ट्रेंडिंग:

>> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश

फराकिलो मतान्तर सहित टंक धामी संघको अध्यक्ष निर्वाचित

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

न्युज बुटवल टुडे
बाँके ४ भदौ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंक बहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उम्मेदवार धामी साझा प्रजातान्त्रिकका ललित रौनियारलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए ।

धामीले मत २ हजार ४ सय ५६ मत ल्याए भने रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे । धामीले संघको इतिहासमा फराकिलो मतान्तरले बिजय हुने रेकर्ड कायम गरेका छन् । अध्यक्ष सहित अन्य अधिकांश पदमा समावेशी प्यानलकै उम्मेदवार निर्वाचित भए । उद्योग उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवी ओली,वाणिज्यमा हरिलाल न्यौपाने,महिला उपाध्यक्षमा मन्दिरा पाण्डे,महासचिवमा भिम रानाभाट, उपमहासचिवमा प्रजातान्त्रिक प्यानलका टेकबहादुर खड्का र कोषाध्यक्षमा उक्त प्यानलका मख्खन धामी निर्वाचित भए । महासचिवमा झिनो मतान्तरले रानाभाट बिजय भएका थिए भने अर्का प्रतिस्पर्धी टंक शर्मा पक्षले मतपरिणामप्रति असहमति प्रकट गरेको थियो ।

सदस्य पदमा पनि समावेशी प्यानलमा धेरै सदस्य निर्वाचित भए । समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समुहका तीन जना विजयी भएका छन् ।
१० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।

विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस–एकीकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समुहका उम्मेदवार हुन् । विष्णु श्रेष्ठ, डम्वरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।

सदस्यहरु तर्फको प्रतिस्पर्धामा विष्णु श्रेष्ठले सर्वाधिक एक हजार नौ सय ८० मत प्राप्त गरेका छन् । एक हजार आठ सय ८८ मत सहित डम्बरबहादुर चन्द दोस्रो, एक हजार आठ सय २० मतसहित तेस्रो, शिवप्रसाद एक हजार आठ सय ५ मत सहित चौथो, एक हजार सात सय २२ मतसहित तोमबहादुर पाँचौं स्थानमा छन् ।

यसैगरी एक हजार सात सय १ मतसहित सुदन केसी छैठौं, एक हजार छ सय ३ मतसहित टिकामणी सातौं, एक हजार पाँच सय ९६ मत प्राप्त गरि बुद्धिबहादुर आठौं, एक हजार पाँच सय ६५ मतका साथ युवराज ढकाल नवौं र दसौँमा रहेका सन्तोषकुमार पौडेलले एक हजार पाँच सय ३१ मत प्राप्त गरेका छन् ।

एसोसिएट तर्फ कमल कार्की र प्रदीप गुप्ता बिजयी भएका छन् । कार्कीले १ सय ११ र प्रदीप गुप्ताले ८८ मत पाएका छन् ।
सम्वद्ध सदस्यमा किशन गुरुङ्ग बिजयी भएका छन् । त्यस्तै अर्को सदस्यमा बिनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । गुरुङ्गले १६ मत ल्याएका थिए भने श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका थिए ।

बिभिन्न व्यवसायीहरुको संगठनहरु संघमा सम्वद्ध सदस्यकारुपमा रहँदै आएका छन् । उनीहरु मध्ये दुई जना सदस्यकारुपमा संघमा प्रतिनिधित्व गर्छन् ।

बराबर हुने सदस्यहरुले आधा–आधा कार्यकाल सम्हाल्ने गरेको नजिर संघमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?