ट्रेंडिंग:

>> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला

पाल्पाको रिब्दीकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

बुटवल ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कारस्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिनुभयो ।

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा गाभ्नुपर्ने अवस्था आएको भन्दै वडाध्यक्ष पोखरेलले जनसङ्ख्या बढाउन पनि पुस्कारस्वरूप पाँच हजार रुपैयाँ दिन लागेको बताउनुभयो ।जनसङ्ख्या बढी भएको देशमामात्रै विकास भएको भन्दै जनसङ्ख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै भएको उनको दाबी छ ।

यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष यो कार्यक्रमलाई थप बजेट छुट्याइने जनाएको छ ।

वडा अध्यक्ष चिरञ्जीवि पोख्रेलका अनुसार वडामा जनसंख्या पनि कम रहेको र दक्ष जनशक्तिको पनि अभाव देखिएकाले वडाका जनतालाई सन्तान उत्पादनमा जोड दिने गरी यो कार्यक्रमको घोषणा गरिएको हो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार रिब्दिकोट गाउँपालिका वडा नम्बर १ मा २ हजार ३४ जनासंख्या थियो । तर जनगणना २०७८ अनुसार ३ सय जनसंख्या घटेर जम्मा २ हजार ६० मा आएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए। वडाको घट्दो जनसंख्याको अवस्थाले थप चिन्ता बढाएका कारण दिर्घकालिन योजनाका साथ वडाले यो घोषणा गरेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?