ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

वातावरण संरक्षणमा अब ढिलाई नगरौं

२३ जेष्ठ २०८१, बुधबार
२३ जेष्ठ २०८१, बुधबार

‘मरुभूमिकरण र खडेरीविरुद्ध लड्न ढिलाई नगरौं’ भन्ने नाराका साथ विश्व वातावरण दिवस बुधबार नेपालमा विविध कार्यक्रमको आयोजना गरि मनाइदैछ । यो वर्षको नाराले नै संकेत गरिरहेको छ कि खडेरीको समस्या बढिरहेको छ र चुरे दोहन, वन विनास लगायतका समस्याका कारण नेपाल पनि मरुभूमिकरणको समस्याले आक्रान्त बन्ने अवस्था उत्पन्न भएको छ । अहिले अनाबृष्टि तथा अतिबृष्टिका कारण विश्वमा गंभीर प्रकृतिको प्राकृतिक असन्तुलन हुने अवस्था आएको छ । खडेरीको जोखिम बढिरहेको छ । वातावरण विनासका कारण धेरै प्रकृतिमा धेरै असर परेको छ । विश्व मरुभूमिकरणको खतरा बढिरहेको छ । चुरैको बिनासले मरुभूमिको समस्या बढ्दै छ । वातावरण दिवस मनाउँदै गर्दा र वातावरण विनासका अन्य क्षेत्रको विषयमा चर्चा भैरहँदा पछिल्लोपटक वातावरण संरक्षणमा चुनौति बढ्दै गएको छ । जैविक तथा प्राकृतिक सन्तुलन कायम गरी मानव जीवन अनुकूलित वातावरण कायम राख्ने उद्देश्यले सन् १९७४ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाईदै आएको छ । नेपालको संविधान ०७२ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गरेको छ । साथै पीडित पक्षलाई वातावरणीय प्रदुषण, ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदुषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । अव प्रदूषण कम गर्न आम सर्बसाधारणको जागरूकता आवश्यक छ । चिन्ताको कुरा के छ भने प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालयस्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ । वातावरणका विषयमा विद्यालय तहबाटै शिक्षा दिनु जरुरी छ ।

पछिल्लोसमय वातावरण विनासको सबैभन्दा ठूलो असर हिमताल माथि परिरहेको देखिएको छ । नेपालका हिमताल बेलाबखत फुटन थालेका छन । यो बर्षपनि दुईवटा हिमताल फुटेका छन । यद्यपि त्यसबाट ठूलो क्षति भएको छैन । विश्व वातावरण दिवस मनाउँदै गर्दा विश्वकै चासो र चिन्ताको विषय बढ्दो तापमान कसरी घटाउने भन्ने नै हो । निश्चित रूपमा हिमताल फुटनेक्रम बढ्यो भने त्यसको असर विश्वभरि पर्नेछ । त्यसैकारण विश्वले गम्भीर समस्या भोग्नुपर्नेछ । जथाभावी विषादीको कारण विश्वबाट कयौं प्रजातिका जंगली जनावर नै लोप भएका छन् । औद्योगिक प्रदुषणले ओजोन तह विनास भएको छ । त्यसकै कारण लाखौं मानिस र जीवजन्तु र अन्नबाली प्रभावित भएको छ । पानीका स्रोतहरू सुक्दै गइरहेका छन् । मानव जीवन र प्रकृति बीच असन्तुलन भएको छ । त्यसमाथि बढ्दो औद्योगिकरण र बिलासिताका सामग्रीहित यातायातजन्य सवारी साधनको अत्यधिक प्रयोग, तीव्ररूपमा भइरहेको वन फँडानी, वायुमण्डलमा कार्बन डाइअक्साइडको अस्वाभाविक वृद्धि, हरितगृह प्रभावमा नकारात्मक असर, रक्षाकवचका रूपमा रहेको ओजोन तह पातालिएर प्वाल पर्ने क्रम जारी, तीव्र उष्वीकरण, जैविक विविधतामा अत्यधिक ह्रास लगायतका कारण पर्यावरणीय असन्तुलन बढ्दै गएको छ । अतः यो बर्षको नाराले भनेजस्तै मरुभूमिकरण र खडेरीविरुद्ध सामूहिक प्रतिवद्धता जरुरी छ । वातावरण दिवस मनाउने औपचारिकता यो बर्षपनि पूरा हुँदैछ । वातावरण संरक्षणमा जति ढिलाई ग¥यो उति चुनौति थपिनेछ । अतः दिवसलाई सार्थक बनाउने हो भने वातावरण जोगाउने अभियान सुरु गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?