ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश
टुडे वार्ता

‘राप्ती करिडोर निर्माण मेरो मुख्य एजेण्डा हो’

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणी चौधरी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । दाङ क्षेत्र नम्वर १ गढवा गाँउपालिका ३ मानुरमा जन्मेका चौधरीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन । नेकपा एमालेको विद्यार्थी संगठनदेखि केन्द्रीय सदस्य समेत रहिसकेका चौधरी हाल चुनावी अभियानमा व्यस्त छन् । उनी २०७४ सालमा नेपाली काँग्रेसकी सुशीला चौधरीलाई पराजित गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले दोस्रो पटक दाङ क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । प्रस्तुत छ–निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर चौधरीसँग गरिएको कुराकानी ।

तपाइले सांसद भएर पहिलो पाँच वर्ष के गर्नुभयो, जसका कारण दोहोरिन चाहानुहुन्छ ?

–संसद भनेको विकास भन्दा पनि कानुन बनाउने थलो हो । मैले यसभन्दा अगाडि मुक्त कमैया, सुकुम्वासीहरु, मुक्त कम्लरीका लागि कानुन बनाउन सफल भएको छु । त्यसका साथै खरको छाना विस्थापित, राप्ती नदीको दुवै तर्फ पूर्णरुपमा तटवन्ध गर्नका लागि केही काम भएका छन् । गर्न बाँकी रहेका काम पुरा गर्न र हामीले बनाएका कानुनलाई कार्यान्वयनका लागि मेरो उम्मेदवारी हो ।

के एजेण्डा लिएर मतदाताकहा पुग्दै हुनुहुन्छ ?

–मेरो पहिलो एजेण्डा भनेको राप्ती करिडोर निर्माण हो । ६६ किलोमिटर करिडोर निर्माण गरी राप्ती नदीको वारी पारि शहर निर्माण गर्ने र राप्ती नदी नियन्त्रणका लागि तटवन्ध गर्ने दोस्रो योजना हो । त्यसका साथसाथै नेपालमै नभएको विकास पोडवेय आधुनिक केवलकार सन्चालन, नाकामा पुग्ने ४ वटै सडकको स्तरेन्नती र भूमिहीन सुकुम्वासी समस्या समाधानदेखि, पूर्णरुपमा खरका छाना विस्थापित रहेका छन् । दाङ भूमिहीन सुकुम्वासीहरुको क्षेत्र पनि हो । त्यसकारण उनीहरुको सम्पूर्ण अधिकार राज्यले ग्यारेन्टी गर्नुपर्छ । म निर्वाचनमा विजयी भएँ भने पहिलो कार्य उनीहरुका लागि कानुन बनाउने र बनाएको कानुन कार्यान्वयनमा जोड दिन्छु ।

त्यसका साथसाथै जनताले प्रदेश राजधानीको अनुभूति गर्ने गरी राजधानी व्यवस्थापन गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका एजेण्डा छन् । मेरो प्राथमिकतामा राप्ती तथा अन्य नदीमा तटवन्ध, युवालाई रोजगारी, महिलाहरुलाई आत्मनिर्भर वनाउने रहेका छन् ।

निर्वाचनमा तपाइलाइ विश्वास गर्नु पर्ने कारण के ?

म पटक पटक सांसदमा गएको छु । तपाइ देख्न सक्नु हुन्छ शिक्षाका लागि सवै जसो विद्यालय, क्याम्पसमा बजेट विनियोजन गरेको छु । स्वास्थ्यमा वजेट छुट्टयाएको छु । मैले सामाजिक आन्दोलन र संसदमा खेलेको भूमिका मेरो निर्वाचन क्षेत्रका वासिन्दाले राम्रोगरी थाहा पाउनु भएको छ । मलाई विश्वास छ फेरि पनि मलाइ विश्वास गरेर विजयी बनाउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?