेट आएको छ । यस प्रकारका ४७ बढी आयोजना नेताले जनता झुक्याउने गरी नाम मात्रको बजेट राखेर आयोजना पारेको पाईएको छ । घोराहीमा १२ वटा, बंगलाचुली र गढवामा ११–११ वटा, लमहीमा ७ वटा, तुलसीपुर, बबई र शान्तिनगरमा समान २–२ वटा खानेपानी आयोजना ५–५ हजारका परेका छन् ।

पाँच हजारका आयोजनामा के काम हुने हो भन्ने नै निक्र्यौल गर्न गाह्रो भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । चाहिएको ठाउँमा बजेट पर्दैन, अनावश्यक आयोजना थपेर कामको बोझ दिने अनि काम पनि पूरा हुन नसक्ने गरी बजेट विनियोजनले धेरै काम भद्रगोल हुने अवस्थामा पुगेका छन् । जसले गर्दा वर्षौदेखि खानेपानीको पर्खाइमा रहेका नागरिकको आशा कमजोर बन्ने गरेको छ । प्रदेश सरकारले करीव ४ सय खानेपानी आयोजनाका लागि ३९ करोड २० लाख ५४ हजार बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np