ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन
‘विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड

समूहबाट सहकारी हुँदै उद्यमतिर

यस सहकारीले दूध तथा दूधका परिकारहरू जस्तै– कुल्फि, पनिर, दहि, घ्यू, नौनी खोवा कफि, चिया, आइसक्रिम खरिद विक्री गर्दै आएको छ 
२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

बुटवल, जेठ - कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ कोपवामा महिला समुह स्थापना हुने लहर थियो । २०७१ साल पहिला केही महिलाहरू समूहमा जम्मा भएर थोरै भएपनि बचत गर्ने, समूहमा त्यो बचत रकम परिचालित गर्ने, कर्जा प्रवाह गर्ने, व्याज उठाउने र पुनः लगानी गर्ने गर्दै आएका थिए ।
सोही समयमा हेफर ईन्टरनेशनल नेपाल र मष्डो नेपालको सहयोगमा समूहबाट २०७१ साल चैत २ गते विधिवत रूपमा सहकारी दर्ता भयो । ‘विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड ।’ साविक कोपवा गा.वि.स, हेफर इन्टरनेशनल नेपाल, मेस्डो नेपाल कपिलवस्तुको साझेदारीमा संचालित साना किसान सवलीकरण परियोजना द्धारा गठित स्वावलम्वी समूहमा जम्मा २७ जना महिलाहरूको सहभागीतामा सुरु भएको यो सहकारी अहिले सिंगो कपिलवस्तु जिल्लाको मात्रै नभएर देशकै नमुना सहकारीको रूपमा स्थापना भएको छ । स्थापनाको ९ बर्षमा नै सहकारीले एउटा समूहले उद्योग सम्मको यात्रा तय गरेको छ । जसमा सबै महिलाहरूकै नेतृत्व, व्यवस्थापन, बजारीकरण हँुदै आएको छ ।
महिला सामाजिक उद्यमी समेत बनाउने योजना सहित सुरुवात गरिएका यी महिला समूहहरू जिल्लामा थिए । ०१ साल चैत २ गते २७ जना महिला सदस्यहरू रहेर स्थापना गरेको यो सहकारीमा अहिले ७४ वटा समूहमात्रै आवद्ध छन् । जसका शेयर सदस्यहरू १ हजार ३ सय ५७ जना जना आवद्ध भएर उद्यमशिलता प्रवद्र्धनका लागि काम गर्दै आएका छन् ।

अहिले यो सहकारीको नेतृत्व संहालीरहेकी छिन् तीनै २७ जना संस्थापक मध्येकी तुलसी थापाले । एउटा समूहबाट सहकारी, सहकारी बाट उद्यमशिलता सहित उद्योग सम्मको यात्रामा सफल भएको यो समूहले ९ बर्षमा समाजमा नै नमूना काम गरेको छ । महिलाहरू मात्रै रहेको सहकारीले हाल दूध उद्योग सञ्चालन गरेको छ नै गाउँघरमा खसी बोका बिक्री गर्ने केन्द्र समेत स्थापना गरेको छ । सहकारीका अध्यक्ष तुलसी थापाका अनुसार समूह स्थापना भएको अर्को बर्षदेखि सहकारी स्थापना भई हालसम्म पनि विभिन्न रचनात्मक काम अगाडि बढाएको छ । समूहबाट सहकारीमा सम्म गरेको तरक्कीको विषयमा देशबाट नै विभिन्न सहकारीकर्मी, अभियान्ताहरूले सहकारी भ्रमण गर्ने गरेका छन् ।

