ट्रेंडिंग:

>> पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको जीप दुर्घटनामा तीनजनाको मृत्यु >> चिनियाँ मन्त्रीसंग व्यवसायीको अनुरोध : गौतमबुद्ध विमानस्थलमा नियमित उडान गरिदिनुस् >> प्रदेश संरचना दलहरुका तेस्रो तहका नेता थन्काउने थलो : गृहमन्त्री >> कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु >> कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव >> सल्यानको कालिमाटी—५ कर्णालीकै पहिलो पोषणमैत्री वडा घोषणा हुँदै >> अत्यधिक गर्मीका कारण दाङका विद्यालय दुइदिन बिदा >> अत्यधिक गर्मीका कारण दाङमा विद्यार्थीहरु बेहोस >> विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर >> चन्द्र माविका भूपू विद्यार्थीहरुको पुनर्मिलन >> क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग (भिडियोसहित) >> प्रेमी जहीरसँग विवाह गर्दै सोनाक्षी >> पार्टी फुटाउने प्रयास भयो- माधव नेपाल >> उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित >> दाङबाट काठमाडौं जाने बस सैनामैनामा दुर्घटना, ४३ घाइते >> विश्व बालश्रम बिरुद्धको दिवस >> सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस >> वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द >> शिवराजमा क्यूआर कोडबाटै वडाको सुबिधा >> विद्यालयमा सामग्री पाएपछि खुशी >> रोल्पाका सबै स्थानीयतह पूर्ण खोप सुनिश्चित >> किसानलाई दूधको भुक्तानी १५ दिनमै >> तिलोत्तमाको अति विपन्न नागरिक बिमा कोषः विपन्नका लागि वरदान बन्दै >> यातायातका उपसचिव सुन्दर भट्टराई भ्रष्टाचारी ठहर, ३ महिना कैद >> नेपालविरुद्ध श्रीलंका : वर्षा रोकियो, मैदान निरीक्षण हुँदै >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> युके अध्ययनमा युवाको चासो >> ब्युटिसियन तालिमको समापन गर्न संघीय मन्त्री चौधरी नवलपुरमा >> राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान >> विविध कार्यक्रम गरी सरसफाई सप्ताहको समापन >> माधव नेपालका भान्जासहित तीनजना निश्कासित >> तिलोत्तमामा नमुना कृषकलाई प्रोत्साहन गर्न अनुदान >> बास्केटबल खेलाडी बिदाई >> गैंडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाई >> बुद्ध पब्लिकमा जुरेस र बाल क्लब गठन >> प्रादेशिक अस्पतालमा ब्लड बैक खोल्न रक्तदाताहरुको माग >> मेडिटेक अस्पतालको रक्तदानमा ५१ प्वाइन्ट रगत संकलन >> नेपालमा मानवअधिकारको अवस्था सुध्रिएन >> विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै >> असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी >> आगामी तीन दिन तातो हावाको लहरबाट जोगिन आग्रह >> टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै >> जीवी राईलाई छिटो पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग >> बुटवल उपमहानगरले किन रोक्यो कार्यक्रमबापतको भुक्तानी ? अख्तियार भन्छ–कार्यक्रमको भुक्तानी रोक्न मिल्दैन >> प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा सदनलाई जानकारी गराउन एमालेको माग >> दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गरिने >> ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न गिरीबन्धुको फाइल कहिले खुल्छ ? >> मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ? >> राप्रपाका लुम्बिनी प्रदेश सांसद यादवको निलम्वन फुकुवा >> टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

अबैध दोहन नियन्त्रणमा किन बेवास्ता ?

