ट्रेंडिंग:

>> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता

मरेर पनि बाँचिरहने अद्वितीय धरहराको महायात्रा

२७ माघ २०७८, बिहीबार
२७ माघ २०७८, बिहीबार

सम्वत् २०७८ माघ २५ गते मंगलबार खेमराज मृत्युसँग हारे । तर हारेर पनि उनले जितेर गएका छन् । भौतिक रुपमा मरेर पनि उनी सदा सर्वदा बाँच्ने गरी गएका छन् । किनभने आफू बाँच्ने र अरुलाई बचाउने उनको जीवन दर्शन थियो । हारेर पनि जित्ने र मरेर पनि बाँच्ने उनको जीवनबोध थियो ।

000

एक करोड ३२ लाख रुपैयाँ एउटा सामान्य नेपालीका लागि बहुतै ठुलो रकम हो । अचानक, ५९ वर्षको अल्प आयुमै महायात्रामा निस्कँदा त्यत्रो रकम मानवीय सेवाका लागि सहयोग गरी जानु भनेको महान् कीर्तिस्तम्भ नै खडा गर्नु हो । सेवाको त्यो धरोहर खडा गर्ने धरहरा, खेमराज पुन लाखौंलाख प्रियजनहरुलार्ई रुवाउँदै बुधबार मध्यदिन बुटवलको मगरघाटबाट धुवाँ बनेर महायात्रामा निस्केका छन् ।

त्यस अघि उदास बिहानमा शोकाकुल बुटवलले आँसु खसाल्दै उनको लौकिक शरीरलाई मायाले हेरेको थियो । उनलाई पुष्पगुच्छा र मनको श्रद्धाले सुम्सुम्याएको थियो । ३६ वर्ष अघिबाट बुटवलमा सबैको साझा र प्यारा, उनको महायात्राको साक्षीस्वरुप सबै क्षेत्रका सयौं मानिसहरु जुटेका थिए ।

सम्वत् २०७८ माघ २५ गते मंगलबार खेमराज मृत्युसँग हारे । तर हारेर पनि उनले जितेर गएका छन् । भौतिक रुपमा मरेर पनि उनी सदा सर्वदा बाँच्ने गरी गएका छन् । किनभने आफू बाँच्ने र अरुलाई बचाउने उनको जीवन दर्शन थियो । हारेर पनि जित्ने र मरेर पनि बाँच्ने उनको जीवनबोध थियो ।

कारागारमा रहेका महिला बन्दीहरुका असहाय छोराछोरीको कापीकिताबका बीचमा मजुरको रङ्गीन प्वाँख बनेर उनी बाँचिरहनेछन् । तिनका खाजाका बट्टामा अभिभावकको माया बनेर बाँचिरहनेछन् । अनेक कारणले शिक्षा र स्वास्थ्यबाट वञ्चित बालबालिकाको झोलाभित्र कापी र किताब बनेर बाँचिरहनेछन् । तिनका पेन्सिल–इरेजर बनेर बाँचिरहनेछन् । तिनले श्रद्धापूर्वक आ–आफ्ना मनमा कोरेको एक सत्पात्रको तस्वीर बनेर बाँचिरहनेछन् ।

खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको आर्थिक सहयोगमा पढेर देशको दुर्गम ठाउँहरुमा असहाय विमारीहरुको सेवा गरिरहेका चिकित्सकहरुको चम्किलो सेतो एप्रोनमा उनी चम्किरहनेछन् । राष्ट्रको पुनर्निमाण गरिरहेका इन्जिनियरहरुको औजारहरुमा उनी चम्किरहनेछन् । कानुन, वनविज्ञान र वित्तशास्त्रमा उच्च शिक्षा हासिल गरी मानवीय कर्ममा होमिएका नयाँ पिढीँका इमान्दार अनुहारमा मुस्कान बनेर बाँचिरहनेछन् ।

जीवनभरि उनले आफ्नो कमाइको ठूलै हिस्सा दानमा दिए । खुद्रामसिना छोडेर खास खास रकम जोड्दा एक करोड ३२ लाख हुँदो रहेछ । तर उनको दाहिने हातले गरेको दान देब्रे हातले थाहा पाएन । देब्रे हातले गरेको दान दाहिनेले थाहा पाएन । उनले कहिल्यै प्रचार चाहेनन् । निरन्तर चुपचाप मानवीय सेवा गरिरहनु नै उनको पहिचान भयो । छोरा राजु पुन र बुहारी सरिता श्रीसको विहेमा उनले कुनै तामझाम गरेनन् । भोजभतेर गरेनन् । बरु १० लाख रुपैयाँमा ‘राजु–सरिता भोजन अक्षयकोष’ राखिदिएर ‘खान पुगोस्, दिन पुगोस्’ भन्ने आदर्श स्थापना गरिदिए । त्यसैले उनी भोका मानिसहरुको तृप्त अनुहार र तिनको रगतमा उर्जा भएर बाँचिरहनेछन् ।

एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा विभिन्न नेतृत्व र भूमिकामा रही समाज सेवाको क्षेत्रमा निरन्तर सेवा गरेका खेमराज अति साधारण मानिस थिए । खाली खुट्टाबाट नै जीवनको यात्रा सुरु गरेका उनी किशोरवयमा जीवन संघर्षको यात्रामा हेलिदै हेलिदै सम्वत् ४२ मा उनी बुटवल आइपुगेका थिए । बुटवल नै उनको कर्मभूमि बन्यो ।

उनको शरीरमा लाहुरेको रगत नै बगिरहेको थियो । संस्कारमा पनि लाहुरे समाज नै घोलिएको थियो । व्यवहारमा मगर जातिको ‘विन्दास’ खानपान थियो तर समयको एउटा बिन्दुमा उनको जीवन यात्राले नयाँ मोड लियो । त्यसपछि उनले जीवन र जगतलाई अनेक माध्यमबाट पढे । जीवन र मृत्युको बोध भएपछि जिउनुको सार खोज्न थाले । अध्ययन, अध्यात्म, प्रकृति, तथ्य र सत्यमा घोत्लिए । तथ्यमा उभिएर सत्यलाई स्वीकार गर्ने गरी आदत परिवर्तन गरे । अनि त्यही परिवर्तित आदत र अथकित कर्मले उनी सफल व्यवसायी त बने नै तर त्यो भन्दा ठूलो कुरा, उनी मानवीय सेवाको रत्न बने ।

सन् १९६५ को भारत–पाक युद्धमा वीरगति प्राप्त गरेका उनका बाबा नायब सुवेदार मन बहादुर पुन शहीद हुन् । उनी नयाँ दिल्लीको जगत प्रसिद्ध इन्डिया गेटमा आफ्ना सहयोद्धाहरुसँग महान् शौर्य र वीरताका गाथासहित बाँचिरहेका छन् । उनै शहीदका सुपुत्र खेमराज भने आफ्नो कोमल मन, परोपकारी विचार, मानवीय चिन्तन, उच्च मानवीय व्यवहार र दानको कथागाथा बोकेर युगौंयुग बाँचिरहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?