ट्रेंडिंग:

>> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’

बुद्धभूमिका मेयरमाथि अनुदान र नियुक्तीमा कार्यकर्ता राखेको आरोप

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

चन्द्रौटा(कपिलवस्तु), २० असार ।

बुद्धभूमि नगरपालिकामा भएका गलत अभ्यासलाई सुधार गर्न एमालेले नगरप्रमुख केशव कुमार श्रेष्ठलाई ज्ञापन पत्र पेश गरिएको छ । एमाले बुद्धभूमि नगर कमिटीले मंगलबार नगरप्रमुख श्रेष्ठलाई नगरपालिकामा सुशासन, सदाचार, पारदर्शिता कायम राख्न आग्रह गरेको छ ।

ज्ञापन पत्र पेश गर्दै एमाले बुद्धभूमि नगर अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले नगरपालिकाले कार्यकर्ता पाल्ने काम पुनः गरेको पाइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

पालिकाले कुनै कमजोरी गरेको भए त्यसको सुधार गरिने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताए । ज्ञापन पत्र अनुसार नगरपालिकाले कृषि उपकरण बितरण गर्दा किसान भन्दा मेयर निकटका कार्यकर्ता टाठाबाठा सुकिलामुकिलाको हातमा पुगेको जनाइएको छ । केन्द्र तथा अगैया लगायतका नदिनालाको संरक्षण गर्नु पर्नेमा मापदण्ड बिपरित र तोकिएको परिमाणभन्दा बढी नदी दोहन हुदा नगरपालिकाबाट कुनै निगरानी नभएको र मुकदर्शक बनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

योजनाको उपभोक्ता समिति गठन गर्दा आफु अनुकुल राख्ने र कमसल र गुणस्तरहिन काम हुँदा पालिका गैर जिम्मेवार भएको एमाले बुद्धभूमि नगर इन्चार्ज देवी बेल्वासेले जनाए । चुनावको समयमा भुमिहिन जनतालाई हस्ताक्षर विनाको अस्थायी निस्सा दिने तर त्यसपछि हाल सम्म प्रक्रिया अगाडि नबढाएकोप्रति गम्भिर आपत्ति जनाइएको छ ।

मिलेमतोमा ठेक्का दिएको वडा नम्बर–४ स्थित बुड्ढी दिउरी तालको ठेक्का तत्काल बदर गरी पुनः राष्ट्रिय दैनिक तथा लुम्बिनी प्रदेश स्तरका पत्र पत्रिकाबाट व्यापक प्रचार प्रसार गरी स्थानिय किसानलाई सिँचाई सुनिश्चता हुने गरी ठेक्का प्रक्रिया मार्फत ठेक्का दिन आग्रह गरिएको छ ।

जनताको आधारभूत आवश्यकता पूरा गर्न सुरक्षित आवास कार्यक्रममा प्रदेश र नगरको लगानीबाट खरिद गरि बितरण हुने जस्तापाता र हेण्डपाइपमा लगायत आ–आफ्ना नेता, कार्यकर्ताको सिफारिसमा पार्टी समर्थित कार्यक्रतालाई मात्रै छानिछानी वितरण गर्ने गरेको नगर प्रमख श्रेष्ठलाई आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?