ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ?

गैंडहवाले ल्यायो ६३ करोड ३८ लाखको बजेटः तालको सौन्दर्यीकरणदेखि होमस्टे सम्मका योजना

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

गैंडहवा, ८ असार ।

रुपन्देहीको गैडहवा गाउंपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ६३ करोड ३८ लाखको बजेट ल्याएको छ । शुक्रबार गैंडहवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

१४औँ गाउँसभामा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाका अध्यक्ष पौड्यालले नीति तथा कार्यक्रम पूर्वाधार तथा मानवीय विकास केन्दित भएको बताएका छन् ।

चुनावको बेला घोषणा पत्रमा उल्लेख गरिएका जनताका आवश्यकता र माग अनुसार कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत आधारभूत क्षेत्रलाई महत्व दिईएको प्रस्तुत नीति तथा कार्यक्रम मार्फत अध्यक्ष पौड्यालले उल्लेख गरेका छन् । पर्यटन तथा आर्थिक विकास तर्फ गैडहवा ताल सौन्दर्यीकरण तथा होम स्टे सञ्चालन गरिने भएको छ । शिक्षातर्फ शिक्षाको गुणस्तर वृद्धि गरी पूर्वाधार विकासमा टेवा दिने कार्यक्रम ल्याउने भनिएको छ । पालिकालाई नमुना पालिका बनाई जनप्रतिनिधि र कर्मचारी सदैब जनमैत्री भएर सेवा गर्ने भावनालाई जागृत गरिएको छ । कृषि क्षेत्रलाई बजारीकरण, आधुनिकरण यान्त्रीकरण गरिने भएको छ । सुकुम्बासी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने जनाइएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले आगामी वर्ष २०८१÷०८२ का लागि रु.६३ करोड ३८ लाख १८ हजारको बजेट प्रस्तुत गरेकी छन् । जसमा चालु तर्फ रु.३६ करोड ६४ लाख ६८ हजार र पुँजीगत तर्फ २६ करोड ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । विनियोजित बजेटमा गाउँपालिकाबाट रु.३७ करोड ८ लाख ४५ हजार र संघीय हस्तान्तरित कार्यक्रम सञ्चालनका लागि रु.२ करोड ६० लाख व्यवस्था गरिएको छ ।

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु.१३ करोड ७० लाख, सर्शत अनुदान संघीय रु २३ करोड ६९ लाख ७३ हजार, मूल्य अभिवृद्धि तथा अन्त शुल्क बापत राजश्व बाँडफाँड रु.१२ करोड २० लाख तथा प्रदेश सरकारबाट वित्तिय समानिकरण रु ९५ लाख ६३ हजार, सशर्त अनुदान रु.९० लाख समपुरक अनुदान रु.७० लाख र राजश्व बाँडफाँड बापत प्रदेश सरकारबाट प्राप्त हुने आय रु.५० लाख ९४ हजार, नवप्रवद्र्धनका लागि रु.९९ लाख ४० हजार आय हुने प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तर्गत सुर्यपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि रु.१ करोड ५० लाख रकम विनियोजन गरेको छ । पालिका भित्र छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण तथा सुदृढीकरणका लागि रु.२५ लाख, मृगौला प्रात्यारोपण गरेका, डाईलासिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागि खर्च वापत मासिक रु.५ हजार उपलब्ध गराउने भएको छ ।

यस्तै,चैते धान प्रवद्र्धन र खाद्यान्न बालीको उन्नतका लागि रु.१२ लाख ३० हजार विनियोजन भएको छ । सुर्यपुरा बजारमा बाटो तथा नाली व्यवस्थापनका लागि रु.१ करोड ४० लाख, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालनका लागि रु.१ करोड ४२ लाख, गैडहवा गाउँपालिका वडा नं.६ मा शवदहन निर्माणका लागि रु.५० लाख विनियोजन भएको छ । पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालनका लागि बजेट व्यस्थापन भएको छ । गाउँपालिकाले विविध शीर्षकमा बजेट व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?