पहिला बचत गर्ने कर्जा लगानी गर्ने समुहको रूपमा रहेका महिलाहरूको बीचमा हेफरले दिएको उद्यमशिलता तालिमले उनीहरूलाई सहकारी मार्फत काम गर्ने गरी योजना बनेको हो । अध्यक्ष थापाका अनुसार १० वटा समूहबाट सहकारी सुरुवात भएको थियो । उपहार समूह ७३ वटा रहेका रहेका छन् ।
सहकारी स्थापनापछि महिलाहरूले गाउँमा उत्पादन भएको दूध र दुग्ध जन्य बस्तु बजारीकरणको लागि पहल गर्ने, गाउँमा उद्यमशिलता विकास गर्ने सोँच सहित वि.स. २०७३ सालमा सहकारीले उद्योग सुरुवात ग¥यो । गाउँमा उत्पादन भएको दूध संकलन गरी डेरी मार्फत बिक्री वितरण गर्ने गरी वि.स. २०७३ साल पुस १० गते डेरी उद्योग स्थापना भएको हो । आम्दानी गर्ने, किसानको दूध समेत बजारीकण गर्ने गरी महिलाहरू द्धारा नै उद्योग स्थापना भएको थियो ।
अहिले उद्योगले कुल्फी, दही, दूध, घिउ लगायतका पनिर सहित दुग्धजन्य बस्तु उत्पादन गरी बजारीकरण गर्दै आएको छ । १ सय ८६ लिटर दूध संकलबाट सुरुवात भएको थियो डेरीमा २२०० लिटर सम्म दूध संकलन भएको छ । अहिले सरदर ८ सय लिटर दूध संकलन हुने र चार नम्बर जितपुर सहित बुटवलका बजारमा समेत बजारीकरण हुँदै आएको सहकारीका कोषाध्यक्ष विना मल्ल बताउँछिन् ।
दैनिक रूपमा ५ सय देखि ८ सय लिटर दूध बुटवलको लुम्बिनी डेरी उद्योगले सहकारीबाट संकलन गरी ल्याउने गरेको छ । सहकारीले स्थापना गरेको दूध डेरी उद्योगमा क्रिम सपरेटर मेसीन जडान गरिएको छ भने खुवा, कुल्फी, पनिर समेत उत्पादन गरी बजारीकरण गर्दै आएको छ । सवारी चालक २ जना पुरुष कर्मचारी बाहेक अन्य सबै व्यवस्थापन, उद्योगका काम गर्ने सबै महिलाहरू नै रहेका छन् ।

विहानी ब्रान्डको दही, घिउ,पनिर समेत बजारीकरणको काम सहकारीले गर्दै आएको छ । मेसीन खरिद लगायतका विविध विषयमा हाल सम्म हेफर ईन्टरनेशनले ६६ लाख रूपैयाँ अनुदान उपलध गराएको छ । समुहले केही समय पहिला लुम्बिनीमा भएको राष्ट्रिय कार्यक्रममा स्वर्णीम प्रतिभा पुरस्कार बाट १ लाख ५० हजार रूपैयाँ प्राप्त गरेको थियो । सहकारीले ३ करोड लगातमा १५ धुर जग्गामा भवन बनाएको छ । पहिला तरकारी संकलन केन्द्रको रूपमा रहेको यो संकलन केन्द्रलाई मर्मत संहार गरी सहकारीले आफ्नो भवनको रूपमा प्रयोगगरेको हो । यद्यपी जग्गा उपलब्ध भएपनि उद्योग सहितको सहकारी भवन बनाउने योजना समेत बनाइएको छ ।
सहकारीको दुग्ध प्रसोधन उद्योग स्थापानका लागि नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलले पनि अनुदान प्रदान गरेको छ । उपकरण खरिदका लागि सहकारीलाई २८ लाख ५७ हजार ५ सय पास भएकोमा २१ लाख ८२ हजार ३ सय ६ रूपैयाँ अनुदान प्राप्त गरको थियो । जसबाट मेसीन उपकरण खरिद तथा भवन निर्माण गरिएको सहकारीले जनाएको छ । हेफर ईन्टरनेशनले नेपालको सहयोगमा पिकअफ बलेरो खरिदमा सहयोग प्राप्त गरेको सहकारी दूध ढुवानीमा सहजता यहिबाट प्राप्त गर्दै आएको छ ।

