ट्रेंडिंग:

>> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु

बन्दरगाह मार्गको सडकले बजार चिटिक्क

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

नवलपरासी (बुटवलटुडे) ९ भदौ। जिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लैनको बनाउने कार्य सम्पन्न हुदा बजार चिटिक्क बनेको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो ।

अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको छ । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोक देखी मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाँकी आधा रावणखण्डा खोला देखि मन्झरियाको भाग शुरु भएको छैन् । पुलको काम पनि बाँकी नै रहेको छ, उनले थपे,तर जे जति काम भए पनि सम्पन्न भएका छन् । हुलाकी जस्तो अधुरो छैन ।

भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही थिए । रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम बेलामै सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको थिए । बजेट अभावले अहिले आधा सडक बनाउन बाकी छ, उनले थपे,त्यसका लागि पनि पहल भई रहेको छ । तर बनेको जति पुर्ण काम भएको छ । सडकमा आवत जावतलाई कुनै अवरोध भएको छैनर । थोरै भए पनि काम सम्पन्न हुदा बजारको सौन्दर्यीकरण भएको छ । सडक चिटिक्क देखिएको छ ।

अहिले सडकको स्तरोन्नतीसँगै ढल निकास समेत बन्ने छ । सडक र ढलनिर्माण पछि जलनिकास समेत हुने भएकोले यस क्षेत्रका बासिन्दा उत्साही छन् । डिभाईडर सहितको ६ लैनको सडक,ढल,फुटपाथ,र्यालिगँ सहितको ११ सय मिटर सडक निर्माण हुनेछ । सडकको बिचबाट ५०/५० फिट गरि कुल १०० फिट चौडाईमा सबै ब्यवस्थित हुने गरि अयोजनाले काम गर्नेछ । १० करोडको लागतमा ति सडक,ढलको पुर्वाधार बन्ने भए पनि पुरा बजेट नआउँदा आधा काम मात्रै भएको छ । सडकको ठेक्का समिर कन्ट्रक्सनले लिएको र २३ प्रतिसत घटेर ठेक्का भएको थियो । बचेको उक्त रकम पनि यसै क्षेत्रमा लगानी हुने भएकोले थप काम पनि भएका छन् । जुन बाईपास चोक देखी झरहीपुलसम्मको काम भई हरेको छ । सडकसँगै तत्कालिन जिविसले निर्माण गरेको रामखण्डा खोलाको पुल भत्काएर पुनःनिर्माणका लागि छुट्टै ५ करोडको लागतमा बन्ने योजना थियो । तर अहिलेसम्म पुलको काम भन्ने शुरु हुन सकेको छैन् ।

त्यसका लागि टेण्डर प्रकृयामा लैजान पहल भई रहेको मेयर यादवले जनाए । छिट्टै पुलको टेण्डर प्रकृया सकाएर पुलको पनि संगै काम हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए । बन्दरगाह मार्गको भाग भए पनि यहिँबाट महेशपुर सिमानाका,रामग्राम स्तुपा,त्रिवेणीधाम,अनोमाघाट धाम जाने सडकको भाग पनि यहि हो । सडक स्तरोन्नतीले घोडपाली,ड्राईभरटोल, जितपुरको सुन्दरटोल अन्तरगतको बस्तिको पनि जलनिकास यसै सडकमा जोडिने भएको हुदा त्यसको पनि पानीको निकास यसै ढलमा जोडिने छ । ढल निकासको उचित ब्यवस्थापन गर्न सकिए मात्र बजार सुन्दर देखिने मान्यतालाई आधार बनाएर आफूले पहिलो प्राथमिकतामा राखेर सडक डिभिजनसँग पहल गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np