ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

नवलपुर, ४ बैशाख ।

अर्काको सहयोगको मुख ताक्ने अवस्था र परम्पराको बेवास्ता गर्दै पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ भाँगबारीका स्थानीय वासीहरु श्रमदान मार्फत पाँच बर्षदेखि संचालनमा नआएको पुरानो सडक मर्मत र सम्भार गरी संचालनमा ल्याउन लागि परेका छन् ।

गाउँमा रहेका सडकहरु पुरानो र जीर्ण अवस्थामा भएकाले स्थानीयबासीहरु श्रमदानबाटै भाँगबारी टाँडी मोटरबाटोको मर्मत सम्भारमा लागेका बुलिङ्टार २ का चिरन मगरले बताए । सांघुरो सडक र ठाउं ठाउंमा भत्किएको पाँच बर्षदेखि कसैबाट पनि सहयोग नपाएपछि अहिले सो पाँच किलोमिटरको कच्ची सडक मर्मत सम्भारमा गाउँलेहरु श्रमदान मार्फत लागि परेको मगरले बताए ।

सधै अर्कोको सहयोगको मुख ताक्नुभन्दा आफै श्रमदान गरेर स्थानीयबासी वडा कार्यालय सम्म सडक मर्मतको काममा जुटेका बुलिङ्टार २ का वडा सदस्य कौशिला नेपालीले बताईन् । सो बाटो मर्मतमा गाउँपालिका, प्रदेश सरकारको सहयोग पाउने आशामा चार बर्ष बित्यो तर सहयोग नपाए पछि अहिले एक सय घरका बासिन्दाले आफै श्रमदान गरेर बाटो मर्मत सम्भार गर्न थालेपछि स्थानीयमा समेत खुशी छाएको वडा नं. २ का पुर्व वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताए ।

सो गाउँको सडक निर्माणका लागि प्रत्येक घरधुरीबाट एकएक जना गरी दैनिक एक सय जनाले दश दिन देखि श्रमदान गरिरहेका र सो कार्यमा नआउने व्यक्तिलाई जनही रु पाँच सयका दरले जरिवाना समेत लिने गरिएको स्थानीय बेल बहादुर राना मगरले बताए ।

बाटो, विद्यालय, पुल पुलेसाहरु लगायतका विभिन्न विकास निर्माणका कार्यहरुमा स्थानीय स्वयम् लागिपरेका यो उदाहरणले सबैलाई एक पटक सोच्न र अर्कोको मुख ताक्ने कामले मात्र पनि समाज अगाडि बढ्दैन भन्ने उदाहरण बनेको भाँगबारी गाउँका स्थानीय बुलिङटार २ का पुर्व वडाध्यक्ष थापा मगर बताउँछन् ।

स्थानीयबासी नमुनाको रुपमा सो गाउंको बाटो निर्माणका लागि जुटेका र श्रमदानबाटै बर्षभरि यातायात सञ्चालन गरिने लक्ष्य रहेको स्थानीय दिपेश रानामगरले बताए । यो बाटो निर्माण भए पछि वडा कार्यालय जान आउन छोटो दुरी पर्ने भएकाले पनि स्थानीय श्रमदान गरेर यो बाटो सँचालनमा लागेका स्थानीय समाजसेवी भीमबहादुर मगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?