ट्रेंडिंग:

>> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

एमालेको अवरोधपछि लुम्बिनीको वजेट छलफल ५ दिन पछि स-यो, लिला गिरीले पारे -याख-याखती

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

बुटवल,१३ असार । लुम्बिनी प्रदेश सभामा बजेटमाथिको छलफल प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि ५ दिन पछाडि सरेको छ ।

बुधबार दिउँसो ३ बजे बोलाइएको बैठक १ घन्टापछि सुरु भएपनि एमालेले बजेट सच्याउन लिखित माग गर्दै अवरोध गरेपछि सभामुख तुलाराम घर्तीले आधा घण्टा बैठक स्थगित गरेका थिए । तर आधा घण्टाको लागि स्थगित बैठक पुनः बस्न नसकेपछि सभामुखले ५ दिनपछि असार १७ गते वैठक बस्ने सूचना टांस गरेर वैठक स्थगित गरेका थिए ।

‘प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको तर्फबाट प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरीले सदनमा विशेष सम्वोधन गर्दै सरकारले हचुवाको भरमा बजेट ल्याएको भन्दै विरोध जनाएका थिए । ‘यो बजेट आर्थिक हिसाबले गतिहीन छ, संघीयताको खिलापmमा छ, समृद्धिको लक्ष्यलाई आत्मसात नगरीकन आएको छ यो बजेटलाई यहीँ अवस्थामा स्वीकार गर्न सकिँदैन । सिङ्गो संघीयता प्रति नै नकारात्मक धारणा उठिरहेका बेलामा झन नकारात्मकता थप्ने गरि बजेट आएको छ । नागरिकको चाहना विपरीत बजेट आएको छ र समृद्धिको लक्ष्यलाई यसले भुलेको छ । बजेट एनजीओमुखी छ, एनजीओमार्फत फजुल खर्च उडाउने खालको छ । खरिद ऐनलाई छलेर फजुल खर्च गर्नका लागि कोसिस गरिएको छ । अनावश्यक जगेडा कोष राखेर झन दुरुपयोगको खतरा देखाएको छ । यसर्थ यो बजेटलाई यथास्थितिमा स्वीकार गर्न सकिंदैन । संघीयताको मर्मविपरीत निर्देशनालयहरू खारेज गरिनु गलत छ । गैरजिम्मेवार पूर्ण तरिकाले यस्ता निर्णय गरिएको छ जसलाई एमालेले स्वीकार गर्दैन । जनताका सरोकारका विषयमा छलफल नै गरिएन, योजना छनौटका लागि छलफल नै गराइएन । माननीय संग माग गरेका योजना समावेश नै नगर्ने भए किन माग गरिएको हो रु जनतालाई जवाफ दिन नसक्ने बजेट पनि किन ल्याउनु ? सरकारले बजेट मार्फत गन्तव्यहिनता प्रस्तुत गरेको छ । कृषि, पर्यटन, उद्योग र रोजगारी विकासमा जसरी ध्यान दिनुपर्ने थियो त्यो केही नसमेटिएको अचम्मको दस्तावेज पो आयो । सरकारले यो प्रदेशलाई कता लैजान खोजेको हो ? पूर्वसहमति र छलफललाई लत्याएर के दम्भ प्रदर्शन गर्न खोजेको हो ? के सरकार प्रदेशका जनताप्रति जवाफदेही नभएको हो ? संघीयताको असली कार्यान्वयनका लागि पहिलो कार्यकालमा जसरी ऐतिहासिक कामको सुरुआत भएको थियो । प्रदेशहरुमध्ये हाम्रो प्रदेश जसरी अब्बल बनेको थियो त्यो स्प्रिटलाई आत्मसात गर्नुपर्ने थियो । हामीले उठाएका विषय सम्बोधन हुन्छन् भन्ने ठानेका थियौं । जनताको आर्थिक अवस्थामा सुधार आउने र कम्तीमा पाँच वर्षपछि केही न केही रुपान्तरण भयो भन्ने अनुभूति गराउनुपर्ने थियो । प्रतिपक्षी दलका रुपमा हामीले यस विषयमा सदनमै समेत सहकार्यको प्रष्ट प्रतिबद्धता जनाएका थियौं । तर ती सबैलाई सरकारले वास्ता गरेन । समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ सरकारले बजेट ल्याएन । तसर्थ यो बजेटलाई हामीले मान्दैनौं । बजेट संसोधन हुँदैन भन्ने जस्ता बेकारका नजिरका कुरा नगरौं । यदि जनताको हितमा हुन्छ भने, त्रुटिपूर्ण विषय सच्याउने हो भने बजेट संशोधन जरुरी छ’–गिरीले आफ्नो सम्बोधनमा भनेका थिए ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने बताए ।

‘क्रमागत योजना कटौती गरेर बजेट आयो । प्रत्येक निर्वाचन क्षेत्रमा दुई÷दुई वटा थप योजना दिने सहमति गरेको थियो । ती योजनाहरु बजेटमा समेटिएको छैन । नीतिगत सहमति गर्ने र अर्को नीतिगत बेइमानी गर्ने काम भयो’, उनले भने, ‘सरकारको लिखित प्रतिवद्धता आयो भने मात्रै सदन चल्न दिन्छौं । सरकारले एकपछि एक झुट बोल्दै जाने, झुठको पुलिन्दा तयार पार्ने, झुठको घेरामा सरकार चल्न सक्दैन । सदन चल्न सक्दैन ।’

सदनमा रहेका १० दलमध्ये सरकार बाहिर रहेका एमाले र राप्रपाले बजेटको विरोध गरेका छन् । उता सत्तारुढ दलमै रहेका केही सांसदहरुले आफ्ना योजनासमेत काटिएकाले बजेट शंशोधनको कुरा उठाइरहेका छन् तर मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले उनीहरुका योजना समेट्ने आश्वासन दिएर आन्दोलन मत्थर पार्ने प्रयासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?