सहकारीमा हाल ८ जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् भने १ जनाले पार्टटाईम गरी ९ जनाले रोजगारी प्राप्त गरेका छन् । सहकारीका सचिव नर्मदा चुँदालीका अनुसार सहकारीले विभिन्न उत्पादनमुलक क्षेत्रमा राम्रो लगानी गरी सोही अुसारको प्रतिफल समेत प्राप्त गरेको छ ।
सहकारीले आफ्नो परिकल्पनामा वाणगंगा नगरपालिका भित्र रहेका महिलाहरूको चौतर्फी दिगो विकास गर्दै कृषि तथा पशु विकास महिला उद्यमी संस्थाको रूपमा स्थापित सहकारी संस्था बनाउने योजना बनाएको छ । यसको लागि वाणगंगा नगरपालिका भित्र बसोवास गर्ने महिलाहरूको आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रमा शसक्तीकरण गर्दै कृषि तथा पशु बिकास कार्यक्रम मार्फत आयआर्जनमा अग्रसर गराई समुदायको सकारात्मक परिवर्तन गर्दै स्वावलम्बी समाजको निर्माण गर्ने उद्देश्य रहेको अध्यक्ष थापाले बताईन ।

यसको अलवा सहकारी मूल्यमा आधारित सर्वाङ्गीण विकासका सिद्धान्तहरूमा आधारित रहि सामाजिक उद्यमको माध्यमबाट सदस्यहरूको आर्थिक सामाजिक तथा सांकृतिक विकास गर्दै स्वच्छ समृद्ध र न्यायोचीत समाजको निर्माण गर्न योगदान पुरÞ्याउने गरी सहकारी व्यवसाय संचालन गर्ने मूख्य उद्देश्य रहेको छ । वाणगंगा नगरपालिका मा गठन भएका ७४ वटा समूहका १३५७ जना महिला दिदी बहिनीहरू संगठित भएका छन् ।

संस्थाको शेयर पुँजी ४२ लाख ३८ हजार ८ सय रहेको छ । बचत १ करोड ८१ लाख ३० हजार ४ सय ८२ रूपैयाँ ९२ पैसा, ऋण लगानी रु.१ करोड ६५ लाख ६ हजार ५ सय ८९ रूपैयाँ ७६ पैसा र दूध तथा दुग्धजन्य पदार्थको खरिद रु १ करोड २८ लाख ९३ हजार ७ सय ९७ रुपियाँ रहेको छ । बिक्री रु. १ करोड ५५ लाख ७८ हजार ४ सय ८९ रूपैयाँ, दाना खरिद रु. ३२ लाख ८६ हजार १ सय ९९ रूपैया र बिक्री रु. ३२ लाख ४५ हजार ८ सय ८५ रूपैयाँ रहेको छ, त्यसैगरी २०७९ साल आषाढ मसान्त सम्म संस्थाको कुल पुँजी ३ करोड ८४ लाख २४ हजार २ सय ८५ रूपैयाँ ७८ पैसा भएको रहेको छ । सहकारीले महिला समूह समूह गठन गर्दा मासिक २० रूपैयाँ बचत गर्ने सदस्यले अहिले मासिक १ हजार सम्म बचत गर्न थालेका छौं । केही पशु नपालेका किसानहरू पशुपालनमा जोडीएका छन् । । १ / २ वटा बाखा पालेका किसानहरूले अहिले २० वटा सम्म बाख्रा पाल्दै आएका छन् ।

एउटा भैंसी पालेका कृषकले अहिले फर्म संचालन गरेका छन् र प्रसस्त रूपमा घाँसको बीउ उत्पादन, व्यवस्थित नर्सरी गरि व्यवसायी बनेका छन् । तरकारी किनेर खाने सदस्यहरूको करेसाबारी छ । करेसाबारी गर्दै आएका किसानहरू व्यवसायिक तरकारी खेतीमा लाग्नु भएको छ । हिजो हचुवाको भरमा अनुमान गरी बिक्री हुने खसी बोकाहरू आज जिउदो तौल गरी बिक्री हुन थालेका छन । सहकारीले दूध संकलन केन्द्र संचालन गरे लगतै पशुपालन कृषकहरू दूध व्यवसायी बनेका छन् र दूधमा वृद्धि भएको छ । समूह समूहमा रहेका महिला दिदी बहिनीलाई सहकारी मार्फत संगठित भएका हुन । यस सहकारीले दूध तथा दुग्धजन्य पदार्थको लेबलिङ्ग, प्याकेजिङ्ग गरि बिक्री गरिएको छ ।
नेपाल लाइभइस्टक सेक्टर इनोभेसन आयोजना बाट दूध प्रसोधनको लागि रु. २८ लाख ५७ हजार ५ सय पास भई रु. २१ लख ८२ हजार ३ सय ६ रूपैयाँ प्राप्त गरि मेसिन सामग्री खरिद, तथा भवन निर्माण सम्पन्न गरिएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा पिकअप बोलेरो खरिद गरि बुटवल बजारमा दूध बजारीकरण गरि कृषिजन्य जस्तै तरकारी,फलफूल, खसी बोका ढुवानी गर्दै आएको छ ।

