ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

खोज र नष्ट गर अभियानमा किन ढिलाई ?

२८ जेष्ठ २०८१, सोमबार
२८ जेष्ठ २०८१, सोमबार

नेपालका ६९ वटा जिल्लामा यो बर्ष डेंगु सङ्क्रमण पुष्टि भैसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका अनुसार सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टी भएपनि नियन्त्रणको अभियानमा भने यो बर्ष ढिलाई भैरहेको छ । स्वास्थ्य कार्यालय तथा पालिकाहरूले हरेक बर्ष यही बेला लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्थे तर यो बर्ष अहिलेसम्म त्यो अभियानको छेउटुप्पो लागेको छैन । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन सुझाव दिएका छन । स्वास्थ्यकर्मीहरूले लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँ सफा गर्ने, पानी राख्ने भाँडाहरू बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न आग्रह गरेका छन । मौसमविदहरूले नेपालमा अवको केही दिनभित्रै औपचारीक रूपमै मनसुन प्रवेश गर्न लागेको बताईरहँदा मनसुनले ल्याउने अनेक प्रकारका जोखिम नियन्त्रणमा सावधानी जरुरी छ । मनसुन प्रवेशसंगै बाढी पहिरो र डुबानको खतरा उत्पन्न हुन्छ । तराईमा हुने डुवानले लामखुट्टेको प्रकोप बढ्ने समय आएको छ । नेपालमा बर्षेनी डेंगुको प्रकोप बढ्दै गएको छ । यो बर्ष डेंगुले आफ्नो प्रभाव फैलाउने समय आईसकेको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ ।

तराईका जिल्ला त्यसमा पनि चितवन, रूपन्देही, नवलपरासी र कपिलवस्तु, दाङ, रौतहट, सर्लाही लगायतका जिल्ला डेंगु रोगको संभावित जोखिमयुक्त जिल्ला हुन । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ । पालिकाहरूले पनि डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान चलाउनुपर्ने छ । यद्यपि यो अभियान चलाउन ढिलाई भैसकेको छ । गएका वर्षहरूमा विभिन्न जिल्लामा डेंगुको संक्रमण फैलिन नदिनकालागि लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन भैसकेको थियो । यो बर्ष अभियानमा ढिलाई भएको छ । अव जिल्ला स्वास्थ्य कार्यालयमात्र होइन, पालिकामात्र होइन, स्वयं प्रदेश सरकार र संघीय सरकारले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम संचालन गर्नुपर्दछ । डेंगु नियन्त्रणका लागि सवैको सामूहिक प्रयत्न पनि आवश्यक छ । समाजका हरेक तह र तप्काबाट आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिनेतर्फ सचेत बनौं । डेंगु भनेको लामखुट्टेले टोकेर हुने भयावह रोग हो । यसको संक्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको संक्रमण बढ्न सक्छ । तसर्थ डेंगुले मानिसको ज्यान समेत लिन सक्ने भएकाले यो विषयमा ढिलाई गरेर बिषयको गाम्भीर्यतालाई नजरअन्दाज गर्न मिल्दैन । अतः डेंगुबाट बच्ने हो भने घर वरिपरी फोहर पानी जम्न नदिऔं । चिकित्सकहरूले भनेजस्तै गरि झुलको प्रयोग गरौं । र, डेंगु नियन्त्रणको अभियान चलाउन ढिलाई नगरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?