ट्रेंडिंग:

>> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान

नेपालमा धान उत्पादनका अवस्था र समस्याहरु

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

किसानको लागि धान खाद्यान्न मात्र नभएर प्रतिष्ठा पनि हो । संसारमा साढे तीन अर्बभन्दा बढी मानिसहरुको खाना चामल हो । विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । खाद्यबालीको रुपमा धान नेपालमा लोकप्रिय छ । हिमालदेखि तराई मैदानसम्म धानको खेती हुन्छ । आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ४८ हजार हेक्टर जमिनमा धान खेति गरिएको थियो । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान बाली लगाइन्छ । राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत रहेको थियो । यसमध्ये खाद्यान्न तथा अन्य बालीको हिस्सा करिब ४४.९५ प्रतिशत छ र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । जीविकोपार्जनको दृष्टिले सबैभन्दा धेरै नेपालीहरु खाद्यान्न बाली उत्पादनमा केन्द्रित छन् र यी बालीहरु मध्ये धानले नेपालमा मुख्य प्राथमिकता पाउने गरेको छ । नेपालीको लागि चामल खाद्यान्न मात्र नभएर सामाजिक सम्पन्नताको प्रतिक पनि बनेको छ । अरु अन्न खानेहरुभन्दा चामलको भात खान पाउनेहरु सम्पन्न मान्छे हुन् भन्ने पुरानो भ्रमले गर्दा जताततै चामलको माग हुने गरेको छ । हिजोका दिनहरुमा जस्तै भात खानकै लागि पहाडदेखि तराईसम्म बसाई सर्नेक्रम अहिले कम भएपनि खाना खानु भनेको भात खानु हो भन्ने मानसिकता तराईदेखि हिमालसम्म बढ्दो छ । जनसंख्याको ठूलो हिस्सा खेतीपातीबाट पलायन र जनसंख्या वृद्धिको नेपालमा चामलको माग निरन्तर बढिरहँदा धान उत्पादनमा भने वृद्धि हुन सकेको छैन । पाँच दशक अघिसम्म नेपालबाट चामल निर्यात हुने गरेकोमा अहिले वार्षिक करिब ५० अर्ब रुपैयाँको धान र चामल विदेशबाट आइरहेको बताइन्छ । आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७९/८० मा करिब ५४ लाख ८० हजार मेट्रिक टन मात्र धान उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ (आर्थिक सर्वेक्षण २०७९/८०) । थोरै खेतीयोग्य जमिन भएको नेपालजस्तो देशको लागि धान उत्पादनको यो परिमाण कम भने हैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको वार्षिक प्रतिवेदन २०७९ का अनुसार धान उत्पादनमा मधेश प्रदेश सबैभन्दा अघि छ । गतवर्ष देशको कूल धान उत्पादनको २७ प्रतिशत उत्पादन यहि प्रदेशमा भएको थियो । लुम्बिनी प्रदेशमा देशको १९.४८ प्रतिशत धान उत्पादन हुँदा र सुदुरपश्चिम र कर्णाली प्रदेशले देशको कूल धान उत्पादनको क्रमश ८.६१ र २.४४ प्रतिशत हिस्सा ओगटेका थिए । पछिल्ला ३ वर्षमा नेपालको धान उत्पादनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिस्सा घट्दै गएको देखिन्छ । पछिल्ला ७ वर्षमा धान खेती गरिने जग्गाको आकार निरन्तर रुपमा खुम्चिदै गएको छ । वि.स. २०७३ सालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भएकोमा वि.