ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’

१० जेष्ठ २०८१, बिहीबार
१० जेष्ठ २०८१, बिहीबार

सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यालयभित्रैबाट पक्राउ गरेर प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको धज्जी उडाएको छ । गृहमन्त्रीको सहकारी ठगीका विषयमा श्रृंखलाबद्ध समाचार लेखेकै कारण सञ्चार उद्यमी सिरोहियालाई नाटकीय रूपमा पक्राउ गर्नु न्यायोचित होइन । ज्ञानेन्द्र शाहको शासनकालको स्मरण गराउने सरकारको यो कायर धरपकडको देशैभरीबाट ब्यापक विरोध भएको छ । सञ्चार सम्बद्ध संघसंस्था र पत्रकारले मात्र होइन मानव अधिकारवादी र विभिन्न राजनैतिक दलहरूले पक्राउको भत्र्सना गरेका छन । सरकारले प्रेसमाथि अधिनायकवाद लादन खोजेको यो घटनाले छनक दिएको छ । सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको हो भन्ने कुरा बुझ्न गृहमन्त्री रबि लामिछानेले संसदमा दिएको धम्कीले पनि स्पष्ट गरिसकेको छ । संसद महासचिवको तिनवटा फर्जी नागरिकताको कुरा आएको धेरै भएको छैन । स्वयं गृहमन्त्रीको दुई पासपोर्ट रहेको कुरा सार्वजनिक भैसकेको छ । तर, तीनवटा नागरिकता बोकेर हिँड्ने संसदका महासचिवमाथि कुनै कारवाही नहुने तर सहकारी ठगीको समाचार लेखेकै आधारमा त्यो पनि सनकको भरमा शिरोहियाको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । शिरोहियालाई संचार कार्यालयमै गएर गरिएको पक्राउको जति नै भत्र्सना गरेपनि कम हुन्छ ।

छानबिनको विषयमा आफूले पहिल्यैदेखि सहयोग गर्ने बताएका शिरोहियालाई नाटकीय रूपमै पक्राउ पुर्जी जारी गर्न लगाईएको छ । सरकारले हचुवामा अधिनायकवादको प्रहसन गरेको छ । यो देशमा कानुन छ भने दुई पासपोर्ट बोक्ने र सहकारी ठगलाई पनि कानुनको दायरामा ल्याउनेतर्फ ढिलाई गर्नु हुँदैन । नेपाल पत्रकार महासंघले शिरोहियाको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरूपयोग नस्वीकार्ने चेतावनी दिएको छ । यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्य–तथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न महासंघले आग्रह गरेको छ । नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघले सरकारसँग माग पनि गरेको छ । संचार उद्यमी भएकै नाताले कैशाश सिरोहियामाथि कुनैपनि प्रकारको अनुसन्धान र कारवाही हुनुहुँदैन भन्ने होइन तर जुन नियत, सन्दर्भ र स्थान विशेषबाट उनीमाथि गिरफ्तारी भएको छ, त्यो निन्दनीय छ । पत्रकार महासंघले समेत कानुन अनुसार हुने अनुसन्धानमा सरकारलाई सहयोग गर्ने तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरूपयोग नस्वीकार्ने स्पष्ट गरेको छ । उता नेपाल मिडिया सोसाइटीले समेत अनियमितताका विषयलाई लिएर समाचार प्रकाशन र प्रसारण गर्दा प्रतिशोधका आधारमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको उल्लेख गर्दै त्यसको घोर निन्दा र भत्र्सना गरेको छ ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचतबाट कम्तीमा ९५ करोड ८० लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको समाचार मंगलवार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रपमाथि हस्तक्षेप गरेको कुरा कहिँकतै लुकाएर लुक्नेछैन ।
मंगलबारको कान्तिपुरको केन्द्रिय कार्यालयमै पुगेर शिरोहियामाथि भएको हस्तक्षेपले राजाको प्रत्यक्ष शासन कालमा सैनिक टोली मिडिया हाउसमा पुगेको दिनको स्मरण गराएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको प्रेसमाथि भएको धरपकडले ‘ज्ञानेन्द्र शाहकालीन मिडिया दमन’ को घटना सम्झाएको छ । स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यास छ तर सरकारले सत्ताको दुरूपयोग गरेर मिडिया हाउसभित्रै प्रहरी परिचालन गरेर इतिहासकै कलंकित काम गरेको छ । गृहमन्त्री लामिछाने आफैं नागरिकता मुद्दामा मुछिएर गृहमन्त्रीबाटै बर्खास्तीमा परेका हुन । लामिछानेविरुद्धको दोहोरो पासपोर्टको विषयको अझै कानुनी निरूपण भएको छैन । यो घटना राज्यसत्ताको पहुँचको दुरूपयोग गर्दै आफूमाथि प्रश्न गर्नेलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्ने दुष्प्रयास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?