ट्रेंडिंग:

>> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

९ दिने निशुल्क होटल ब्यवस्थापन तालिम सम्पन्न

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

बुटवल, ३२ साउन।  होटल ब्यवसायीहरुको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित रुपन्देहीमा ९ दिने निशुल्क होटल ब्यवस्थापन तथा पुनर्ताजगी तालिम सम्पन्न भएको छ । दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना (ईन्स्योर), दोस्रो चरण र रुपन्देही उद्योग संघको सहयोगमा एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले तालिम संचालन गरेको हो ।

तालिममा सहभागी ब्यवसायी चेतनारायण आचार्यले आफ्नो ब्यवसाय, ब्यवसायका प्रकार, होटलका विभिन्न विभाग, विभागका महत्व, पदिय भुमिका र जिम्मेवारी, स्वस्थ्यकर खाना, नियमहरु त्यसको पालनाका बारेमा ज्ञान लिन सफल भएको बताए । पहिलेजस्तो सामान्य रुपमा होटल चलाउन नसकिने भन्दै उनले आधुनिक ब्यवसायको बारेमा धेरै जानकारी पाउन सफल भएको उनले बताए । बजारीकरण, ब्रान्ड, ब्रान्डको मूल्य, प्याकेजिङसम्मको जानकारीहरु लिएको उनले बताए ।

विहिबार एक समारोहका बिच रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, संघका अध्यक्ष लेखनाथ भण्डारी, आस्थमका प्रबन्ध निर्देशक जिएस गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा, सहसचिव अर्जुन केसी, तालिमका कोअर्डिनेन्ट खिमानन्द रिजालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले ईन्स्योरको रुपन्देहीमा संस्थागत रुपमा काम गर्दै आएको बताए । ११ वटा जिल्लामा ईन्योरबाट आवश्यक तालिमहरु चलाईरहेको भन्दै यो महत्वपुर्ण रहेको बताए। सेवा उद्योगको तालिमबाट धेरै उपयोगी विषय र ज्ञानहरु हुने उनले बताए । तालिमले सेवालाई थप उपयोगी बनाउन र आर्थिक उपार्जनमा समेत सहयोग मिल्ने उनले बताए ।
आयोजक होटल ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले ठूलो लगानी भएको होटल क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन तालिमहरुको महत्व रहेको बताए । आफु लागेको पेशाको ज्ञान लिने र त्यसै अनुसार सेवा दिन मद्यत मिल्ने गरि सघमार्फत तालिमहरुलाई जोड दिएको उनले बताए ।

कार्यक्रम आस्थमका प्रबन्ध निर्देशक जिएस गुरुङले परियोजनाबाट धेरै प्रकारका तालिमहरु भएको बताए । २४ दिने देखि ४ महिनासम्मका तालिमहरु दिन सफल भएको भन्दै यी तालिमहरु गुणस्तरीय भएको दाबी गरे ।
संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले छोटो तर महत्वपुर्ण तालिम सम्पन्न भएको बताए । आफुले सिकेको सबै कुराहरु आफ्नै ब्यवसायमा लागू गर्न सकिने उनले बताए । ब्यवसाय ठूला, मझौला र साना हुने र तालिमबाट सिकेको कुरा त्यसै अनुसार अगाडि बढ्न सकिने सम्भावना रहेको बताए ।

कार्यक्रममा शिक्षा तथा तालिम कार्यक्रमका संयोजक माधव ढकाल ४५ घण्टे तालिमबाट आफ्नो पेशा ब्यावसायमा थप मदत मिल्ने बताए । होटल ब्यवसाय एउटा पर्यटन ब्यवसाय हुदा पनि त्यहा आउने पाहुनालाई स्वागत सत्कार, ब्यवस्थापनका सिकाई भएको दाबी गरे । विश्व र नेपालको परिवेशमा होटललाई हेर्ने दृष्टिकोण, कस्ता होटलहरु छन । यहाका सेवाहरुका बारेमा समेत बुझ्ने रुपमा कार्यक्रम गरिएको बताए । रुपन्देहीका २० जना ब्यवसायीहरु सहभागी भएको तालिमलाई प्रशिक्षक राजेन्द्र पौडेल, अजय गौतमले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?