स. २०८० मा आइपुग्दा यो क्षेत्रफल एक लाख हेक्टरभन्दा बढीले घटेको छ । धान उत्पादन हुने क्षेत्रफलमा कमी आएको कारणले पछिल्लो ५ वर्षमा नेपालमा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टनबाट ५४ लाख ८६ हजार मेट्रिक टनमा झरेको देखिन्छ । पछिल्ला वर्षहरुमा धानको उत्पादकत्व झिनो रुपमा वृद्धि भएपनि धानको उत्पादनमा खासै सुधार भएको छैन । नेपालमा धान उत्पादनमा अनियमितता आउनुमा प्राकृतिक र मानवीय दुवै कारणहरु जिम्मेवार देखिन्छन । प्राकृतिक प्रकोप, सिंचाइको अपर्याप्तता, मलखादको कमी र धान खेती गरिने जग्गाको क्षेत्रफलमा कमी जस्ता कारणले धान उत्पादन घटाउन भूमिका खेलिरहेका छन् । नेपालमा धानको कुल उत्पादन र उत्पादकत्व वर्षामा निर्भर रहिआएको छ । विगत केही वर्षको तथ्यांकलाई केलाएर हेर्दा मौसम अनुकूल भएका वर्ष धान चारदेखि पाँच लाख मेट्रिक टन बढी फलेको र मौसम प्रतिकूल भएका वर्ष यति नै मात्रामा घटेको देखिन्छ । अहिले पनि धेरै धानखेतहरुमा सिंचाइको व्यवस्था हुन सकेको छैन । नेपालको कूल २६ लाख ४१ हजार खेतीयोग्य जमिनमध्ये हालसम्म ५८ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा पुगेको छ (आर्थिक सर्वेक्षण २०७९/८०) । ४२ प्रतिशत भन्दा बढी खेतीबारी सिचाइको लागि आकासे पानीमा नै निर्भर छन् भने खोलानदीमा आधारित सिँचाई प्रणाली पनि आकासे पानीमा नै निर्भर रहेको छ । राम्रोसंग वर्षा नभएको समयमा यी श्रोतबाट पानी उपलब्धतामा कमी आउने र खडेरीको समयमा भूमिगत पानी पनि उपलब्ध नहुने भएकोले धानबालीमा सिंचाई सुविधा पु¥याउन समस्या परिरहेको छ । मनसुनको समयमा हुने अनियमित वर्षाले गर्दा पनि धान खेतीले ठूलो नोक्सानी बेहोर्नुपर्दछ. । मनसुनजन्य प्राकृतिक प्रकोप (बाढी र पहिरो) को कारणले गर्दा वर्षेनी औशत ९० हजार हेक्टरको धानबाली नष्ट हुने गरेको छ । सामुदायिक वनमा चरिचरणमा रोक, स्याउला ल्याउन रोक तथा चरण क्षेत्रको कमीले गर्दा अचेल पशुपालनमा कमी आइरहेको छ । पशुपालन घट्दा प्रांगारिक मलको उत्पादन घट्न पुगेको छ र खेतको उर्बराशक्ति बढाउन रासायनिक मलको प्रयोग गर्ने प्रचलन बढ्दो छ । नेपालमा रासायनिक मल उत्पादन नहुने भएकोले किसानहरुले धान रोप्ने बेलामा कहिल्यै पनि पर्याप्त रासायनिक मल पाउँदैनन् । तराईमा खुल्ला सिमानाको कारणले भारतबाट केहि सहजरुपमा मलखाद ल्याएर प्रयोग गर्न सकिएपनि पहाडी क्षेत्रमा सधै मलको अभाव हुने गरेको छ । कृषि अनुसन्धान परिषदले झन्डै ५ दर्जन धानका जातहरु सिफारिस गरिसकेको छ । तर किसानहरुले हावापानी र माटो सुहाउदो यस्ता उन्नत जातका धानहरु प्रयोग नगरी पुरानो र भारतबाट आयातित कमसल धानको विउ प्रयोग गरिरहेका छन् । त्यसै गरी धान खेतीमा आधुनिक प्रविधिको प्रयोग अति न्यून छ । पछिल्लो दशकमा तराई, उपत्यका र पहाडका मैदानी भूभागका धान खेतहरु मासेर प्लटिङ गर्ने कार्यले निकै तिब्रता पाएको छ । पहिले धान फल्ने तराई र उपत्यकाका खेतहरुमा अचेल