Logo
२३ जेष्ठ २०८०, मंगलवार

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षिय योगेश विजयी


बुटवल,५ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । एउटा क्षेत्र रहेको यहां कांग्रेसका यागेश गौचन थकाली विजयी भएका छन् । उनी कांग्रेसबाट पटक पटक सांसद भएका रोमी गौचन थकालीका छोरा हुन् । उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । ७ हजार २३० मत खसेको मुस्ताङमा योगेशले योगेशले ३९९२ मत पाउंदा एमालेका तुलाचनले ३०७४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका उम्मेदवारले १३ मत पाएका छन् । योगेश संभवतः सबैभन्दा कान्छा सांसद भएका छन् । उनी २९ वर्षिय हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?