ट्रेंडिंग:

>> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा

उद्योगहरुमा बाल श्रमिक खोज्दै

१३ फाल्गुन २०७८, शुक्रबार
१३ फाल्गुन २०७८, शुक्रबार

कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका इट्टा उद्योगहरुमा अनुगमन गरिएको छ । अनुगमको क्रममा लामो समयदेखि सञ्चालनमा रहेको फाइप स्टार इट्टा उद्योग, लोकप्रिय इट्टा उद्योग, एस.एम.भी र पन्चकन्या इट्टा उद्योगमा अनुगमन गर्दा बाल श्रमिकहरु रहेको पाइएको छ ।

उद्योगहरुमा प्रायः भारतीय श्रमिक रहेकाले श्रमिकसँग आएका बालबालिकाहरु मजदुरका रुपमा प्रयोग भएको बताइएको छ । शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, दलित मानव अधिकार निगरानी समितका अध्यक्ष मिना परियार, व्यापार संघ कपिलवस्तु अध्यक्ष महादेव पाख्रेल, शिवराज नगरपालिका वडा नं.१० कि अध्यक्ष मञ्जु मिश्र, प्रहरी र पत्रकार सहितको टोलीले मंगलबार अनुगमन गरिएको हो ।

सोही क्रममा भारतका बरेलीबाट सपरिवार नै मजदुरीका लागि आएका अम्जद खानका १६ बर्षे छोरा मोहम्मद करम खान र १५ बर्षे रुक्सान खान आफ्नो परिवारसँगै लोकप्रिय इट्टा उद्योगमा काम गर्दै गरेको भेटिए । करम खानले भारतमा नै अध्ययन गर्ने भए पनि परिवारसँगै रोजगारीका लागि आएका उनी अहिले अध्ययन छाडेर इट्टा बनाउने काम गरिरहेका छन् । सबै परिवार रोजगारीका लागि घर छाडेर आउनु पर्ने हुँदा छोरा–छोरीलाईसँगै ल्याएको उनका बुबा अम्जदले बताए ।

भारतीय श्रमिकका सन्तानहरु इट्टा उद्योगमासँगै बस्ने र उनीहरु बुबा आमासँगै काम गर्ने गरेका छन् । इट्टा उद्योगमा ७ बर्ष देखि १६ बर्ष सम्मका बालबालिकाहरुले मजदुरी गरिरहेको भेटिन्छन् । फाइप स्टार इटा उद्योग र पन्चकन्या इट्टा उद्योगमा समेत बालबालिकाहरुले काम गर्दै गरेको भेटिएका छन् । अनुगमनकै क्रममा भने डी.एम.सी इट्टा उद्योग भने बाल श्रमिक नै नरहेको पाइएको छ ।

त्यस्तै दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले इट्टा उद्योगहरुमा बाल श्रम र शिक्षा सम्बन्धि अभियान निरन्तर सञ्चालन गर्दै आएको बताएकी छन् । उनका अनुसार अभियान सञ्चालनले शिवराज नगरपालिका भित्र रहेको विभिन्न इट्टा उद्योगहरुमा गत बर्ष १ सय ८२ बाल श्रमिक भेटिएका थिए । अभियानले बालश्रम गर्ने बालबालिकाको संख्या न्यूनीकरण हुँदै यस बर्ष ९५ जना मात्रै रहेको उनले जनाइन् । आफ्नो संस्थाले श्रमिकका बालबालिकाको शिक्षाका लागि काम गर्दै आइरहेको जनाउँदै इट्टा उद्योगमा काम गर्ने श्रमिकका बालबालिकाहरुको शिक्षाको विषयमा सरोकारवाला निकायले समेत ध्यान दिन जरुरी रहेको परियारले बताइन् ।

जिल्लाको ३ स्थानिय तह शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका र बुद्धभूमि नगरपालिकामा रहेका इट्टा उद्योगहरुमा भारतीय सहित गत बर्ष ७ सय ७८ बाल श्रमिक रहेको अध्यक्ष परियारले उल्लेख गरिन् । तिनीहरुको शिक्षाका लागि सहयोग गरिने उद्देश्यले अभियान सञ्चालन गरिरहेको बताउँदै इट्टा उद्योगमा रहेका बालबालिकाको शिक्षा तथा जनचेतनाको लागि निगरानी समिति र विश्व शिक्षा साझेदारीमा सक्रिय परियोजनाले बालबालिकाको तथ्यांक संकलन गरिरहेको उनले बताइन् ।

यता शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले इट्टा उद्योगमा काम गर्ने बाल श्रमिकको शिक्षाका लागि व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरिने बताए । बालबालिकालाई काममा नलगाउन इट्टा उद्योगीहरुलाई निर्देशन समेत दिएको उनले जनाए ।

सरकारले बालबालिकालाई बाल श्रममा लगाउन नपाइने कानुनी प्रावधान रहे पनि इट्टा उद्योगहरुमा सरकार, नियम र प्रावधानलाई मिच्दै व्यवसायीहरुले कतिपय आफू अनुकूल त कयौं बाध्यताले बालबालिकाहरु इट्टा बनाउने कार्यमा प्रयोग हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?