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

रूपन्देही जिल्लाका नदीहरूबाट अबैधरूपमा नदीजन्य पदार्थको दोहन बढिरहँदापनि सम्वन्धित पालिकाहरू मौन बस्नु आश्चर्यको बिषयमात्र होइन, त्यसभित्र ठूलै आर्थिक चलखेल रहेको आशंका गरिएको छ । बिगतमा नदीजन्य पदार्थको दोहन कुनैपनि अवस्थामा मान्य हुँदैन भन्दै चर्को भाषण गर्ने जनप्रतिनिधिहरू यतिबेला अबैध दोहन भैरहँदा पनि मौन छन् । पालिकाहरूले विभिन्न नदीहरूबाट बालुवा, गिट्टी र मिस्कट निकाल्न ठेक्का लगाएका छन तर मापदण्डभन्दा बाहिर गएर नदीको दोहोलो काढ्दा समेत पालिकाका जनप्रतिनिधिहरू चुप बस्नु चिन्ताको बिषय हो । नदीबाट अबैध दोहनको काम अति नै भएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले मापदण्ड विपरित नदीजन्य पदार्थ निकासी भैरहेको भन्दै जिल्लाका स्थानीय पालिकाहरूलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका प्रमुखलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्देशन दिनुभएको छ । यी पाँच स्थानीय तहका खोलाबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । उत्खनन्का क्रममा नियम र कार्यविधि भन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन् हुँदा पालिकाका प्रमुखहरू मौन रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निर्देशन नै दिनुपरेको छ । कमाउनेहरूका लागि यो अति सुनौलो अवसर हो । किनभने नदीजन्य पदार्थमा करोडौंको कारोबार हुन्छ । जनप्रतिनिधिहरू सम्वन्धित ठेकेदार पक्षसंग मिलेर कमाउने दाउमा रहेको आशंका उत्पन्न हुनु स्वाभाविक हो । यद्यपि सवै जनप्रतिनिधि एउटै प्रकृतिका नहोलान् तर उनीहरूको मौनताले प्रश्न उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरेर निर्देशन दिनुपर्ने अवस्था आउने भनेको सामान्य कुरा होइन । तसर्थ जहाँ जहाँका नदीबाट उत्खनन भैरहेको छ, ती क्षेत्रका पालिका प्रमुखमाथि शंकाको बादल मडारिएको छ । जिल्ला प्रशासनले समेत पालिकाका प्रमुखहरूलाई तोकेरै निर्देशन जारी गरेको छ । जिल्ला समन्वय समिति रूपन्देहीले नदीजन्य पदार्थको उत्खनन्का क्रममा घाट गद्धि नगरी सिधै क्रसरमा लैजाने र तोकिएको ठाउँ भन्दा बाहिर गएर घाटगद्धि गर्ने भन्दै अनियमितताको आशंका गरेको छ ।

जिल्ला समन्यव समितिले सबै ठाउँको माल अनुगमन गरे पश्चात मात्रै विक्री आदेश दिने नीतिबाट दायाँबायाँ नहोस् । अहिले ती खोलाबाहेक अरू नदीहरूबाट पनि ढुंगा, गिट्टी र बालुवाको अवैध दोहन बढिरहेको छ । नदीजन्य पदार्थमा भैरहेको मनमौजी अहिलेमात्रै होइन, धेरै पहिलेदेखि चल्दै आएको छ । यही प्रकारले नेपालका नदीजन्य बस्तुको खुलेयाम दोहन हुने हो भने चुरेले निम्त्याउने समस्या दिर्घकालीन चुनौति वन्ने अवस्था देखिदैछ । यसअघिका स्थानीय तहका जनप्रतिनिधिको कार्यकालजस्तै नयाँ जनप्रतिनिधिको कार्यकाल पनि प्राकृतिक सम्पदाको दोहनकै सेरोफेरोमा बित्ने संभावना देखिएको छ । उपलब्ध प्राकृतिक स्रोतको सदुपयोग र दोहनका बीचको दुरी कम गर्न नसक्ने हो भने निश्चितरूपमा यो समस्या भयानक समस्याका रूपमा देखापर्नेछ । स्थानीय तहले नदीजन्य पदार्थलाई आयस्रोत बनाउनु अनुचित होइन । तर, उत्खननका नाममा दोहन चिन्ताको कुरा हो । पहिलेदेखि यही क्षेत्रलाई आँखा लगाएकाहरूले जनप्रतिनिधिलाई हातमा लिएर दोहन गरिरहेका छन । रूपन्देहीमा नदीजन्य सामाग्रीको अवैध दोहन बढिरहँदा पनि सम्वन्धित पक्षको मौनता रहस्यमय छ । खासगरी जनप्रतिनिधिकै संलग्नतामा यस प्रकारका काम भैरहेको स्थानीय जनताको गुनासो छ । अतः अवैध दोहन नियन्त्रणमा पालिकाका प्रमुखहरूको ध्यान जाओस् । जिल्ला प्रशासन कार्यालयले अवैध दोहन नियन्त्रणको लागि आफै पनि पहल गरोस् । गलत भएको छ भने कारवाही गर्ने काममा प्रशासन नचुकोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?