ट्रेंडिंग:

>> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश

स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

काठमाडौँ, ४ भदौ ।

बैंकहरू ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले नियन्त्रण गर्ने तयारी गरेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार बैंकहरूलाई स्थानीय तहमा जाने ६० प्रतिशत रकम बैंकहरूले निक्षेपमा गणना गर्न पाउँने व्यवस्था गर्ने निर्णय अर्थमन्त्रीले गरेका छन् ।

सरकारले गत असार मसान्तसम्म ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएको थियो । तर, चालू आर्थिक वर्ष (२०८०-०८१) मा यो व्यवस्था हटाइएको थियो । जसका कारण बैंकहरूमा भएको स्थानीय तहको रकम नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ ।

बैंकरहरूले भने सय प्रतिशत रकम नै निक्षेपमा गणना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । बैंकहरूले सो रकम निक्षेपमा गणना गर्न पाउँदा सोही रकमलाई समेत आधार मानेर ऋण प्रवाह गर्न पाउँछन् । यसले बैंकको सिडि रेसियो (कर्जा निक्षेप अनुपात० मा पर्ने चाप कम गर्न मद्दत गर्छ ।

बैंकहरूले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने भएपछि अन्य निक्षेप आकर्षित गर्न बैंकहरू ब्याजदर वृद्धिमा उत्रिएका थिए । यसैबीच अर्थमन्त्रीले केही दिनअघि मात्रै सरकारी तीनवटै बैंकका सीईओ र अध्यक्षलाई बोलाएर ब्याजदर किन वृद्धि गरिएको हो भन्दै स्पष्टीकरणसमेत सोधेका थिए । उनीहरूले निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको बताएका थिए ।

यद्यपि कर्जाको ब्याजदर भने नबढाउने वाचा तीन वटै बैंकका प्रतिनिधिले अर्थमन्त्रीसमक्ष गरेका थिए ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सरकारको यो निर्णयले सबैभन्दा बढी सरकारी बैंकलाइ नै फाइदा पुग्ने बताउँछन् ।

उनी भन्छन्, ‘सरकारी तीनवटा बैंकमा नै स्थानीय तहको धेरै रकम छ, उनीहरूलाई नै फाइदा हुन्छ । अरु बैंकलाई खासै असर गर्दैन । ’

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिएर कर्जाको ब्याजदर कम गर्ने सरकारको प्रयास भएपनि अन्य बैंकहरुले ब्याजदर घटाउँछन्र/घटाउँदैनन् त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?