ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

नवलपुर कांग्रेस जिल्ला सम्मेलनको तयारीमा

४ मंसिर २०८०, सोमबार
४ मंसिर २०८०, सोमबार

नवलपुर, ४ मंसिर ।

नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलन मङ्सिर ११ गते देवचुलीमा हुने भएको छ । राज्य पुनःसंरचनापछि बनेको कांग्रेसको संशोधित विधानअनुसार पहिलो जिल्ला सम्मेलन हुन लागेको हो ।

जिल्ला सम्मेलनमा नवलपुरका आठ पालिकाको ९२ वडाका एक हजार नौ सय ७२ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने नेपाली कांग्रेस नवलपुरका जिल्ला सचिब होमराज रानाभाटले बताए । कांग्रेसले दुई वर्षअघि १४ औँ महाधिवेशनका क्रममा नयाँ संरचनाअनुसार वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गरेको थियो ।

१४ औँ महाधिवेशनपछि पहिलो जिल्ला सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरमारका कृषि तथा भुमि ब्यवस्था मन्त्री एवं जिल्ला सभापति महेन्द्र ध्वज जीसीले बताएका छन । जिल्ला सचिव होमराज रानाभाटका अनुसार जिल्ला सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा पूर्व महामन्त्री एवं सङ्घीय सांसद शशाङ्क कोइराला सहितका नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

जिल्ला सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न जिल्लाका आठ वटै स्थानीय तहका क्षेत्रीय प्रतिनिधि, वडा सभापति, नगर सभापति एवम् पदाधिकारी, प्रदेश सभापति एवम् पदाधिकारी सदस्य, क्षेत्रीय सभापति एवम् पदाधिकारी सदस्य, महाधिवेशन प्रतिनिधि एवम् महासमिति, शुभेच्छुक संस्थाका प्रमुख साथै क्रियाशील सदस्यलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?