ट्रेंडिंग:

>> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने

मेट्रो कलेजमा मेसिन मर्मत तालिम

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

दाङ, ८ चैत ।

तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिमको समापन गरिएको छ । मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत विद्यार्थीकालागि आयोजना गरिएको तालिम विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनका लागि सञ्चालन गरिएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई टिक्ने र बिक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको बताए । किताबी ज्ञानले मात्रै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुमा सीप र क्षमताको विकास नहुने भएकाले कलेजले थप सीप विकासका लागि तालिम सञ्चालन गरिएको पनि उनको भनाई थियो ।

“विद्यार्थीहरुले ज्ञान आर्जनसँगै सीप र सीपसँगै आम्दानी पनि गर्न सकुन् भनेर नै तालिमको व्यवस्था गरिएको हो ” शिक्षालय प्रमुख आचार्यले भने । शिक्षालयले विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको पनि आचार्यले जानकारी दिए । शिक्षालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता रहेको तालिमका प्रशिक्षकमा बासुदेव न्यौपाने रहेका थिए ।

शिक्षालयका कार्यक्रम संयोजक अपिल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक आयुषा रेग्मी र विद्यार्थी गिरीराज थापाले अनुभव साटासाट गरेका थिए भने कार्यक्रमको सहजिकरण प्रशासकीय सहायक सुधासुमन ढकालले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?