यस सहकारीले दूध तथा दूधका परिकारहरू जस्तै– कुल्फि, पनिर, दहि, घ्यू, नौनी खोवा कफि, चिया, आइसक्रिम खरिद विक्री गर्दै आएको छ । मधौलीया उद्यान पार्कमा विहानी बिक्री केन्द्र खोली दूधका परिकारहरू बिक्री गरिएको छ पशुपालनका लागि चापट,सन्तुलित दाना, ब्रान खरिद विक्री गर्दै आएको छ । हेफर ईन्टरनेश्नल नेपालले आयोजना गरेको स्वर्णिम प्रतिभा पुरस्कारमा बिहानी सहकारी संस्थाले क्षेत्रीय पुरस्कार रु. १ लाख ५० हजार रूपैयाँ प्रप्त गर्न सफल भएको भएको छ ।
आगामी दिनमा सहकारीले पिक अप गाडीद्वारा दानाचापट उद्योगबाट खरिद गरि सुपथ मुल्यमा कृषकहरूको घर घरमा पु¥याउने ब्यवस्था गरिने गर्ने, हेफर ईन्टरनेशनल नेपाल र मेस्डोसँगको समन्वयमा पशु वस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरूको संस्था सवलीकरण कार्यक्रम निरन्तरता दिईने दिने, सहकारीले आफ्नै जग्गा खरिद गर्ने योजना बनाएको छ ।
वाणगंगा नगरपालिकाको सहयोग र समन्वयमा यस सहकारी मार्फत दूध बिक्री गर्ने उद्यमीहरूलाई उत्पादनमा आधारित अनुदान सहयोग उपलब्ध गराउन पहल गर्ने, आगामी दिनमा प्रतिदिन कम्तिमा २००० लिटर दूध संकलन गर्ने, शेयर सदस्य १३५७ बाट बृद्धि गरि १६०० जना गरिने छ । बचत १,८१,३०,४८२ बाट वृद्धि गरि २,५०,००,००० गर्ने लक्ष्य लिएको छ । सहकारीले २५ जना तरकारी उद्यमी शेयर सदस्यहरूलाई तरकारी तालिम संचालन गरि ५ जना सदस्यहरूलाई १०, हजार बराबर रकम शुन्य प्रतिशत व्याजदरमा प्रदान गर्दै आएको छ ।
नियमित बचत, बाल बचत, ऐच्छिक बचत, आबधीक बचत, सुनौलो भविष्य बचत र दिगो बचतलाई निरन्तरता दिदै आएको छ । वर्ष भेटेरिनरी पशु बिज्ञ केन्द्र तौलिहवाबाट दूध उत्पादनमा आधारित अनुदानमा रु. १० लाख २३ हजार ८ सय २ रूपैयाँ प्राप्त गरि किसानहरूलाई बैंक मार्फत वितरण गरिएको थियो । हेफर ईन्टरनेशन नेपालसँग समन्वय गरि १० जना सदस्यलाई ९ वटा पावरटेलर, हारब्यस्टर ९ वटा, बितरण गरिएको छ र संस्थालाई स्वइल टेस्ट किट र जियो कृषि कार्यक्रममार्फत ५५ ईन्चको स्मार्ट टि. भि. प्राप्त गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भैरहवाबाट अनुज्ञापत्र प्राप्त गरेको छ । जसबाट दही, ध्यु, दूध प्याकेजिङ्ग गरी बिक्री वितरण गर्न सहज भएको सहकारीका कोषाध्यक्ष बिना कुमारी मल्ल बताउँछिन् । सहकारीले आर्थिक बर्ष ७८÷७९ मा ९ लाख ८३ हजार २ सय ५४ रूपैया २१ पैसाले वृद्धि भई रु. १ करोड ६५ लाख ६ हजार ५ सय ८९ रूपैयाँ ७६ पैसा कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?