कंक्रिटका जंगलहरु ठडिएका छन् । प्राकृतिक प्रकोपको चपेटामा धान खेती हुने जमिन घट्ने तथा सिमाक्षेत्रमा बनाईएका भारतीय बाँधको कारणले दक्षिणी क्षेत्रका धान खेतहरु डुवानमा पर्ने क्रम बढ्दो छ । धान खेती लगाउन र स्याहार्नको लागि निरन्तर श्रमशक्ति उपलब्ध हुनुपर्छ । तर पछिला केही दशकयता खेतीपाती गर्ने मानिसहरुको संख्या निरन्तर ओरालो लागिरहेको छ । तीन दशक अघिसम्म करिब ७० प्रतिशत नेपालीहरु कृषिमा संलग्न रहेकोमा २०७८ मा आईपुग्दा यो संख्या ५०.४ प्रतिशतमा झरेको छ । श्रम शक्तिको कमी र सिंचाईको असुविधाले गर्दा पहाडमा धान खेती गर्न छोडिएको छ । यी सबै कारणले नेपालमा धान उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन । वि..सं. २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । नेपालमा खाने मुखहरु बढिरहेको बेलामा धान उत्पादन भने ओरालो लागिरहेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गरेको जीवनस्तर सर्वेक्षण अनुसार एकजना नेपालीले वार्षिक १२२ केजी खान्छन । हरेक दिन दुबै छाक चामलको भात खाँदा र अन्य सास्कृतिक कार्य गर्दा एकजना मानिसलाई एक वर्षमा करिब १४५ किलो चामल भए पुग्छ । सबै हिसाब गर्दा नेपालमा वार्षिक ४० लाख टन चामलले भाते आवश्यकता पूरा हुन्छ । यो परिमाणको चामल नेपालमा उत्पादन हुने धानबाट सजिलै प्राप्त हुन्छ । यस हिसाबले हेर्दा धान उत्पादनमा नेपाल आत्मनिर्भर छ र खानको लागि चामल आयात गर्नुपर्दैन । तर असुरक्षित खाद्य भण्डारण र किरा तथा मुसाको कारणले ठूलो मात्रामा धान नष्ट हुने, तराईबाट भारततर्फ धान विक्री हुने र जाँड रक्सी बनाउने जस्ता काममा चामलको प्रयोग हुने भएकोले देशमा सधै चामल अभाव हुने र विदेशबाट मगाउनु समेत परिरहेको छ । कृषिप्रधान देशमा खानकै लागि यतिधेरै चामल आयात गर्नुपर्ने अवस्था वास्तवमै लाजमर्दाे कुरा हो । नेपालमा चामलको माग धेरै छ र आवश्यक उत्पादनको सम्भावना पनि प्रशस्त छ । तर, धान उत्पादन, भण्डारण र चामलको प्रयोगमा उचित ध्यान दिन नसक्दा नेपालमा हरेक वर्ष चामल अभाव र चामल आयात बढिरहेको छ । चामल जस्तो सर्वप्रिय खाद्यान्नको उत्पादन घट्दै जानु र आयात बढ्दै जानुलाई आर्थिक र सामाजिक दृष्टिले राम्रो भन्न सकिन्न । नेपालको हावापानी र यहाँको भूबनोट धान उत्पादनको लागि उपयुक्त भएकोले धान उत्पादनमा राज्य र जनस्तरबाट विशेष पहल हुनुपर्दछ । सबैभन्दा पहिले वस्ती विस्तारको नाममा धान खेत र ती खेतमा सिंचाई गर्ने कुलो मास्ने कार्यलाई तत्कालै रोक्नुपर्दछ । कृषि अनुसन्धान परिषदले माटोको अवस्था र पानीको उपलब्धतालाई विचार गरेर विकास गरेका उन्नत जातका धान रोप्ने कार्यलाई प्रोत्साहन दिनुपर्दछ । राज्यले किसानलाई सिंचाई, मलखाद र कृषि प्रविधिको प्रयोगमा सहयोग गर्नुपर्दछ । यी कार्यहरु गर्न सकियो भने नेपालमा धान उत्पादन बढाएर धान चामलको आयात प्रतिस्थापन गर्न अवश्य पनि सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?