ट्रेंडिंग:

>> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै

ज्येष्ठ नागरिकलाई श्रृंखलाबद्ध सास्ती

२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

राष्ट्रिय परिचयपत्रका नाममा ज्येष्ठ नागरिकलाई सास्ती दिने काम सुरू भएको छ । यो वा त्यो नाममा हुने गरेको ज्येष्ठ नागरिकमाथिको सास्ती पछिल्लोपटक राष्ट्रिय परिचयपत्रका नाममा सुरु भएको छ । ७० बर्ष नाघेका सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकहरू अहिले प्रशासन कार्यालय धाउन विवस छन । उनीहरूको एउटै गुनासो छ– पाएको सुविधा गुम्ने हो कि भन्ने । नागरिकताबाटै अहिलेसम्म भत्ता बुझ्दै आएका नागरिकलाई राष्ट्रिय परिचयपत्रको झ्याउलो लगाउने काम राम्रो होइन । राष्ट्रिय परिचयपत्रको काम उनीहरूका लागि अरू कुनै प्रयोजनमा प्रयोग हुने देखिदैन् । त्यसो त बृद्धबृद्धाले नागरिकता लगायतका विभिन्न कागजात बनाउँदा अनावश्यक दुःख र झन्झट व्यहोर्नुपर्ने स्थिति अहिले पनि अन्त्य हुन सकेको छैन । गृह प्रशासनका कर्मचारीहरू आफूहरूलाई उपल्लो र शक्तिशाली दर्जाका कर्मचारीको रूपमा बुझ्ने र बुझाउने गर्दछन् । शक्ति र सत्ताको अनुभूत गर्ने गृह मन्त्रालयका कर्मचारीहरूले कुन हदसम्म लापरबाही गर्छन् भन्ने कुरा बृद्धबृद्धाको सास्तीबाटै थाहा हुन्छ ।
नागरिकता भनेको राज्यसँगको व्यक्तिको सम्बन्धको प्रमाणपत्र हो, राज्यले उपलब्ध गर्ने सबै प्रकारको सेवा र सुविधाको आधार हो । यसैलाई आधार मानेर अहिलेसम्म सरकारी कामकाज भैरहेको छ तर राष्ट्रिय परिचयपत्रका नाममा ज्येष्ठ नागरिकलाई दिने सास्ती भनिसाध्य नै छैन । अहिले ज्येष्ठ नागरिकसंगै सर्वसाधारणले राष्ट्रिय परिचयपत्र लिन प्रशासन कार्यालयमा अनेक झन्झटसँगै व्यक्तिगत जीवनसँग जोडिएको अनेक विषय सोधेर हैरान बनाउने गरेको धेरैको गुनासो रहेको छ । भएको कागजातलाई हेरेर निर्णय नगर्ने र नभएको कागजात खोजेर हरेक सेवाग्राहीलाई अनावश्यक शंका गर्ने प्रशासनका अधिकारीहरूको स्वाभाविक स्वभाव नै भइसकेको छ । यस किसिमको भोगाइको सापेक्षतामा ज्येष्ठ नागरिकले सास्ती पाउनु कहाँसम्मको न्यायिक हो ? तसर्थ अहिले राष्ट्रिय परिचयपत्रका नाममा दिइएको सास्ती कुनैपनि अवस्थामा राम्रो होइन । त्यसमाथि ज्येष्ठ नागरिकलाई आतंकित बनाउने काम भैरहेको छ । सामान्य सिफारिसका लागि समेत दुःख पाउन बाध्य उनीहरू सरकारको पछिल्लो निर्णयले झनै सास्ती भोग्न बाध्य भएका छन् । सरकारको यो कृयाकलापले सानालाई ऐन, ठूलालाई चैन भन्ने उखानलाई फेरि एकचोटि चरितार्थ गरिदिएको छ । ज्येष्ठ नागरिक अधिकांश पढ्न लेख्न जान्दैनन, उनीहरू अनेक रोगबाट ग्रसित छन ।

वडा कार्यालयसम्म जान पनि उनीहरूलाई सकस हुने गरेको छ । त्यसमाथि धेरै ज्येष्ठ नागरिक आफ्नै घर परिवारबाट अपहेलित छन । राष्ट्रिय परिचयपत्र वनाउन घर परिवारले पनि असहयोग गरेको अवस्था देखिएको छ । यस्तो अवस्थामा परिचयपत्र बनाउनु उनीहरूका लागि फलामको च्यूरा चपाएसरी छ । गृहमन्त्री रबि लामिछानेले जति सहजरूपमा राष्ट्रिय परिचयपत्रको कुरा गरे, त्यति सहज छैन । अहिले पालिकाहरूमा घुम्ति शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउने काम भैरहेको छ तर ज्येष्ठ नागरिकले ४०/५० बर्ष अघि निकालेको नागरिकतामा कहिँकतै केरमेट वा नबुझिने भएमा पुनः अर्को नागरिकता बनाउन बाध्य पार्ने गरिएको छ । यस प्रकारको कृयाकलापले ज्येष्ठ नागरिक झनै प्रताडित भएका छन । ४०÷५० बर्ष अगाडीको नागरिकता सुरक्षितसाथ राखेपनि मसी सुक्दै गएर नबुझिने हुन्छ । त्यो अवस्थामा ज्येष्ठ नागरिक नागरिकताको प्रतिलिपि बनाउन प्रशासन कार्यालय धाउन बिबस छन । अर्थात उनीहरूलाई येनकेन प्रकारेण दुःख दिने काम भैरहेको छ । प्रशासनमा ज्येष्ठ नागरिकहरूको घुँईचो लाग्ने गरेको छ । एकातिर परिचयपत्रको नाममा सास्ती र अर्कोतीर नागरिकताको प्रतिलिपिको झ्याउलोले ज्येष्ठ नागरिक समस्यामा छन् । ७० बर्षमाथिका नागरिकलाई नागरिकताकै आधारमा सामाजिक सुरक्षा भत्ता दिदैमा के बिग्रिन्थ्यो ? प्रष्ट छ– अनेक बहानामा नागरिकलाई सास्ती दिने काम भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?