ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ?

किसान रुवाएर समृद्धि आउला सरकार ?

२४ असार २०८१, सोमबार
२४ असार २०८१, सोमबार

दूध उत्पादक किसानले महिनौदेखि सरकारले दूधको बक्यौता रोक्दा आन्दोलन गर्दै आएका छन । किसानको आन्दोलन महिनौंदेखि भैरहेको छ तर सरकार मूकदर्शक छ । सरकारी संस्थान दुग्ध बिकास संस्थान किसानबाट खरिद गरेको दूध नगदमा विक्री गर्ने तर किसानलाई बाँकी बक्यौता राखेर महिनौंसम्म दुःख दिने काम गरिरहेको छ । मानौं किसानले दुःखजिलो गरेर विक्री गरेको दूधको लागत शून्य छ । किसान महंगो दाना र घाँस अनि पसिना चुहाउने श्रम गरेर दूध उत्पादन गरिरहेका छन । सरकार भने तिनै दूध उत्पादक किसानलाई महिनौंसम्म भुक्तानी रोकेर कृषि सम्मृद्धिको नारा दिईरहेको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान दूध र दूधजन्य पदार्थ उधारोमा हैन, नगदमा बेच्छ । संस्थानले त्यसबाट आएको पैसा कर्मचारी तथा आफ्नो व्यक्तिगत सुविधामा लगाउँछ । तर किसानलाई दूधको भुक्तानी दिन भने ताकेता लगाउँछ । उता सरकारले दिनुपर्ने पशु तथा कृषि बिमा प्रिमियमबापतको रुपियाँ पनि किसानलाई दिएको छैन जबकि सरकारबाट यस्तै सुविधा पाउने आशामा किसानले कृषि र पशुपालनमा मेहनत गरेका थिए । नेपाल कृषिप्रधान देश हो । जसको आर्थिक मेरुदण्ड नै कृषि हो । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यो क्षेत्रको योगदान करिब २४ प्रतिशत छ । एकातिर मुलुक कृषिले धानिएको छ, अर्कोतिर युवाहरू विदेशिने र सहर छिर्ने क्रम बढेकाले कृषि उत्पादन घट्दै गएको छ । खेती बाँझो भो भनेर सरकारी पदाधिकारी र नेता आफैं रुवाबासी गरिरहेका छन् । यस्तो अवस्थामा कृषि क्षेत्रलाई आकर्षित तुल्याई यसमा लागेकालाई टिकाउने र अरू थप किसानलाई भित्राउने काममा सरकारको ध्यान पुग्नुपथ्र्यो तर विडम्बना किसानलाई हतोत्साहित गरि कृषि क्षेत्रलाई नै अवहेलना गर्ने गरिएको छ ।

अहिले वास्तविक किसानले अनुदान समेत पाउन मुस्किल छ । सरकारले अनुदान घोषणा गर्ने तर त्यस्तो अनुदान वास्तविक किसानलाई भन्दा कागज मिलाउनेलाई दिने गरिएको छ । वास्तविक किसानले अनुदानको कुनैपनि प्रोत्साहन पाउन सकिरहेका छैनन् । सरकार आफैँले घोषणा गरेका कार्यक्रम र प्रतिबद्धता विपरित काम गर्ने, बिचौलिया र कर्मचारी किसानका नाममा राखिएका सुविधा फर्जी कागजातका आधारमा हडप्ने जस्ता कार्यले मुलुकको कृषि उभो लाग्न सक्दैन । यसतर्फ नेपालका नीति निर्माता, सरकार, सामाजिक अभियन्ता, नागरिक समाज कसैको पनि ध्यान पुगेको छैन । तीन तहका सरकारले कृषिलाई प्राथमिकतामा राख्नै सकेनन् । उल्टो सरकारी संस्थाले अर्बौं पैसा दूध किसानको भुक्तानी नगर्दा पनि सरकार बेखबर छ । सरकारलाई कुनैपनि चिन्ता र चासो छैन । दूध उत्पादक किसानहरू आन्दोलन गर्न बाध्य हुनु वास्तवमा बिडम्वना हो । कृषि प्रधान देश नेपालको पहिचान अहिलेसम्म धेरथोर बाँकी छ तर यही अवस्था हो भने नेपाल अब कृषि प्रधान देशबाट बाहिरिने अवस्था देखिदैछ । छिमेकी मुलुक भारतले किसानलाई अनुदान दिन्छ । अन्य विकसित राष्ट्रले समेत किसानमैत्री कार्यक्रम मात्र ल्याउँदैनन्, किसानलाई उच्च सम्मानसमेत गर्छन् । खासमा हुनुपर्ने पनि यही हो तर नेपालमा किसानलाई आएको अनुदानमा भागबण्डा हुन्छ । किसान सबैभन्दा महत्वपूर्ण र सम्मानित व्यक्ति हुनुपर्नेमा उसैलाई रुवाउने सरकारी व्यवहार निन्दनीय छ । यस प्रकारको कामको जति भत्र्सना गरेपनि कम हुन्छ । निदाएको सरकारलाई सोध्नुपर्ने भएको छ– के सरकार किसानलाई रूवाएर देशमा सम्मृद्धि आउँछ ? चर्को गर्मीमा पसिनाको धारा चुहाउँदै उत्पादन गरेको दूधको भुक्तानी पाउन आन्दोलन नै गर्नुपर्ने नियति किन आईप¥यो ? सरकारले जवाफ दिनुपर्छ । देशका किसानप्रति अलिकति पनि दया माया छ भने तत्काल दूधको बक्यौता रकम भुक्तानी गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?