ट्रेंडिंग:

>> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण

लुम्बिनीमा नयाँ सत्ता गठबन्धनलाई साना दलको समर्थन, राजीनामा दिने मुख्यमन्त्रीको तयारी

२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

बुटवल, २२ चैत ।

लुम्बिनीमा सत्तागठबन्धन दल माओवादीको नेतृत्वमा सरकार बिस्तारको तयारी थालिएको छ । नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले लिने सत्ता गठबन्धन दलबिच सहमति भएको छ । माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महराले भोलि नै सपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा उनै महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए ।

नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि अन्य साना दलहरुसँगको छलफल पनि टुङ्गो लागाईसकेको महराले बताए । सत्तासाझेदारी दलहरुबिच लिखित प्रतिवद्ध गर्न तयार भएको बताउँदै आज नै सहमति पत्रमा हस्ताक्षर गर्ने र भोलि नै मुख्यमन्त्री सहित अन्य समर्थन दलले बिनाविभागीय मन्त्रीको सपथ ग्रहण गर्ने तयारीमा जुटेको नेता महराले बताए ।

यता बिश्वासको मत लिने तयारीका साथ आज ४ बजेको लागि प्रदेश अधिवेशन डाकेका मुख्यमन्त्री डल्ली बहादुर चौधरीले मुख्यमन्त्री पद जोगाई राख्न अन्तिम सम्म प्रयास जारी राखेका छन् । तर अहिले मुख्यमन्त्रीले बिश्वासको मत पाउने सम्भावना न्यून छ । त्यसकारण पनि बिश्वासको मत लिनुहुँदैन भन्ने पक्षमा आफुहरु ढुक्क भएको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले बताए । बिहीबार अधिबेशन आह्वान गरेको कारण मख्यमन्त्रीले सदनलाइ संबोधन गरी राजीनामा दिने तयारी गरेको मन्त्री थापाले बताए ।

जसपाको प्रदेश अध्यक्ष अशोक यादवले नयाँ समीकरणमा बनेको गठबन्धन दलप्रति सकारात्मक रहेको बताए । उनले गठबन्धन दलसँग आफ्नो दलको केही सम्झौता भएको र त्यो सम्झौतामा सहमति भएपछि गठबन्धन दललाई समर्थन जनाउने र बिश्वासको दिने बताए ।

माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा परेका हुन् । गत बैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले गत बैशाख १९ मा विश्वासको मत पाएका थिए । चौधरीलाई ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा एमालेको २९ मत परेको थियो ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति र जनमतका ४÷४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३÷३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १÷१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् ।

लुम्बिनीमा नयाँ सत्त गठबन्धनको लागि काङ्ग्रेस बाहेक अन्य सबै दलहरुले समर्थन गर्नेछन भने राप्रपा तटस्थ बस्ने तयारी भएको जोखबहादुर महराले बताए । ‘माओवादी केन्द्र, एमाले, जसपा, नागरिक उन्मुक्ति, हामी निकट स्वतन्त्र सांसद र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन पाएसँगै मेरो पक्षमा स्पष्ट बहुमत पुग्छ,’ उनले भने । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् । बहुमत सिद्ध गर्न भने ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेसका चौधरीलाई माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि अल्पमतमा परेको थियो र २२ चैत आज ३० दिन पुगिसकेको छ र आजै मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने वा राजीनामा दिने कानुनी प्रावधान रहेको छ । चौधरीले आज राजीनामा दिने बित्तिकै नयाँ सरकार गठनका लागि दाबी पेस गरिने गठबन्धनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?