ट्रेंडिंग:

>> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’

सही सूचना प्रवाह नहुँदा राष्ट्रिय परिचयपत्रका लागि जेष्ठ नागरिकलाई सास्ती

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

नवलपुर, ७ असार ।

पुर्वी नवलपरासीको जिल्ला प्रशासन कार्यालयमा सामजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकहरु राष्ट्रिय परिचय पत्र बनाउन र राष्ट्रिय परिचय पत्रको नम्बर लिन भिड लाग्ने गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचय पत्रको नम्बर लिन भिड लाग्ने गरेको हो ।

पहिलो चरणमा नवलपुर जिल्ला नपरे पनि राष्ट्रिय परिचय पत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै जेष्ठ नागरिकहरु सकी नसकी राष्ट्रिय परिचय पत्र बनाउन र राष्ट्रिय परिचय पत्रको नम्बर लिन धाइरहेका छन् । जसले गर्दा जेष्ठ नागरिकहरुले निक्कै दुःख भोग्नु परेको छ ।

महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँमा राष्ट्रिय परिचय पत्र पहिलो चरणमा अनिवार्य गरिएको छ ।

यसको प्रभाव पहिलो चरणमा अनिवार्य गरिएको जिल्लामा त जेष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालयमा चर्का घाममा लाइन लाग्न बाध्य छन् भने पहिलो चरणमा लागु नहुने जिल्ला नवलपुरमा पनि त्यसको प्रभाव देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा विगत १५ दिनदेखि जेष्ठ नागरिकहरु सयौंको संख्यामा दैनिक जसो राष्ट्रिय परिचय पत्र लिने आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय आउँदा वडा कार्यालय र वडा कार्यालय जाँदा जिल्ला प्रशासनमा पठाएर दुःख पाइरहेको कावासोती ३ का जेष्ठ नागरिक रामबहादुर घर्ती क्षत्रीले बताए । “तीन दिन भो भोक भोकै हिडेको, कुरा नबुझेपछि दुःख पाएका छौं”– क्षेत्रीले भने । जिल्ला प्रशासन कार्यालयमा एकै पटक राष्ट्रिय परिचय पत्र बनाउने र नम्बर लिने जिल्लाभरीका जेष्ठ नागरिकहरुको भिड लागेपछि प्रशासनका कर्मचारीलाई पनि भ्याइ नभ्याई भएको छ । एकातिर वडा कार्यालय तथा जनप्रतिनिधिहरुले सही सूचना प्रभाह नगर्दा जेष्ठ नागरिकहरुले दुःख पाइरहेका छन् भने अर्कोतिर प्रशासनमा आएर पनि तत्काल आवश्यक नपर्ने भएपछि काम नभई फर्कन परेको छ ।

अहिले गैडाकोट, विनयी त्रिवेणी, मध्यविन्दु, हुप्सेकोट, बौदीकाली, बुलिङ्टार, कावासोतीका जेष्ठ नागरिकहरु प्रशासनमा दिनभर लाइन लागेर बस्ने गरेका छन् ।

पालिका तथा वडा कार्यालयहरुले पूरा कुरा नबुझी हचुवाको भरमा जेष्ठ नागरिकहरुलाई प्रशासनमा पठाएका कारण जेष्ठ नागरिकहरुले अनाहकमा दुःख पाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।

अहिले जेष्ठ नागरिकलाई प्रशासनसम्म आउन दुःख नदिनको लागि सम्बन्धित वडा कार्यालयहरुमा सामाजिक सुरक्षा भत्ता खाने जेष्ठ नागरिकहरुको तथ्यांक संकलन गरी वडा कार्यालय मार्फत एक मुष्ठ जिल्ला प्रशासनमा ल्याएर नम्बर टिपेर पुनः वडा कार्यालयमा लैजाने गरी व्यवस्था मिलाइएको बताए ।

बुढेसकालको सहारा बनेको सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य भएसँगै जेष्ठ नागरिकहरु आफ्नो सामाजिक सुरक्षा भत्ता जोगाउन भन्दै चर्को घाममा पनि प्रशासन कार्यालय धाउने, घण्टौं लाइनमा लाग्ने गरेका छन् । सरकारले हतारमा निर्णय गरेर हतारमा लागु गरेका कारण जेष्ठ नागरिकहरु आफ्नो भत्ता नपाइने हो कि भन्ने डरले सकी नसकी प्रशासन कार्यालय धाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?