Logo
२४ जेष्ठ २०८०, बुधबार

‘किसानलाई स्वरोजगार बनाउँछु’


झविन्द्र फुल्लेल प्रदेश सभाका लागि अर्घाखाँचीबाट उम्मेदवार बनेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् । निर्वाचनको मिति नजिक आईरहदा फुल्लेल आफना एजेन्डाहरु जनता माझ मत मागिरहेका छन् । यसै सेरोफोरोमा रहेर फुल्लेसँग गरिएको कुराकानीको सारसंक्षेप ।

तपाईंको उम्मेदवारी के का लागि ?

मेरो उम्मेदवारी यो क्षेत्रको समग्र विकासका लागि हो । यहाँ हिजो जितेकाहरुले पटक पटक धोका दिएका छन् । त्यसका लागि मेरो उम्मेदवारी हो । जमिन बाँझो छ प्लस टु पढ्ने विद्यालय रित्तिन लागिसक्यो । सबै युवाहरु खडी जानुपर्ने बाध्यता सृजना भएको छ । त्यसलाई रोक्नु पर्ने छ । यो क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाएर गााउँमै रोजगारी दिन सकिन्छ तर त्यसका लागि योजना छैन । यो क्षेत्रको समग्र विकास हेर्दा अत्यन्त दयनीय अवस्थामा छ । यहाँको सडक जता हेरे पनि धुलाम्य छन् । शिक्षा र रोजगारी प्रत्येक नेताका चुनाव जित्न एजेन्डा मात्रै बनेका छन् त्यसलाई रोकेर । गाउँमै रोजगारी सृजना गर्ने उद्देश्य छ । युवालाई स्वदेशमै राखेर विकास गर्नेका लागि मेरो उम्मेवारी रहेको छ ।

मतदाताले तपाईलाई के प्रश्न गरिरहेका छन् ?

पहिलो कुरा घरदैलोमा पुग्दा धेरै मतदाताहरुले पुरना नेता जस्तै त होइनौ नि भनेर प्रश्न गरेका छन् । उहाँहरुलाई मैले मेरो योजना र एजेन्डाहरु बताएर मत मागिरहेको छु । यहाँ सम्म कि मलाई धेरै अरु पार्टीका कार्यकर्ताहरुले भोट दिएर जिताउनु हुनेछ । मतदाताहरुले विगतमा जिताएकाहरुबाट आफुहरुले धेरै पटक धोका खाएको भनदै नयाँलाई भोट दिने वचन दिनु भएको छ । त्यसैले पनि मैले मेरो जित नजिक देखेको छु ।

तपाईले चुनाव जित्ने आधारहरु के के छन् ?

पहिलेका यस क्षेत्रका नेताहरुले गरेको कमजोरी नै मैले जित्ने आधार हो । मैले जनताका लागि काम गर्ने प्रतिवद्धताहरु गरेको छु । त्यसलाई पनि जनताले राम्ररी बुझ्नु भएको छ । त्यसैले हलो चिन्हमा भोट दिएर मलाई जिताउनु हुन्छ । मैले यस क्षेत्रलाई हरेक हिसावले राम्रो र विशोष गरी कृषिमा नयाँ प्रविधि भित्र्याएर यहाँका हरेक किसानलाई स्वरोजगार बनाउने उद्देश्य बोकेको छु । आफ्नो अवस्था फेर्नका लागि पनि जनताले मलाई मत दिन्छन् भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन