ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

पुजार सार्की र नेपालको यथार्थता

२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

नेपाली कथानक चलचित्र पुजारसार्की नेपाली दर्शकमाझ निकै लोकप्रिय बन्न सफल भएको छ । दर्शकले रुचाएको चलचित्रको सूचिमा पुजारसार्कीपनि परेको छ । नेपालको अहिलेको वास्तविक जीवनको चरित्र पुजारसार्की चलचित्रले बोकेको छ । नेपाल जति नै छुवाछुत मुक्त देश भनिएपनि त्यो व्यवहारमा अझै लागू नभएको कुरा पुजारसार्की कथानक चलचित्रले प्रस्तुत गरेको छ । पुजारसार्की त निर्माताले जस्तो बनायो त्यस्तै पर्दामा उतारिएको छ, त्यो भन्दापनि बढी जातीय विभेदको खाडल नेपाली समाजमा छ । पुजारसार्की नेपालको वास्तविकमा आधारित यथार्थबादी चलचित्र हो । चलचित्रमा प्रस्तुत कथा नेपाली समाजको वास्तविकतासंग मेल खान्छ । दलित र गैर दलितबीचको प्रेम सम्बन्ध र अन्तरजातिय विबाहलाई मूल कथा बनाइएको छ । नेपालबाट अझैपनि बालविवाह, छाउपडी प्रथा, उचनिच, बिभेद लगायतका कुप्रथा हट्न सकेको छैन । त्यसैगरी बोक्सीको आरोपमा कुटपिटका घटना पनि न्यूनीकरण हुन सकेको देखिँदैन । समाजमा यस्ता अन्धविश्वासी कुप्रथाहरूले सदियौंदेखि जरा गाडेर बसेको छ । यसलाई उन्मूलन गर्न नसकिएपनि न्यूनीकरण भने अवश्य गर्न सकिन्छ । यसका लागि जनचेतना नै पहिलो आवश्यकता हो । पुजारसार्की चलचित्रले नेपाली समाजमा चेतनाबृद्धिमा धेरथोर योगदान पु¥याउँछ । बिडम्बना यतिखेर नेपालले राजनीतिक हिसाबले धेरै कोल्टे फेरिसकेको छ । देश राजनीतिक रूपमा धेरै माथि बढ्यो तर समाज जहाँका तहीँ छ । अतः समाजमा रहेका यस्ता कुप्रथाहरू नियन्त्रण गर्नु जरुरी छ । त्यसो त कुप्रथा, अन्धविश्वास र रुढीबादी जनचेतना एवं शिक्षाको कमी भएका स्थानहरूमा बढी देखिएका छन् । नेपाली समाजमा बालविवाहका घटनाका न्यूनिकरण हुन सकेको छैन । २० बर्ष पारी बिहाबारी भनिएपनि दुर्गम बस्तीमा १५–१६ बर्षकै उमेरमा विवाह गरिदिने चलन छ । त्यसमाथि अन्तरजातीय विवाहलाई कुनैपनि मानेमा स्वीकार नगर्ने समाज हाम्रै छ । दुर्गम बस्तीमा जातीय विभेदको घटना अझै धेरै हुने गरेका छन ।

पुजारसार्कीमा देखाएजस्तै दलित र गैर दलितबीचको प्रेमलाई कुनैपनि मानेमा स्वीकार नगर्ने अवस्था कायमै छ । नेपाली समाज जति नै परिवर्तनशील, उन्नत र बिकसित भएपनि जातीय छुवाछुतको प्रथा सजिलै हटने अवस्था देखिदैन् । पुजारसार्की चलचित्रमा यी धेरै बिषयबस्तुलाई कथामा टपक्क उनेर पर्दामा उतारिएको छ । रुढीबादी अन्धविश्वासले नेपाली समाज जकडिएको छ । बोक्सी, भुतप्रेतको नाममा समाजमा उपल्लो जातिले तल्लो जातिलाई यातना दिने काम अझै रोकिएको छैन । बिज्ञानले बोक्सी र भुतप्रेत अस्वीकार गर्दछ तर नेपाली रुढीबादी समाज त्यसैको जरोमा टेकेर समाजका छिद्र खोतल्न तल्लिन छ । चलचित्र पुजारसार्कीले नेपाली समाजको वास्तविकता पस्किएको कुरामा कुनै बिबाद छैन । जातीय र सामाजिक रूपको अन्धविश्वास तोड्नेतर्फ अव अघि बढ्नैपर्दछ भन्ने चलचित्रको सन्देश हो । चलचित्रले सही बेलामा सही सन्देश दिएको छ । नेपाली समाजलाई यस प्रकारका कुप्रथाबाट माथि उठाउने हो भने विभेदविरुद्धको अर्को क्रान्तिको आवश्यकता छ । चलचित्रले नेपाली समाजको वास्तविकतामात्रै पस्किएको छ । बिद्रोहको आवश्यकताबोधका बिषयमा चलचित्र मौन छ । त्यो चलचित्रको कमजोर पक्ष हो । अहिलेको सवैभन्दा ठूलो आवश्यकता भनेको चेतनाको हो । तसर्थ चलचित्र पुजारसार्कीले नेपाली समाजलाई चेतनशील चाहिँ बनाएको छ । अव त्यही चेतनाको जगमा विभेद, कुरीति र कु–संस्कार निर्मूल गर्नेतर्फ लाग्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?